ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु

रोल्पाको कुरेली भित्रिवनलाई युद्धपर्यटकीय क्षेत्र बनाउन स्थानीयको माग

१८ बैशाख २०८०, सोमबार
१८ बैशाख २०८०, सोमबार

रोल्पा, १८ वैशाख ।

माओवादी सशस्त्र द्वन्द्वकालमा रोल्पाको तत्कालीन कुरेली गाविसको भित्रिवन क्षेत्रले महत्वपूर्ण योगदान गरेको भन्दै सो क्षेत्रलाई युद्ध पर्यटनको रुपमा विकास गर्नुपर्ने स्थानीयहरुको माग छ । सामरिक दृष्टिकोणले समेत सहज मानिने सो स्थानमा तत्कालिन नेकपा माओवादीको केन्द्रीय स्तरका ठूलठूला कार्यक्रम सम्पन्न भएका थिए ।

हाल परिवर्तन गाउँपालिका वडा नं. १ मा पर्ने सो स्थानमा द्वन्द्वको समयमा माओवादी सेनाको केन्द्रीय सैन्य तालिम केन्द्र थियो । माओवादीका सेनाहरुले सोही स्थानमा लामो समय तालिम सम्पन्न गरेका थिए । भित्रिवनको सर्सुवारी, ठूलो नाङ्गी, धुपिनेटा र वाङघारीमा माओवादी सेनाको केन्द्रीय स्तरको तालिम चलेको थियो । सोही ठाउँको पुवाखोरेमा केन्द्रीय प्राविधिक कार्यालय स्थापना गरिएको थियो । “प्राविधिक कार्यालयमा एटीवान हतियार र सेल, ग्रिनेट, डिस्चार्ज कप, बन्दुक, टुईन्च मोटार सेल, व्यारल लगायतका हतियार निर्माण तथा मर्मत गरिन्थ्यो”–स्थानीय मनवहादुर बुढामगरले भने । निर्माण गरिएको हतियार पनि सोही स्थानमा परीक्षण गरिएको वुढामगर स्मरण गर्छन् । “हतियार परीक्षण गर्दा एक पटक २ जना प्रशिक्षार्थीको मुत्यु समेत भएको थियो”–बुढामगरले भने ।

सर्सुवारीको मुख्यडेरामा जनसैन्य प्रतिष्ठान समेत स्थापना गरिएको थियो । द्वन्द्वकालमै सोही स्थानमा अखिल क्रान्तिकारीको केन्द्रीय समितिको वैठक समेत वसेको स्थानीयहरुको भनाई छ । सरावाङमा ४५ दिनसम्म माओवादी सेनाका लडाकुहरुलाई उपचार गर्नका लागि ओ लेभलको स्वास्थ्य तालिम समेत दिइएको स्थानीय प्रविण वुढामगर बताउँछन् । “स्वास्थ्य तालिम लिएकाहरु घाईते माओवादी सेना, नेता कार्यकर्ताको उपचारमा संलग्न हुने गर्थे”–बुढामगरले भने । तीनै स्वास्थ्यर्मीहरुको संलग्नतामा नेकपा माओवादीले जनस्वास्थ्य विभाग समेत गठन गरेको थियो ।

२०५८ सालमा थवाङको फुन्टीवाङ बैठकको नामले चर्चित माओवादीको दोश्रो राष्ट्रिय सम्मेलन समेत कुरेलीको बालकल्याण मावि उपावाङमा भएको थियो । थवाङको फुन्टीवाङमा वस्नेगरी तय गरिएको उक्त सम्मेलनको सवै सूचना सरकारले प्राप्त गरेको माओवादीले थाहा पाएपछि सम्मेलन रातारात त्यहाँ सारिएको स्थानीयहरुको भनाई छ । सोही ठाउँमा २ महिने पार्टी प्रशिक्षण समेत चलेको थियो । सोही ठाउँमा डाक्टर बावुराम भट्टराईको अध्यक्षतामा संयुक्त क्रान्तिकारी जनपरिषद र जनमुक्ती सेनाको घोषणा गरिएको थियो । माओवादीले सोही स्थानमा गठित संयुक्त क्रान्तिकारी जनपरिषदलाई सरकार र जनमुक्ती सेनालाई सेना भन्दै समानान्तर सत्ता संचालन गरेको घोषणा गरेका थिए । पूर्व उपराष्ट्रपति नन्दवहादुर पुनको कमाण्डमा सोही स्थानमा पहिलो पटक वटालियनको घोषणा तथा माओवादी अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डलाई जनमुक्ती सेनाको सर्वोच्च कमाण्डरको रुपमा घोषणा गरिएको थियो ।

माओवादी सशस्त्र द्वन्द्व शान्ति प्रकृयामा रुपान्तरण भएको लामो समय सम्म देशका विभिन्न क्षेत्रहरु युद्ध पर्यटनको रुपमा विकास हुदै गर्दा यति महत्वपूर्ण क्षेत्रलाई बेवास्ता गरिएकोप्रति स्थानीयहरु असन्तुष्ट छन् । द्वन्द्वको समयमा आधार ईलाकाको रुपमा विकास गरि नेतृत्वको संरक्षण गरेको यो क्षेत्र अहिले नेताहरुले विर्सिएको उत्तरी रोल्पाकै संस्थापक कम्युनिष्ट सदस्य रहेका मनवहादुर बुढामगरले दुखेसो पोखे । “द्वन्द्वमा योगदान नगरेका ठाउँहरु पनि भनसुन र पहुँचका आधारमा युद्ध पर्यटकीय क्षेत्र घोषणा भए हाम्रो गाउँ कसैको प्राथमिकतामा परेन”– वुढामगरले भने । “सशस्त्र द्वन्द्व ईतिहास भएपनि द्वन्द्वको समयमा महत्वपूर्ण भूमिका खेल्ने गाउँहरुको भूमिकाप्रति राज्य जिम्मेवार हुनुपर्छ”–बुढामगरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?