ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु

नेपाल कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवस : टुटफुटको शृङ्खला जारी

९ बैशाख २०८०, शनिबार
९ बैशाख २०८०, शनिबार

काठमाडौँ, ९ वैशाख ।

नेपाल कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा नेपालका कम्युनिस्ट पार्टीहरूले शनिबार विविध कार्यक्रम आयोजना गर्दै छन्। कम्युनिस्ट पार्टीका लागि हालसम्मको यात्रा भने खासै सुखद रहेन।

२००६ मा पुष्पलाल श्रेष्ठलगायतले स्थापना गर्नुभएको कम्युनिस्ट पार्टीमा फुटको शङ्खला अझै पनि रोकिएको छैन। टुटफुटले कम्युनिस्ट पार्टीलाई मात्रै नभएर सिङ्गो आन्दोलनलाई पछि पारिरहेको कम्युनिस्ट आन्दोलनमा लागेका ज्येष्ठ कम्युनिस्ट नेताहरूको दाबी छ। पाका कम्युनिस्ट नेताहरू नेपालमा कतिवटा कम्युनिस्ट पार्टी छन् भन्ने सङ्ख्या यकिन नरहेको दाबी गर्ने गरेका छन्।

स्थापनाकालदेखि नै विवादमा परेको कम्युनिस्ट पार्टी त्यसयता एकीकरण र मातृपार्टी कम्युनिस्ट विचारधाराबाट विचलित भएको भन्दै फुटको शृङ्खला चल्दै आएको छ। विक्रम संवत् २००६ मा भारतको कोलकातामा रहनुभएका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिएका थिए । त्यसअघि २००५ चैत २३ गते उनले ‘कम्युनिस्ट घोषणापत्र’को नेपाली अनुवाद प्रकाशन गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी २००६ वैशाखमा भारतकै कोलकातामा नेकपाको स्थापना भएको भए पनि भदौ ३० गते स्थापनाको जानकारी सार्वजनिक भयो।

नेकपाको संस्थापकमा पुष्पलालसहित नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायण विलास  मानिन्छ। कम्युनिस्ट पार्टीमा पहिलो पटक केशरजङ्ग रायमाझीका कारण २०१९ सालमा फुट आएको थियो। त्यसपछि टुट्ने र फुट्नेक्रम अहिलेसम्म रोकिएको छैन। कम्युनिस्ट पार्टीलाई एक बनाउने अभियान समय–समयमा गरिएका पनि छन्। मिल्ने अनि केही समयपछि फुट्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई नै धराशयी पारेको छ।

निर्वाचन आयोगमा कम्युनिस्टकै नाममा दर्ता भएका पार्टी मात्र १४ वटा छन्। आयोगमा दर्ता भएका कुल दलको यो १२.५ प्रतिशत हो। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा कम्युनिस्ट पार्टी नामको पसल खुल्नेक्रम नरोकिएको बताए । यथास्थितिमा नेपालका कम्युनिस्ट पार्टीबीच एकता सम्भव नभएको तथा नयाँ केही गरौँ भनेर पसल खोलिहाल्ने र पसल चल्न छाडेपछि फेरि मिलिहाल्ने परिपाटीको विकास कम्युनिस्ट पार्टीभित्र पसेको उनले बताए। उनले यथास्थितिमा कम्युनिस्ट पार्टीबीच एकता सम्भव नरहेको पनि बताए।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले पनि नेपालमा कम्युनिस्ट पार्टीको सङ्ख्या गनिसाध्य नभएको बताए। नेपालको कम्युनिस्ट आन्दोलनमा यतिबेला संशोधनवाद र क्रान्तिकारी धारबीच अन्तरसङ्घर्ष उनको विश्लेषण छ। दुवै धार फरक–फरक रूपमा अघि बढेकाले एकता र सङ्ख्या यकिन नभएको उनले बताए। संशोधनवादको नेतृत्व गर्ने पार्टी नाम मात्रैको कम्युनिस्ट भएकाले एकताको विषय अघि बढ्न नसक्ने उनले बताए।

पुराना कम्युनिस्ट नेता तथा नेपाल शिक्षक युनियनका संस्थापक अध्यक्ष माधवप्रसाद अधिकारीले २०३६ सालसम्म हातमै गन्न सकिने कम्युनिस्ट पार्टी भए पनि अहिले यसको सङ्ख्या यकिन नभएको बताए। कुरा नमिल्नेबित्तिकै नयाँ पार्टी खोल्ने र नयाँ पार्टी खोल्ने नेतृत्वले आफू सही छु भनेर देखाउन जनतालाई दिग्भ्रमित बनाउने विषयले कम्युनिस्ट पार्टीको सङ्ख्या बढेको उनले बताए।

पुराना कम्युनिस्ट नेता दलबहादुर श्रेष्ठले कम्युनिस्ट पार्टीको स्थापना दिवस आफैँमा ऐतिहासिक भए पनि जुन उद्देश्यले स्थापना भएको हो, त्यसको उद्देश्य पूरा हुन नसकेको  बताए। कुनै बेला माओवादी केन्द्र र एमाले मिलेर बनेको ऐतिहासिक शक्ति तत्कालीन नेकपालाई सर्वोच्च अदालतको फैसलाले पुरानै अवस्थामा फर्काइदिएपछि नेपालमा कम्युनिस्टहरूको पतनको सुरुवाती लक्षणसँगै नयाँ राजनीतिक कोर्स स्थापना भएको छ। एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः प्रधानमन्त्री बनेपछि कम्युनिस्ट केन्द्र स्थापनाको चर्चा चुलिए पनि राष्ट्रपति निर्वाचनमा आइपुग्दा बहस नै अन्त्य भएको छ।

एमालेबाट फुटेर बनेको नेकपा समाजवादी अनि सबै कम्युनिस्ट पार्टीका पछिल्ला अवस्थालाई सूक्ष्म ढङ्गले नियाल्ने हो भने पार्टीबीच कसैसँग पनि वैचारिक र सैद्धान्तिक मतभेद पाइँदैन। केवल व्यक्तिगत बदलाको भाव प्रस्ट झल्किन्छ। यो अवधिमा स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनपछि सबैको आ–आफ्नो हैसियत पनि प्रदर्शन भइसकेको अवस्था छ। परिणामस्वरूप एमाले दोस्रो ठूलो दलका रूपमा खुम्चियो भने नेकपा एसले त राष्ट्रिय दलको पहिचानसमेत पाउन सकेन। माओवादीभित्रका अनेकौँ धार मिल्ने अवस्था पनि देखिँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?