© २०२३
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज चेलीहरुले मन खुलेर मनाउनुको लागि मौसम बाधक बनेको छ । पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा बुधवार विहान देखि अविरल बर्षा भएको कारण ठाउँ ठाउँमा तीजको लागि महिलाहरु भेला हुन सकेका छैनन् भने माईती जाने बाटो समेत बर्षाले छेकेको छ । बुटवल आसपासमा बुधवार विहान देखि निरन्तर पानी परेको छ । मौसम पुर्वानुमान महासंघले मंगलबार नै मौसम अर्लट जारी गरी पश्चिम नेपालमा भारी बर्षा हुने अनुमान गरेको थियो ।
यसै विच कपिलवस्तुमा सदभावको पर्वको रुपमा तीज मनाइएको छ । संवाददाता खग प्रसाद चापागाईका अनुसार केहि बर्ष अघि तराई मधेसमा पहाडी समुदायले मात्रै बनाउने गरेको हरितालिका तिज पछिल्लो समय साम्प्रदायिक सदभावको पर्वको रुपमा बिकास हुदै गएको छ । तिजका अवसरमा जिल्लाको तौलिहवा, बाणगंगा, चन्द्रौटा लगायतका जिल्लाभरका शिव मन्दिर, दुर्गा मन्दिर र राधाकृष्ण मन्दिरमा पुजा गर्ने श्रद्धालुको घुईचो लागेको छ । तिजको रोचक प्रसंङ्ग पछिल्लो समय मधेसी समुदायका महिला समेत निराहर ब्रत बसी तिजको नाचगानमा सहभागी हुने गरेका छन । मन्दिरहरुमा हुने नाच गान तथा तिजको सहभागीताले साम्प्रदायिक सदभाव बलियो हुदै गएको छ ।
तस्वीर:खग प्रसाद चापाई/कपिलवस्तु ।
गुल्मी जिल्लाका विभिन्न स्थानमा भएका तीज विशेष फोटो फिचर तस्वीरः जनार्दन घिमिरे/गुल्मी ।