© २०२३
नेपाल प्रेस युनियन गुल्मीको अध्यक्षमा रेशम कुँवर निर्वाचित भएका छन् । युनियनको मंगलवार सदरमुकाम तम्घासमा सम्पन्न सातौं जिल्ला अधिवेशले कुँवरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा हेम त्यागि, सचिवमा रमेश विक, कोषाध्यक्षमा तेजेन्द्र कुमार श्रेष्ठ, सह सचिव (महिला) कमला पहराइ रहेका छन् । समितिको अन्य सदश्यहरूमा अनिश गैरे, मनु सुनार, विवेक काफ्ले, चन्द्रकला राना निर्वाचित बनेका छन् ।
प्रदेश पार्षदमा प्रकास घिमिरे, विष्णु प्रसाद आचार्य, सुमन्त महतरा, मोहन वस्नेत, भुवन भुसाल, रमेश रसाईली, गंगा भण्डारी र कविता गैरे रहेका छन् ।
त्यसैगरि केन्द्रिय प्रतिनिधिमा हरिकुमार श्रेष्ठ, जनार्दन घिमिरे, तारा प्रसाद भुसाल, कौरव खत्री, कालीदास खरेल र श्रृङ्खला वौद्याचार्य रहेका छन् । उद्घाटन कार्यक्रमा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले सरकाले फौजदारी अपराध संहिता जारि गरेर मुलुकमा तानासाह प्रवृति लाद्न खोजेको आरोप लगाएका छन् ।
उनले प्रेस स्वतन्त्रता माथि अंकुस लगाउने मात्र नभएर न्यायपालीकालाई समेत प्रभावित बनाउन खोजेको बताएका छन् । नेता भण्डारीले अहिलेको सरकारको नेतृत्व बढी बोल्ने र काम नगर्ने भएको भन्दै विस्तारै विस्तारै जनतावाट विश्वास गुमाउँदै गएको टिप्पणी गरेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका पार्टि सभापति भुवन प्रसाद श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधि माधव अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल लगायतका व्यक्तिहरूले समाज संवाहकको रूपमा रहेको प्रेस जगतवाट जनताहरूले सत्य, तथ्य र सकारात्मक सन्देशको अपेक्षा गरेको भन्दै प्रेस स्वतन्त्रता माथि कसैले पनि अंकुस लगाउन नहुने कुरामा जोड दिएका थिए ।
नेपाल प्रेस युनियन गुल्मीले बुटवल टुडे सहकर्मि जनार्दन घिमिरेलाई उत्कृष्ट क्रियाशिल पत्रकारीता पुरस्कार २०७५ बाट पुरस्कृत गरेको छ । à