ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

देवचुली प्रदेशकै पहिलो बालमैत्री पालिका

२७ भाद्र २०७५, बुधबार
२७ भाद्र २०७५, बुधबार

नवलपुरको देवचुली नगरपालिकालाई गण्डकी प्रदेशकै पहिलो बालमैत्री नगर घोषणा गरिने भएको छ ।यहि भदौ २९ गते परेको बाल दिवसको अवसर पारि नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व नवलपुरको देवचुली नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न लागिएको मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यन्वयन कार्यविधि २०६८ ले निर्दिष्ट गरेको ३९ वटा सुचकहरूका साथै थप ४ वटा स्थानीय सुचकहरू समेत निर्धारण गरी जम्मा ४३ वटै सुचकहरूमा घोषणा योग्यता हासील गरेको नगर प्रमुख एवम् बालमैत्री स्थानीय शासन नगर समितिका अध्यक्ष पुर्ण कुमार श्रेष्ठले जानकारी गराए ।
बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता अन्तर्गत निर्धारण गरिसकेको सुचकहरूको आधारमा अब नगरलाई बाल मैत्री नगर घोषणा तर्फ लागीएको नगर प्रमुख श्रेष्ठले बताए । यस अघि साविकको प्रगतिनगर गा.वि.स. अन्तरगतका ५ वटा वडाहरूले सम्पुर्ण सुचकहरू पार गरि २०७० साल पौष ९ गते नेपालै पहिलो बालमैत्री नगरपालका घोषणा गरेको थियो ।
२०७१ बैशाख २५ गते नेपाल सरकारको निर्णयबाट साविक प्रगतिनगर, देवचुली, दिव्यपुरी गा.वि.स.हरू समावेश गरी देवचुली नगरपालीका गठन हुँदा नेपालको पहिलो बालमैत्री गा.वि.स.को गौरवपूर्ण इतिहासको जगमा टेकेर देवचुली नगरपालीकालाई बालमैत्री नगर घोषणाको सम्पूर्ण तयारी गरी सकेको अवस्थामा २०७३ फागुन २७ गतेको नेपाल सरकारको निर्णयबाट साविक रजहर गा.वि.स. समेत देवचुली नगरपालीकामा समावेश भई कार्य क्षेत्र बिस्तार हुँदा पुनः घरधुरी सर्वेक्षणदेखि बालमैत्री सुचकहरू मापन गरी बाँकी कार्य पुरा गर्ने कार्यमा नगरपालीकाले ध्यान केन्द्रित गरेको समेत प्रमुख श्रेष्ठले जानकारी दिए ।
सोही अन्तरगत यही भदौँ २९ गते एक भव्य कार्यक्रमको आयोजना गरि नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीद्धारा बालमैत्री नगर घोषणा गरिने देवचुली नगरपालीकाका मेयर श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?