© २०२३
नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर आर्थिक विकासको मेरुदण्ड भएको बताएका छन् । दुई ठूला शक्तिशाली अर्थनीति भएका छिमेकीमुलुक जोड्ने सवैभन्दा छोटो सडक भएकाले यो महŒवपूर्ण भएको बताए ।
सोमबार कालीगण्डकी करिडोर सडक योजनाअन्र्तगत रिडी–रुद्रवेणी सडक खण्डको सार्वजनिक यातायात शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले उक्त कुरा बताएका हुन् । ‘चीन र भारतजस्ता छिमेकी मुलुक जोड्ने ३ सय ५० किलो मिटर सडक नेपालको आर्थिक विकासको मेरुदण्ड हो,–उनले भने ‘यो सडकसँग धार्मिक र साँस्कृतिक महत्व समेत जोडिएको छ ।’ लुम्बिनी, मुक्तिनाथ र मानसरोवर जस्ता धार्मिक तथा सास्कृतिक महत्व भएका स्थलहरूलाई समेत करिडोरले जोडेको छ । त्यसकारण पनि कालीगण्डकी करिडोरलाई नेपालीहरूको भाग्य रेखा भएको उनको भनाई छ ।
‘कालिगण्डगी करिडोर लगायत अन्य महत्पूर्ण राष्ट्रिय गौरवका आयोजनाहरूको वारेमा भारतीय तथा चिनियाँ समकक्षीहरूसँग कुरा भइरहेको छ ।’ मन्त्री ज्ञवालीले भने–‘यस्ता योजनाहरूमा ती देशहरूको सहयोग मिल्छ ।’
सडक विकासको प्रमुख आधार भएको भन्दै विकासलाई उत्पादनसँग जोड्दै लैजानु पर्नेमा उनको जोड थियो । कालीगण्डकी करिडोर सम्पन्न भएपछि यहाँ ठूला–ठूला कन्टेनरहरू सामान लिएर आउने भन्दै उनले सामान लिएर आउने ती कन्टेनरहरूलाई रित्तै पठाउन नहुने बताए । ‘एक ब्यक्तिले उत्पादन गरेर मात्रहुदैन समुह सहकारी मार्फत सामुदायिक उत्पादनमा लाग्नुस आम्दानी समेत राम्रो हुन्छ’ उनले भने ।
नेपाली सेनाले रिडी–रुद्रवेणी सडक खण्डलाई चार महिनामा १० मिटर चौडा पारेको छ । गुल्मीको प्रवेशद्वार रिडीदेखी आठ किलोमिटर रुद्रवेणीसम्म सेनाले बाटो चौडा पारेको हो । सेनाले कुल १० करोड बजेटमा निर्माण कार्य सम्पन्न गरेको बताएको छ । सडक निर्माण कार्य गर्दा गतचार महिनादेखी सडकमा यात्रु तथा सवारी साधन आवत–जावत गर्न सकेका थिएनन् । तर शुभारम्भ कार्यक्रमपछि भने उक्त सडक खुलेको छ ।