© २०२३
बढ्दो सवारी चाप व्यबस्थापन गर्न देबदह नगरपालिका खैरेनीको अस्थायी ट्राफिक पोस्टले बिभिन्न ठाउँमा बस बिसौनी तथा आईलेनको प्रयोग गराउन सुरु गरेको छ । जथाभावी गाडी रोकेर सडक जाम हुने दुर्घटना समेत हुन थालेपछी अभियान सुरु गरेको हो । सडकमा सवारी साधन रोक्दा र लामो समय सम्म पार्कि· गरेका कारण दुर्घटना हुन थालेपछी सवारी ब्यबस्थापन सँगै ४ बटा बस बिसौनी तथा जेब्राक्रस बनाएको ट्राफिक प्रहरी जवान छबि पोख्रेलले बताए । उनले बस बिसौनी र यात्रु चढ्ने ओर्लने ठाउँ नभएकाले त्यसको ब्यबस्थापन गरेको बताए ।खैरेनीमा सवारी चाप बढ्दै गएको तर पार्कि· नभएकाले समस्या हँुदै आएकाले त्यसलाई रोक्न प्रहरी तथा ट्राफिक प्रहरी लागिपरेको पोख्रलले बताए । ठाउँठाउँमा चेकजाँच तथा चालकलाई प्रशिक्षण जस्ता कुरा गर्दै आएको भन्दै अब खैरेनी क्षेत्रमा कसैले बस बिसौनी बाहेकका ठाउँमा पार्कि· गरे, बसको ढोकामा यात्रु झुन्डाए कडा कार्वाहीमा पर्ने पोख्रेलको भनाइ छ ।