२ सय बर्ष अघि नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा आज पाल्पामा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको छ । पाल्पाली प्रशासकको रुपमा कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं. १८७१ पौष देखी १८७२ जेठसम्म भएको अग्रेजसँंगको युद्धमा विजय हासिल गरेको थियो । यहि सम्झनामा वि.सं.१८७६ देखी निरन्तर रुपमा प्रत्येक बर्ष पाल्पामा विजयउत्सव मनाउने परम्परा चल्दै आएको छ । घरेलु हातहतियार र सेनाको संख्या कम भएको अवस्थामा समेत बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर ंिसहं थापाले युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए । दुई पटक सम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा बिजयी भएपछि कर्णेल उजिरसिंह थापाले १८७२ देखी ७६ सम्म मन्दिर निर्माण गरी भगवति जात्रा मनाउन थालिएको थियो । विजय उत्सव प्रत्येक बर्ष भाद्र कृष्ण नवमीको दिन भगवतिको रथजात्राको रुपमा सञ्चालन हुँदै आएको छ । यो जात्रालाई काठमाण्डौं पछिको दोस्रो ठूलो जात्राको रुपमा लिने गरिन्छ ।
अंगेज साम्राज्यवादको आक्रमणबाट मुलुकलाई जोगाउन जितगढी विजय गरेको इतिहास छ । जिल्लाका सरकारी कार्यालयहरु, संघसंस्था, समूहहरु सबै रथयात्रासँगै सदरमुकाम तानसेन परिक्रमा गरिएका थिए । रथ यात्रालाई भजनकिर्तन, पञ्चेबाचा, लाखेनाच सहितको साँस्कृतिक झाँकी सहित तानसेन नगर परिक्रमा गराइएको थियो । जात्रा नगरपरिक्रमा पछि मन्दिर परिसरमा पु¥याई बिसर्जन गरिएको हो । जात्राको अवलोकनका लागि काठमाडौ, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही लगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरु पाल्पा आइपुगेका थिए । रथयात्रामा नेपाली सेनाका प्रधान सेनापति पूणचन्द्र सिंह थापा, ५ नम्वर प्रदेशका सभामुख पुर्णबहादुर घर्ति , ५ नम्वर प्रदेशकै संस्कृति तथा पर्यटन मन्त्री लिला गिरी लगायत जिल्लाका उच्च ओहोदाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
हेरै रथ यात्रका केही झलकहरु । तस्वीरः विश्वास ढकाल/बुटवल टुडे