© २०२३
थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति रूपन्देहीकोे ९ औं जिल्ला अधिवेशन सैनामैनामा रहेको थारु होमस्टेमा शुरु भएको छ । १७ र १८ गते हुने उक्त अबिधेशनको भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले अहिलेको सरकार सबै जात–जातिलाई समेटेर अघि बढेको बताए । चौधरीले विभिन्न समुदायका नागरिकहरूलाई हरेक क्षेत्रमा समान सहभागिता प्रदान गरिएको बताउँदै प्रदेश ५ मा थारु समुदायको बाहुल्यता बढि भएको हँुदा यिनीहरूको उत्थानका लागी थारु कल्याणकारिणी सभालाई सक्रिय हुन आग्रह गरे । आफ्नो अधिकार प्राप्तिका लागि थारु समुदाय त्यसतर्फ अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।
थारु समुदायको आफ्नैै रितिरिवाज, रहनसहन र भेषभुषा भएकाले यसलाई सदैव संरक्षण, प्रर्वधन र प्रचार प्रसार गर्न तर्फ लाग्न थारु समुदायनै अग्रसर हुनु पर्ने बताए ।थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति रूपन्देहीका अध्यक्ष रामबली चौधरी, प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको उपस्थितिमा सम्पन्न भएको ९ औं अधिबेशनको उद्घाटन सत्रमा सैनामैना नगरपालिकाकी उप प्रमुख बिना राना, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरी, फणिन्द्र प्रसाद शर्मा, प्रदेश सभा सदस्य पुष्पा चौधरी, नरसिंह चौधरी लगायतले बोलेका थिए ।