ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

‘तीजलाई तीजकै रूपमा मनाऔं’

१६ भाद्र २०७५, शनिबार
१६ भाद्र २०७५, शनिबार

नेपाली महिलाहरूको मुख्य चाडको रूपमा रहेको हरितालिका तीजलाई तडकभडक नगरी सभ्य तीजको रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल पत्रकार महासंघ रूपन्देहीको आयोजनामा बुटवलमा भएको ‘सभ्य तीजको लागि हाम्रो भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश सभा प्रदेश नम्बर ५ की उपसभामुख कृष्णी थारुले मौलिकता जोगाउनको लागि अहिलेको समाजमा चुनौति बढ्दै गएको भन्दै त्यसलाई कायम राख्न तीजलाई तीजकै रूपमा मात्रै मनाउनुपर्ने बताएकी हुन् ।
कार्यक्रममा बोल्दै उनले भनिन्–‘पछिल्लो समयमा तडकभडक बढ्दै गएको छ, व्यक्ति व्यक्ति पिच्चे फरक फरक हरितालिका आउने गरेको छ, यसलाई तीजको रूपमा मात्रै मनाउनको लागि म आग्रह गर्दछु ।’ नेपाली मौलिक चाडपर्वमा पछिल्लो समयमा छाडा संस्कृतीले प्रवेश पाउन थालेको भन्दै उपसभामुख थारुले यसलाई रोक्न, सचेतना फैलाउनको लागि सञ्चार जगतको महत्वपूर्ण भूमिका रहेको समेत धारणा राखिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष मौसम रोका मगरले परिवर्तन संगै तीजमा पनि मौलिकता हराउँदै गएको भन्दै यसलाई सहि धारमा डो¥याउने दायित्व मिडियाको रहेको बताएका थिए । कार्यक्रममा अग्रज पत्रकार दुर्गा पौडेलले नेपाली तीज संस्कृतीले ३ खण्डमा विभाजन गरेको बताईन् । उनले पहिला आफ्नो व्यथा सुनाउने महिलाहरूले केही बर्ष पछि आफ्नो अधिकार, हक र परिर्वतनका कुरा गर्दै पछिल्लो समयमा आधुनिक युग, परम्पराको साटो आधुनिकताको विषयमा कुरा उठाउँदै आएको बताईन् । उनले महिलाहरूको मुख्य पर्वको रूपमा रहेको तीजलाई सभ्य र मौलिक चाडपर्वको रूपमा विकास गर्नु सबैको दायित्व भएको समेत बताएकी थिइन् ।
सैनामैना नगरपालिकाको सहयोगमा आयोजना भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व अध्यक्ष हरि लम्साल, प्रेस युनियन रूपन्देहीकी उपाध्यक्ष रेखा भुषाल, क्रियाशिल पत्रकार महिला रूपन्देहीकी अध्यक्ष भगवती पाण्डे, नेपाल पत्रकार महासंघ रूपन्देहीकी उपाध्यक्ष निरु गौतम, सदस्य सञ्जु पौडेल, माया केसी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?