ट्रेंडिंग:

>> नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड >> दैनिक बिहान कागती पानी पिउनुहुन्छ भने नगर्नुहोस् यस्तो गल्ती >> शिक्षकहरूको काठमाण्डौमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन >> आज भने शेयर बजारमा हरियाली >> प्रदेशसभाको पाँचौ अधिवेशन: सात वटा विधेयक पारित >> ऊर्जामन्त्री खड्का र रसियाका राजदूत एलेक्सी नोभिकभबीच शिष्टाचार भेटवार्ता >> ताइवानको सिमा नजिक चीनले गर्यो युद्द अभ्यास >> मोबाइल बैंकिङ र वालेटमार्फत ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने >> राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ (फोटोफिचर) >> स्कलर्समा विद्यार्थी बिदाई तथा सम्मान >> नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमाः प्रधानमन्त्री ओली >> फुलबारी खानेपानीमा पदस्थापन >> प्रधानमन्त्रीको भ्रमणको क्रममा थाइल्याण्डमा आधा दर्जन सम्झौता सम्पन्न >> नेपालगञ्ज पुगे प्रचण्ड, तराइ मधेस अभियानमा पुनः सुरू हुदैँ >> लोरेन्स बिस्नोईको नाम लिएर फिरौती रकम माग्ने पक्राउ >> शंकरनगर वनबाटिकामा चुनावी माहौलः अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा >> संवैधानिक अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन मिल्दैनः राष्ट्रपति >> अमेरिकाले इरानको परमाणु कार्यक्रममा बमबारी गरे रक्षामा रूस उभिने >> ओली र मोदी बीच शुक्रबार बैंककमा ‘साइडलाइन’ भेटवार्ता हुने >> हेटौँडाबाट मिनी ट्रकसहित १५ गाई र ३ जना नियन्त्रणमा >> नेपाल र थाइल्याण्डबीच दुईपक्षीय सम्झौता (फोटोफिचर) >> कुलमान र हितेन्द्रदेवकाे सुनवाइ जारी >> अल्लु अर्जुन पहिलो पटक अबकाे नयाँ फिल्ममा दोहोरो भुमिकामा देखिने >> अन्तरिक्षमा कहाँबाट आउँछन् अनौठो रेडियो सिग्नल, वैज्ञानिकले पत्ता लगाए रहस्य >> ऊर्जा मन्त्रालयको हटलाइनमा उजुरी दिनेको सङ्ख्या उल्लेख्य >> युएईका मुस्लिम गोरो देखिन लगाइरहेका छन् खोप, जसकाे ब्यापार नै २२.९ मिलियन >> मानव किन स्वार्थी र घमण्डी बन्दै छ ?  >> बन्द उद्योग पुनः सञ्चालन गर्ने प्रदेश सरकारको तयार छः मन्त्री न्यौपाने >> उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै >> असल अभिभावकको दायित्व र जिम्मेवारी >> प्रदुषित सहरको सूचीमा कहिलेसम्म ? >> ‘देव,दह’ को विकास जोड्दै धार्मिक महोत्सव >> वन डढेर सकिदै गर्दा प्रदेश सरकार बैठकमा व्यस्त >> खानेपानीको आयोजनाः सरकारले करोडौं दियो, समुदायबाट जुटेन >> प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै >> पहिलोपटक सहकारी कन्क्लेभ, आर्थिक उन्नतिको सशक्त माध्यम सहकारी >> चोरीको सुन खरिद गर्ने व्यवसायी र चोरीमा संलग्न तीन जना पक्राउ >> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ

डाइलासिस गर्नेलाई पालोको सकस

२४ कार्तिक २०८१, शनिबार
२४ कार्तिक २०८१, शनिबार

बाँके, २४ कार्तिक ।
डाइलासिस सेवाको लागि पालो नपाउँदा मृगौला रोगका बिरामीहरू निःशुल्क डाइलासिस उपचार सेवा लिनबाट बञ्चित हुनु परेको छ । सरकारले मृगौला रोगको उपचार निःशुल्क डाइलासिस गर्ने भनेपनि पर्याप्त मात्रा स्रोत, साधन र जनशक्ति अभाव हुँदा बिरामीहरूका डाइलासिस उपचार सेवा लिनबाट बञ्चित हुनु परेको छ ।

बर्दिया मृगौला रोगका बिरामीको समस्या दिनानुदिन बढ्दै गएको पाइएको छ । नागरिकले आफ्नो खानपान तथा रहनसहनमा ख्याल नगर्दा मृगौला रोगको समस्या बढ्दै गएको छ । विपन्न परिवारलाई आर्थिक अभाव गर्दा उपचार गर्दा पनि सम्पत्ति सकिएर अन्तिममा ज्यान जाने अवस्था देखिएको छ । सङ्घीय सरकारले मृगौला रोगका बिरामीको लागि निःशुल्क डाइलासिस सेवा उपलब्ध गराएको छ । भने लुम्बिनी प्रदेश सरकारले मृगौला रोगका बिरामीलाई मासिक पाँच हजार भत्ताको दिएको छ ।
गुलरिया नगरपालिका –१२ का लालपुरका ५७ वर्षीय इस्माइल तेलीले मृगौला रोग लागि पालो नआएपछि पटक पटक डाइलासिस लगायतका चेकजाँच गर्नका लागि १२ कठ्ठा जग्गा बेच्नु परेको बताए । उनले भने, ‘घरको आर्थिक अवस्था कमजोर थियो । त्यसकारण कमाउन साउदी गएको थिए । साउदी बस्दा कमाएको पैसाले १० कठ्ठा जग्गा किनेको थिए । त्यो पनि उपचार गर्दा सकियो । सरकारले डाइलासिस सेवा निःशुल्क हुन्छ भने पनि पालो पाउनै मुस्किल रहेछ । ‘एक वर्ष भन्दा धेरै समय देखि मृगौला रोग लागेको बढैयाताल गाउँपालिका –७ की लक्ष्मी थारूको उपचारको क्रममा जेठ २७ गते मृत्यु भएको मृतकको पति ५२ वर्षीय कृष्णप्रसाद थारूले बताए । श्रीमतीको मृगौलाले काम गर्न छोडेपछि उपचार गर्दागर्दै मृत्यु भयो । उनले भने, ‘श्रीमतीको उपचार गर्दा तीन लाख ऋण लाग्यो । सरकारले मृगौला रोगीको लागि भनेर व्यवस्था गरेको डाइलासिस सेवा लिन मुस्किल रहेछ । पालो कुर्दाकुर्दै बिरामीको ज्यान गयो । तर सरकारले गरेको निःशुल्क सेवा लिन पाइएन ।

बढैयाताल गाउँपालिका–३ सितापुर जमुनीको ६५ वर्षीय साइराम बुढामगरलाई चार महिना पहिला स्वास्थ्यमा समस्या आएपछि चेकजाँच मृगौला रोग लागेको थाहा पाए, त्यसपछि नियमित रूपमा मृगौला रोगको डाइलासिस गर्दै आए । उनले भने, ‘ मृगौलाले काम गर्न छोडेपछि डाइलासिस गर्दै आएको छु । भेरीमा धेरै भिडभाड हुने भएकोले बर्दिया अस्पताल गुलरियामा नाम टिपाएको छु । तर त्यहाँ अहिले खाली नभएकोले खाली भएपछि बोलाउने भन्नु भएको छ । नाम टिपाएर आएको छु । अहिले पैसा तिरेर डाइलासिस गर्दै आएको छु ।’

स्थानीय तहबाट मृगौला रोगका बिरामीले निःशुल्क डाइलासिस सेवा र मृगौला रोगका बिरामीलाई मासिक पाँच हजार भत्ता लिनका लागि सिफारिस दिनेको संख्या मृगौला रोगको बिरामीको संख्या बढेको पाइएको छ ।
बर्दियामा रहेको आठ स्थानीय तह मध्ये सबैभन्दा बढी मृगौला रोगका बिरामी राजापुरमा रहेको पाएइको छ । आर्थिक वर्ष २०८०/०८१ मा एक सय जना मृगौला रोगीले मृगौला रोगको उपचारको लागि सिफारिस लिएको थिए । जसमध्ये मृगौला रोगका सबैभन्दा बढी बिरामी राजापुर नगरपालिका २७ जना र सबैभन्दा कम गेरुवा गाउँपालिका रहेको छन् ।
जनशक्ति अभाव एक सिफ्टमा सञ्चालन डाइलासिस सेवा बर्दिया अस्पताल गुलरियामा जनशक्तिको अभावले गर्दा एक सिफ्ट डाइलासिस सेवा सञ्चालनमा रहेको छ । डाइलासिस सेवाको लागि आवश्यक पर्ने दक्ष जनशक्तिकोे अभावमा एक सिफ्ट मात्र डाइलासिस सेवा सञ्चालनमा रहेको अस्पतालले जनाएको छ ।

बर्दिया अस्पताल गुलरियाले पाँच शैयाको डाइलासिस उपचार सेवा सुरु गरेको छ । गत बैशाख महिनाबाट अस्पताल, मृगौलाको डाइलासिस सेवा सुरु भएसँगै बिरामीले उपचार सेवा पाएको भएपनि अस्पतालमा एक सिफ्ट मात्र डाइलासिक सेवा सञ्चालन हुदाँ १७ जना निःशुल्क सेवा पाएको छन् । भने १४ जनाले डाइलासिसको लागि नाम टिपाए पालो आएको छैन् । भने बर्दिया अस्पताल गुलरिया नाम टिपाएका मध्ये अंधिकाशको मृत्यु समेत भएको छ । अस्पतालमा एक जना मेडिकल अधिकृतसहित दुई जना नर्स र कार्यालय सहयोगी भएको र एकजना मात्र प्राविधिक रहेको हुँदा एक सिफ्टमा डाइलासिस सेवा दिन सकिएको अस्पतालका मेडिकल रेकर्डर एवम् सूचना अधिकारी केशव न्यौपानेले बताए । उनले भने, ‘डाइलासिसको मेसिन छ, तर पर्याप्त जनशक्ति नहुँदा नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । उक्त हकको उको उपशारा (३) मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भनिएको छ । तर सरकारले आवश्यकता अनुसारको स्रोत साधन उपलब्ध नगराउँदा बिरामी ज्यान जानुको साथै अनेक खालका समस्या समेत भोग्नु परेको छ । सरकारको ध्यान जनशक्तिको व्यवस्थापन गर्नतिर भन्दा पनि पूर्वाधार विकासमा केन्द्रित रहेको छ । जसका कारण समयमा उपचार नपाउँदा बिरामीको मृत्यु हुनुको साथै धनजनको समेत सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?