© २०२३
म्यानमारका राष्ट्रपति विन माईन्टले परिवारसहित लुम्बिनीको भ्रमण गरेका छन् । बिमस्टेक सम्मेलनका लागि नेपालमा आएका माइन्ट धार्मिक भ्रमणको लागि लुम्बिनी आएका हुन् । लुम्बिनी भ्रमणपछि राष्ट्रपति माइन्टले वर्मा धार्मिक र सांस्कृतिक रूपले नेपालसँग नजिक भएको बताउँदै बिमस्टेकको अवसरमा नेपाल आएतापनि दुई देशको धार्मिक र सांस्कृतिक सम्बन्ध मजबुत बनाउन आवश्यक रहेको उनले बताएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय) ले जानकारी दिए ।
उनले लुम्बिनी र लुम्बिनीको बिकासबाट आफ प्रभावित भएको बताए । लुम्बिनीमा राष्ट्रपति माइन्ट र उनको श्रीमतिलाई पर्यटन मन्त्री रविन्द्र अधिकारी र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, प्रदेश नमबर ५ का प्रदेश प्रमुख उमाकान्त झा, लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय) लगायतले स्वागत गरेका थिए ।
मायादेवी मन्दिरको अवलोकन पछि उनल बिशेष पूजा समेत गरेका थिए । लुम्बिनी गुरुयोजना बारे लुम्बिनी बिकास कोषका सूचना अधिकारी हरिध्वज राई र लुम्बिनीको महत्व बारे पुरातत्वविद् बसन्त बिडारीले जानकारी गराएका थिए ।
मायादेवी मन्दिर भ्रमण पछि म्यान्मार टेम्पलको अवलोकन गरेका राष्ट्रपति माइन्ट पण्डिताराम ध्यानकेन्द्रमा पूजआजा र केही समय ध्यान समेत गरेका थिए ।
सुरक्षा ब्यवस्था कडा
म्यानमारका राष्ट्रपतिलाई रूपन्देही प्रशासनले भिभिआईपी सुरक्षा ब्यवस्था उपलब्ध गराएको थियो । सुरक्षाको दृष्टिले लुम्बिनीमा चारै वटा सुरक्षा निकायको टोली खटाईएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका कुल एक हजार दुई सय सुरक्षाकर्मी खटाइएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले बताए ।
म्यान्मारको राष्ट्रपति आउँदा स्थानीयलाई सास्ती
बिमस्टेकमा भाग लिन नेपाल आएका म्यानमारका राष्ट्रपति विन माइन्टले लुम्बिनी भ्रमण गरेका छन् । भ्रमणका कारण अन्य दिन गुल्जार देखिने लुम्बिनी बुधबार सुनसान बनेको थियो भने स्थानियहरू बाटो हिड्न समेत सास्ती खेप्नु परेको थियो ।
म्यानमारका राष्ट्रपतिको सुरक्षाको लागी रूपन्देही प्रशासनले लुम्बिनी बिकास कोष क्षेत्र भित्र सर्वसाधारणलाई प्रवेश रोक लगाएको थियो नै भैरहवा–तौलिहवा अन्तर्गत लुम्बिनी बिकास कोषको क्षेत्रमा पर्ने बाटोमा स्थानियलाई हिड्डुल गर्न समेत रोक लगाएको थियो । बिशेष गरि मायादेवी मन्दिर अवलोकन गर्न आउने बिदेशी पर्यटकहरू करिब ३ बजे सम्म मायादेवी मन्दिरको दर्शन गर्न पाएनन् । उनिहरूलाई मूल गेटबाट नै भित्र छिर्न दिईएन ।
पछिल्लो समय म्यानमारमा रोहिंग्या समुदायको नर संहार भए पछि म्यानमारका राष्ट्रपतिलाई रोहिंग्या समूहबाट सुरक्षा खतरा रहेको सुरक्षा निकायको विश्लेषण छ । सुरक्षा निकायले उनको खतराबारे विश्लेषण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाएको छ थियो ।
प्रशासनको सुरक्षा ब्यवस्थाको कारण लुम्बिनी तथा यस आसपासका स्थानियहरू सबै भन्दा बढी प्रताणित भएका थिए । पर्सा देखी दक्षिण जाने बाटो र तौलिहवा जाने बाटो पूर्ण रूपमा बन्द हुँदा स्थानिय मात्र हैन लामो दुरी तय गर्ने यात्रुहरूले समेत सास्ती खेप्नु परेको थियो ।
म्यानमारका राष्ट्रपतिलाई रूपन्देही प्रशासनले भिभिआईपी सुरक्षा ब्यस्था उपलब्ध गराएको थियो । सुरक्षाको दृष्टिले लुम्बिनीमा चारै वटा सुरक्षा निकायको टोली खटाईएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका कुल एक हजार २ सय सुरक्षाकर्मी खटाइएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले बताए ।