ट्रेंडिंग:

>> पूर्व राजा ज्ञानेन्द्र मुलुकमा उत्पात मच्याएर सत्ता हत्याउन चाहन्छन्ः गगन थापा >> मिश्र र राणासहित ६६ जनालाई थप ६ दिन हिरासतमा राख्न अनुमति >> नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड >> दैनिक बिहान कागती पानी पिउनुहुन्छ भने नगर्नुहोस् यस्तो गल्ती >> शिक्षकहरूको काठमाण्डौमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन >> आज भने शेयर बजारमा हरियाली >> प्रदेशसभाको पाँचौ अधिवेशन: सात वटा विधेयक पारित >> ऊर्जामन्त्री खड्का र रसियाका राजदूत एलेक्सी नोभिकभबीच शिष्टाचार भेटवार्ता >> ताइवानको सिमा नजिक चीनले गर्यो युद्द अभ्यास >> मोबाइल बैंकिङ र वालेटमार्फत ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने >> राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ (फोटोफिचर) >> स्कलर्समा विद्यार्थी बिदाई तथा सम्मान >> नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमाः प्रधानमन्त्री ओली >> फुलबारी खानेपानीमा पदस्थापन >> प्रधानमन्त्रीको भ्रमणको क्रममा थाइल्याण्डमा आधा दर्जन सम्झौता सम्पन्न >> नेपालगञ्ज पुगे प्रचण्ड, तराइ मधेस अभियानमा पुनः सुरू हुदैँ >> लोरेन्स बिस्नोईको नाम लिएर फिरौती रकम माग्ने पक्राउ >> शंकरनगर वनबाटिकामा चुनावी माहौलः अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा >> संवैधानिक अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन मिल्दैनः राष्ट्रपति >> अमेरिकाले इरानको परमाणु कार्यक्रममा बमबारी गरे रक्षामा रूस उभिने >> ओली र मोदी बीच शुक्रबार बैंककमा ‘साइडलाइन’ भेटवार्ता हुने >> हेटौँडाबाट मिनी ट्रकसहित १५ गाई र ३ जना नियन्त्रणमा >> नेपाल र थाइल्याण्डबीच दुईपक्षीय सम्झौता (फोटोफिचर) >> कुलमान र हितेन्द्रदेवकाे सुनवाइ जारी >> अल्लु अर्जुन पहिलो पटक अबकाे नयाँ फिल्ममा दोहोरो भुमिकामा देखिने >> अन्तरिक्षमा कहाँबाट आउँछन् अनौठो रेडियो सिग्नल, वैज्ञानिकले पत्ता लगाए रहस्य >> ऊर्जा मन्त्रालयको हटलाइनमा उजुरी दिनेको सङ्ख्या उल्लेख्य >> युएईका मुस्लिम गोरो देखिन लगाइरहेका छन् खोप, जसकाे ब्यापार नै २२.९ मिलियन >> मानव किन स्वार्थी र घमण्डी बन्दै छ ?  >> बन्द उद्योग पुनः सञ्चालन गर्ने प्रदेश सरकारको तयार छः मन्त्री न्यौपाने >> उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै >> असल अभिभावकको दायित्व र जिम्मेवारी >> प्रदुषित सहरको सूचीमा कहिलेसम्म ? >> ‘देव,दह’ को विकास जोड्दै धार्मिक महोत्सव >> वन डढेर सकिदै गर्दा प्रदेश सरकार बैठकमा व्यस्त >> खानेपानीको आयोजनाः सरकारले करोडौं दियो, समुदायबाट जुटेन >> प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै >> पहिलोपटक सहकारी कन्क्लेभ, आर्थिक उन्नतिको सशक्त माध्यम सहकारी >> चोरीको सुन खरिद गर्ने व्यवसायी र चोरीमा संलग्न तीन जना पक्राउ >> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री

तिहारलाई तयार ‘विद्यार्थीको मखमली’

७ कार्तिक २०८१, बुधबार
७ कार्तिक २०८१, बुधबार

बुटवल, ०७ कार्तिक ।
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ मा मजुवामा रहेको तुराङ्ग बहु प्राविधिक शिक्षालयमा अध्यनरत विद्यार्थीहरूले तिहारको लागि चाहिने सयपत्रि र मखमली फूल ढकमक्क फूलाएका छन् । शिक्षालयमा अध्ययनरत बाली विज्ञान तर्फको डिप्लोमा तहमा अध्ययनरत विद्यार्थीहरूलाई साथमा लिएर शिक्षालयका प्रशिक्षक तथा कर्मचारीहरूले फूल तयार गरेका हुन । तयार भएको सयपत्री, मखमली फूल विक्रिको लागि समेत तयार भएको छ । शिक्षालय प्रमुख प्रदिप राज पाण्डेका अनुसार भाइटिका तिहार तथा विभिन्न शुभ कार्यका लागि आबश्यक पर्ने फूल ढकमक्क फुलेको छ ।

उत्पादन भएको सयपत्री फूल रु ३५०/– प्रती किलोमा बिक्री गर्ने तयारी गरिएको उनको भनाई रहेको छ । विद्यार्थीहरूको मिहिनेतले अहिले सार्थक रूप पाएको शिक्षालय प्रमुख पाण्डेको भनाइ रहेको छ । २०७८ सालमा सिटीईभीटीको आंगीक शिक्षालयको रूपमा गुल्मीको चन्द्रकोट मजुवामा स्थापना भएको यो शिक्षालयमा डिप्लोमा तहमा बाली विज्ञान तर्फ र पशु विज्ञान तर्फ ३÷३ बर्षे अध्यापन हुँदै आएको छ ।
विद्यार्थीहरूको प्रयोगात्मक अभ्यासको लागि शिक्षालयले १० रोपनी जग्गा भाडामा लिएको छ । जसमा ३ रोपनी भन्दा बढिमा सयपत्री, मखमली फूल खेती गरिएको शिक्षालयका बाली विज्ञान कार्यक्रम संयोजक सुमित भुषालले जानकारी दिए । उनका अनुसार सयपत्री संगै ३ प्रकारको विच बीचमा मखमली फूल समेत उत्पादन भएको छ । रातो, सेतो, निलो प्रजातीको मखमली उत्पादन गरिएको संयोजक भुषालको भनाई रहेको छ । भाडामा लिएको जग्गाबाट उत्पादन भएको फूल विक्रिबाट २० प्रतिशत विद्यार्थीहरूलाई मिहिनेत गरेको पारिश्रमीक खाजा खर्च मार्फत दिने योजना शिक्षालयको छ । यो बर्ष करिब ५० हजार भन्दा बढिको सयपत्री, मखमली बिक्री हुने अपेक्षा लिएको शिक्षालय प्रमुख पाण्डेको भनाई छ । उनी भन्छन्–‘यहाँको मात्रै बजारले हुँदैन हामी, गुल्मीको तम्घास, बुटवल, पाल्पा, लगायतका स्थानमा समेत सम्पर्क गरी फुल बिक्री गर्ने योजना बनाएका छौं, अन्य भन्दा सस्तोमा बिक्री गर्ने योजना बनाएको कारण छिट्टै बिक्री हुनेमा विश्वस्त छौं । ’
सयपत्री खेतीको लागि ६ हजार रूपैयाँको बिउ खरिद गरिएको थियो भने अन्य खर्च जाडेर १५ हजार रूपैयाँ लगानी भएको छ । १५ हजार खर्च कटाएर आएको बिक्रीको रकम बाट २० प्रतिशत विद्यार्थीहरूलाई खाजा खर्च दिने योजना रहेको छ ।

शिक्षालयमा बाली विज्ञानतर्फ ४० जना, पशु विज्ञान तर्फ ३÷३ बर्षको लागि ४०÷४० जना विद्याथी कोटा रहेको छ । तर प्राविधिक धार तर्फको शिक्षा लिने भन्दा पनि विदेश जाने लहर बढि भएको कारण विद्यार्थीको अभाव झेल्नुपरेको शिक्षालयले जनाएको छ । अहिले भर्ना कार्यक्रम समेत चलिरहेको अवस्थामा ३ बर्षमा जम्मा १ सय जना विद्यार्थीरहेका छन् । जम्मा ५० हजार रूपैयाँमा ३ बर्षे कृषि तथा पशु विज्ञान अध्यान गर्न शिक्षालयमा व्यवस्था गरिएको छ ।

शिक्षालयमा अहिले हुम्ला, जुम्ला, बाजुरा लगायतका जिल्लाबाट विद्यार्थीहरू आवसिय रूपमा बसेर अध्यान गर्दै आएका छन् । प्राविधिक शिक्षाको माग बढ्दो भएपनि यो तर्फ विद्यार्थीहरूको आर्कषण भने घट्दै गएकोमा चिन्ता थपिएको छ । शिक्षालयले भाडामा लिएको १० रोपनी जग्गामा ३ रोपनीमा फुल खेती बाहेक अन्य ७ रोपनीमा तरकारी उत्पादन गर्दै आएको छ । जसमा काउली, बन्दा, खुर्सानी, भिन्डी, घिरौला, टमाटर लगायतका खेती गरिएको छ । शिक्षालयले हाईटेक टनेल समेत निर्माण गरेको छ ।

विद्यार्थीहरूको मिहिनेत, शिक्षालयका प्रशिक्षकहरूको निरन्तरको रेखदेखको कारण अहिले सयपत्री, मखमली, फूलमा कुनै पनि समस्या नभएको शिक्षालय प्रमुखको भनाइ रहेको छ । अन्य व्यवसायीक पुष्प खेतीगर्ने किसानहरू भन्दा सस्तो मूल्यमा बिक्री गर्ने योजना बनाइएको कारण फूल खरिद गरेर सहयोग गरिदिनको लागि समेत उनले आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?