ट्रेंडिंग:

>> नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड >> दैनिक बिहान कागती पानी पिउनुहुन्छ भने नगर्नुहोस् यस्तो गल्ती >> शिक्षकहरूको काठमाण्डौमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन >> आज भने शेयर बजारमा हरियाली >> प्रदेशसभाको पाँचौ अधिवेशन: सात वटा विधेयक पारित >> ऊर्जामन्त्री खड्का र रसियाका राजदूत एलेक्सी नोभिकभबीच शिष्टाचार भेटवार्ता >> ताइवानको सिमा नजिक चीनले गर्यो युद्द अभ्यास >> मोबाइल बैंकिङ र वालेटमार्फत ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने >> राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ (फोटोफिचर) >> स्कलर्समा विद्यार्थी बिदाई तथा सम्मान >> नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमाः प्रधानमन्त्री ओली >> फुलबारी खानेपानीमा पदस्थापन >> प्रधानमन्त्रीको भ्रमणको क्रममा थाइल्याण्डमा आधा दर्जन सम्झौता सम्पन्न >> नेपालगञ्ज पुगे प्रचण्ड, तराइ मधेस अभियानमा पुनः सुरू हुदैँ >> लोरेन्स बिस्नोईको नाम लिएर फिरौती रकम माग्ने पक्राउ >> शंकरनगर वनबाटिकामा चुनावी माहौलः अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा >> संवैधानिक अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन मिल्दैनः राष्ट्रपति >> अमेरिकाले इरानको परमाणु कार्यक्रममा बमबारी गरे रक्षामा रूस उभिने >> ओली र मोदी बीच शुक्रबार बैंककमा ‘साइडलाइन’ भेटवार्ता हुने >> हेटौँडाबाट मिनी ट्रकसहित १५ गाई र ३ जना नियन्त्रणमा >> नेपाल र थाइल्याण्डबीच दुईपक्षीय सम्झौता (फोटोफिचर) >> कुलमान र हितेन्द्रदेवकाे सुनवाइ जारी >> अल्लु अर्जुन पहिलो पटक अबकाे नयाँ फिल्ममा दोहोरो भुमिकामा देखिने >> अन्तरिक्षमा कहाँबाट आउँछन् अनौठो रेडियो सिग्नल, वैज्ञानिकले पत्ता लगाए रहस्य >> ऊर्जा मन्त्रालयको हटलाइनमा उजुरी दिनेको सङ्ख्या उल्लेख्य >> युएईका मुस्लिम गोरो देखिन लगाइरहेका छन् खोप, जसकाे ब्यापार नै २२.९ मिलियन >> मानव किन स्वार्थी र घमण्डी बन्दै छ ?  >> बन्द उद्योग पुनः सञ्चालन गर्ने प्रदेश सरकारको तयार छः मन्त्री न्यौपाने >> उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै >> असल अभिभावकको दायित्व र जिम्मेवारी >> प्रदुषित सहरको सूचीमा कहिलेसम्म ? >> ‘देव,दह’ को विकास जोड्दै धार्मिक महोत्सव >> वन डढेर सकिदै गर्दा प्रदेश सरकार बैठकमा व्यस्त >> खानेपानीको आयोजनाः सरकारले करोडौं दियो, समुदायबाट जुटेन >> प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै >> पहिलोपटक सहकारी कन्क्लेभ, आर्थिक उन्नतिको सशक्त माध्यम सहकारी >> चोरीको सुन खरिद गर्ने व्यवसायी र चोरीमा संलग्न तीन जना पक्राउ >> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ

चराको पेशा रोकियो, विकल्प के ?

६ कार्तिक २०८१, मंगलवार
६ कार्तिक २०८१, मंगलवार

बाँके, ०६ कार्तिक ।
कोहलपुर नगरपालिका–१४, हवल्दारपुरस्थित चिडिमार बस्तीका मानिसहरूको पुर्खौली पेशा चरा मारेर गुजारा चलाउने हो । तर केही बर्ष पहिले सरकारले चराचुरुङ्गी र वन्यजन्तु माथि प्रतिबन्ध लगाएसँगै अहिले यो परम्परागत पेशा संकटमा परेको छ । चिडिमार जाति पुस्तौँदेखि चराहरूको शिकार गरेर जीविका चलाउँदै आएका छन्, तर वातावरणीय नियम, वन्यजन्तु संरक्षण नीति, र चरा मार्ने परम्परामा आएको परिवर्तनले गर्दा उनीहरूको जीवनयापन थप जटिल बन्दै गएको हो ।

चिडिमार समुदायका लागि चरा मार्ने पेशा केवल जीविकाको साधन मात्र होइन, यो उनीहरूको सांस्कृतिक पहिचान पनि हो । हरेक परिवारले विगतमा शिकार गरेर आफ्नो जीवन निर्वाह गथ्र्याे, तर समयसँगै यो पेशा संकटमा पर्न थालेको छ । “हाम्रो पुर्खौली पेशा संकटमा परेको छ ।

चरा मार्न नपाएपछि कसरी गुजारा चलाउने ?” हवल्दारपुरका ५० वर्षीय रामप्रसाद चिडिमारले भने –‘राजा राणाका पालामा बाउबाजेलाई चरा मार्न शिकार खेल्न उ बेलादेखि चरा मार्दै आफ्नो घर परिवार पाल्दै आएका थिए । अहिले न पढाइ लेखाइ छ न त धन सम्पत्ति चरा मार्न नि पाइन्न त्यसैले घर परिवार चलाउन मुस्किल भएको छ’ – रामप्रसादले भने ।

चिडिमार समुदायको शिकारको साधनमा परिवर्तन र कानुनी प्रतिबन्धले चिडिमारहरूको मुख्य पेसा धराशायी भएको छ । पहिले जस्तो चरा मार्न सजिलो छैन, किनकि सरकारको वन्यजन्तु संरक्षण नीति कडा भएको छ। वन तथा वातावरण सम्बन्धी कानुनअनुसार चराहरूलाई मार्न कानुनी रूपमा प्रतिबन्ध लगाइएको छ । “हाम्रो बाँच्ने माध्यम शिकार थियो, तर अहिले शिकार गर्न निषेध छ । के गर्ने? रोजगारीको अरू विकल्प छैन,” रामप्रसादले गुनासो गरे ।

चिडिमारहरूको पुर्खौली पेसामा संकटको अर्को कारण भनेको जैविक विविधता र पर्यावरणीय असन्तुलन हो । धेरै क्षेत्रहरूमा चरा मार्न पाउन नसक्ने अवस्था आएको छ । वन्यजन्तुका संरक्षण प्रयासहरूले गर्दा चरा प्रजातिहरूलाई सुरक्षित गर्न त सरकारले महत्वपूर्ण कदम उठाएको छ, तर यसले चिडिमार समुदायलाई आर्थिक रूपमा ठूलो असर पुर्याएको छ । “पहिलेजस्तो चरा भेटिँदैन, जंगल र खोलाहरूमा शिकार गर्न पनि डर लाग्छ ।” स्थानीय पुनम चिडिमारले भनिन् ।

चरा मार्न नपाउँदा चिडिमार समुदायले आफ्नो परम्परागत सीप गुमाउँदै गएको छ । यो समुदायलाई अन्य रोजगारीका अवसरहरू भने उपलब्ध छैनन् । अशिक्षा र गरिबीका कारण वैकल्पिक पेसा अपनाउन उनीहरू असमर्थ छन् । “हामीले न त राम्रो शिक्षा पायौँ, न त कुनै नयाँ सीप सिक्न सक्यौँ,”पुनमले भनिन “अब के गर्ने भन्ने थाहा छैन ।”

चिडिमारहरूको पारिवारिक जीवन पनि संकटमा छ । शिकार गर्न नपाउँदा आम्दानीको स्रोत घटेको छ, जसका कारण उनीहरूको आर्थिक अवस्था दिनानुदिन कमजोर बन्दै गएको छ । चिडिमार समुदायले अन्य पेसामा लाग्न चाहे पनि तिनको लागि आवश्यक सीप, तालिम, र स्रोतको अभाव छ । “अरू पेसामा लाग्न मन त छ, तर कसरी गर्ने? हामीलाई सीप छैन, तालिम छैन,” रामप्रसादले थपे ।

चिडिमारहरूको समस्यालाई समाधान गर्न सरकारी निकाय र गैरसरकारी संस्थाहरूले वैकल्पिक रोजगारीका अवसरहरू प्रदान गर्नुपर्ने देखिन्छ । विभिन्न क्षेत्रमा चिडिमार समुदायलाई समावेश गरेर उनीहरूलाई नयाँ सीप र तालिम प्रदान गर्न सके, यो संकटबाट बाहिर निस्कन मद्दत हुन सक्छ । पर्यावरण संरक्षणसँगै यी समुदायको जीविकाको लागि वैकल्पिक उपायहरू खोज्नुपर्ने समय आएको छ ।
सरकारले चिडिमारहरूको लागि उचित तालिम कार्यक्रम, स्वरोजगार योजना, र नयाँ पेसामा लाग्न आवश्यक स्रोतसाधन उपलब्ध गराउनु आवश्यक छ । पर्यावरण संरक्षण महत्वपूर्ण छ, तर स्थानीय समुदायको जीवनयापन र उनीहरूको सांस्कृतिक पहिचानलाई बचाउनका लागि उचित कदम पनि चाल्नुपर्ने देखिन्छ ।

चिडिमारहरूको पुर्खौली पेशा संकटमा परेपनि, उनीहरूको सीप र परिश्रमलाई वैकल्पिक क्षेत्रमा प्रयोग गर्न सकिने सम्भावना छ । सरकारले समयमै ध्यान नदिए, यो समुदायको जीविकामा गम्भीर समस्या उत्पन्न हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?