ट्रेंडिंग:

>> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व

प्रदेश सरकारद्वारा कर्मचारी दरबन्दी बृद्धि गर्न माग

१३ भाद्र २०७५, बुधबार
१३ भाद्र २०७५, बुधबार

प्रदेश नं. ५ को सरकारले कर्मचारीको दरबन्दी बढाइदिन संघीय सरकारसँग माग गरेको छ । संघीय सरकारले यो प्रदेशको लागि २ हजार ७ सय १४ जना कर्मचारीको दरबन्दी तोकेको छ । प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले मंगलबार पत्रकार सम्मेलन गरी उक्त दरबन्दी अपुग हुने भएकाले ३ हजार १ सय ५७ जना माग गर्ने निर्णय गरेको जानकारी दिए ।
प्रदेश मन्त्रिपरिषदको सोमबार बसेको बैठकले प्रदेश सरकारका ६ वटै मन्त्रालयमा हाल केन्द्र सरकारले तोकेको दरबन्दी अपुग रहेको ठहरसहित बढाउन माग गर्ने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयमा ३८ जनाबाट बढाएर ५२ जना, आर्थिक मामिला तथा योजना मन्त्रालयमा ६७ जनाबाट ७७ जना, भौतिक पूर्वाधार विकास मन्त्रालयमा ६ सय ७ जनाबाट ७ सय ८ जना कर्मचारी पु‍¥याउन प्रदेश सरकारले माग गरेको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा १२ सय ३८ जनाबाट १३ सय ५७ जना, सामाजिक विकास मन्त्रालयमा २ सय ३३ जनाबाट ३ सय ८५ जना र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा ४ सय ४३ जनाबाट ४ सय ६१ जना कर्मचारी दरबन्दी पु‍¥याउन प्रदेश सरकारले माग गरेको छ । मन्त्रिपरिषद बैठकले विभिन्न चारवटा मन्त्रालय अन्तर्गतका निर्देशनालय र डिभिजन कार्यालयहरू स्थापना गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्को निर्णयसँगै भौतिक पूर्वाधार विकास मन्त्रालयमा एउटा र बाँकी ३ वटा मन्त्रालयमा २/२ वटा निर्देशनालय स्थापना हुनेछन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कृषि विकास निर्देशनालय र पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय हुनेछन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा वन निर्देशनालय र उद्योग, वाणिज्य तथा पर्यटन निर्देशनालय स्थापना हुनेछन् ।
भौतिक पूर्वाधार मन्त्रालयमा भौतिक पूर्वाधार विकास निर्देशनालय स्थापना हुनेछ । सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास निर्देशनालय र स्वास्थ्य निर्देशनालय स्थापना हुनेछन् ।
मन्त्रिपरिषद् बैठकले विभिन्न ५ वटा डिभिजन तथा एउटा व्यवस्थापन डिभिजन कार्यालयहरू स्थापना गर्ने निर्णय गरेको छ । जसअनुसार सडक तथा पुल डिभिजन, सिंचाई तथा उर्जा डिभिजन, सिंचाई व्यवस्थापन डिभिजन, भूमिगत जल सिंचाई विकास डिभिजन, खानेपानी डिभिजन र शहरी विकास तथा भवन डिभिजन कार्यालय स्थापना हुनेछन् ।
यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका सदस्यमा अर्घाखाँचीकी पुष्पा भुसाल लुइँटेललाई नियुक्त गर्ने निर्णय गरेको छ । भूसाल कृषि र समाज शास्त्रमा स्नातकोत्तर भुसाल कृषि विज्ञ हुन् ।
योजना आयोगमा यसअघि उपाध्यक्षमा अर्घाखाँचीकै डा. प्रकाशकुमार श्रेष्ठ र सदस्यमा गुल्मीका इन्जिनियर विष्णु गौतम नियुक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?