ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि

बर्दियामा बाघको त्रास

२४ आश्विन २०८१, बिहीबार
२४ आश्विन २०८१, बिहीबार

बर्दिया, २४ असोज ।
दैनिकजसो गाउँमै पसेरघरपालुवा जनावरमाथि निरन्तरआक्रमण गर्ने सो जनावरबाघ हो वा चितुवा भन्ने नै पहिचान हुन सकेको छैन । पहिचान नभएकैले बर्दिया राष्ट्रिय निकुञ्जले यसप्रति खासै चासो दिएको छैन । बाँसगढी नगरपालिका रबढैयाताल गाउँपालिका भित्र बाघको त्रास कायमै छ । दिनहुँजसो हिंस्रक जङ्गली जनावरले भिन्न–भिन्न स्थानमा मानिस तथा घरपालुवा जनावरमाथि आक्रमण गर्ने गरेको छ । गाउँघरमै दैनिक सो जनावरदेखिने रघरपालुवा जनावरमाथि आक्रमणको क्रम नरोकिएपछि बाँसगढी रबढैयातालबासीमा त्रास बढेको छ ।

गत जेठ १० गते बाँसगढी नगरपालिका–४ स्थित जनचेतना सामुदायिक वनमा बाघको आक्रमणबाट बाँके बैजनाथ गाउँपालिका–८ हस्नापुरकी ३५ वर्षीया मनीषा रोकायको मृत्यु भएपछि सो क्षेत्रमा निरन्तरबाघ देखिने गरेको स्थानीय राम गोपाल थारूको भनाइ छ । सो जङ्गली जनावरबाघ हो वा चितुवा भन्ने स्पष्ट पहिचान नभए पनि करिब दुई महिनाअघि बाघले नै मानिस आक्रमण गरेकाले सो जनावरबाघ नै हुनसक्ने स्थानीयबासीको आँकलन छ भने कसैले सो जनावरचितुवा भएको बताउने गरेका छन् । तरसो जनावरनियन्त्रणमा लिने कुरा त परजाओस् बाघ हो वा चितुवा भनेरपहिचान गर्ने कुरामा पनि सरोकारवाला निकायले तत्परता देखाएका छैनन् ।

पछिल्लो समय त प्रत्येक दिन सो जनावरले घरपालुवा जनावरमाथि आक्रमण गरिरहेको छ । एक साताभित्र मात्रै सो जनावरले किसानका घरगोठमै पसेरआधा दर्जनजति घरपालुवा जनावरमारिसकेको छ । दिउँसो पनि कहिले कुन वनमा त कहिले कुन वनमा बाघ देखिने गरेको स्थानीयबासी बताउँछन् । केही साताअघि वनभन्दा निकै टाढा राजमार्गछेउमै रहेको बाँसगढी नगरपालिका–४ स्थित मटेरिया गाउँमै पसेरराति बाघले खोरबाट सुंगुरमारेको थियो ।
एक सातायता सो जनावरले नियमित घरपालुवा जनावरमाथि आक्रमण गरिरहेको पाइएको छ । भदौ २७ गते राति साढे ११ बजेतिरबाँसगढी नगरपालिका–५ विद्युत् कार्यालयपछाडि हाइवेबाट करिब सय मिटरभित्र शीतलनगरटोलको एक घरमा बाघले बाख्रालाई घाइते बनाएको थियो ।

त्यस्तै, सोही दिन बाँसगढी नगरपालिका–४ नेवादाका चन्द्रबहादुरचौधरीको गोठबाट बाघले गाईको बाच्छो खाएको थियो । सो बाघ २६ गते दिउँसो पनि सोही जंगलमा देखापरेको स्थानीयबासीले बताएका छन् । भदौ २८ गते बाँसगढी नगरपालिका–३ उत्तरभकारीमा राति करिब साढे ११ बजेतिरतुलसीप्रसाद देवकोटाको खोरबाट बाघले खसी लिएरगएको थियो । त्यस्तै, सोही दिन राति उत्तरभकारीस्थित चमकपुरटोलमा रामप्यारे थारूको गोठबाट करिब २० केजीको सुंगुरको पाठो लिएरगएको स्थानीयको भनाइ छ ।

भदौ २९ गते सोही टोलमा चन्नाह भनिने गोपाल थारूको करिब २५ केजीको सुंगुरको पाठो बाघले लगेको थियो । घिसारेको ठाउँ हेर्दै सुंगुरखोज्न जाने क्रममा नजिकको जङ्गलमा लिएरसिकारखाइरहेको अवस्थामा बाघ देखिएको रसो बाघले मानिसलाई समेत आक्रमण गर्न खोजेको स्थानीयबासीले बताएका छन् । मानिसको बाक्लो उपस्थिति देखेपछि बाघ सिकारछाडेरभागेको उनीहरूको भनाइ छ ।

त्यस्तै, भदौ २९ गते राति करिब १२ बजेको समयमा बाँसगढी नगरपालिका–४ पहाडीपुरगाँउमा निमबहादुरकुँवरको बाख्राको खोरमा पसी बाघले बाख्रा घाइते बनाएको थियो भने एउटा भेडा मारेरखाएको थियो ।यसरी बाघ निरन्तरगाउँ पसेरबबन्डरमच्चाइरहेको छ तरसोको पहिचान वा नियन्त्रणबारे कसैले चासो दिने गरेको छैन । दैनिक बाघ आक्रमणका घटना बाहिरिइरहँदा वनछेउका बासिन्दा भने त्रसित छन् ।भदौ २९ गते बाँसगढी नगरपालिका–३ स्थित सिजी चाउचाउ उद्योगको सिसी क्यामेरामा सो बाघ कैद भएको बताइएको छ । तरसो जनावरबाघ हो वा चितुवा भन्ने अझै पनि पहिचान भएको छैन । सिसी क्यामेरामा बाघ कैद भएको समाचारबारे आफू अनभिज्ञ भएको सब–डिभिजन वन कार्यालय बाँसगढीका वन अधिकृत राम गणेश साहले बताए । उनले सो जनावरबाघ हो वा चितुवा भन्ने नै स्पष्ट हुन नसक्दा नियन्त्रणमा कठिनाइ भइरहेको बताए ।

‘केही समय हामीले ठाउँ–ठाउँमा क्यामेरा पनि लगायौँ तरक्यामेरामा पनि देखिएन,’ उनले भने, ‘सो जनावरबाघ हो वा चितुवा भन्ने नै स्पष्ट भएन ।’ स्थानीयबासीका भनाइका आधारमा सो जनावरचितुवा नै हुन सक्ने रकतिबेला कहाँ जान्छ भन्ने स्पष्ट नभएकाले चितुवा नियन्त्रण गर्न कठिनाइ हुने गरेको उनले बताए । पहिचान हुन नसकेकैले निकुञ्जले पनि चासो नदिएको रआफूहरूसँग स्रोत साधन नभएकाले केही गर्न नसकिएको उनको भनाइ छ ।
वन अधिकृत साहले पछिल्लो समय खोरबाटै घरपालुवा जनावरहराउने रमार्ने कार्यमा बाघ वा चितुवाको आक्रमण नै हो भन्ने कुुरामा पनि आशङ्का व्यक्त गरे । चोरी वा बदामासी गर्ने समूहले पनि ती कतिपय घटना घटाएको हुन सक्ने उनको तर्क छ । ‘यी सबै घटना बाघ वा चितुवाले नै गरे भन्ने पनि स्पष्ट छैन,’ उनले भने, ‘यसमा अन्यत्र पनि शङ्का गर्ने आधारदेखिन्छ ।’

इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक रूपेश साहले पछिल्लो समय दैनिकजसो बाघले जनावरलग्यो भन्दै स्थानीयको फोन आउने गरेको बताए । खबरपाएपछि आफूहरू गएरसम्बन्धित निकायलाई खबरगरिदिने गरेको तरआफूहरूले पनि त्यसमा थप केही गर्न सक्ने अवस्था नरहेको उनले बताए । ‘हामीले पनि गर्नसक्ने केही हुँदैन,’ उनले भने, ‘सम्बन्धित निकायमा खबरगरिदिने मात्र हो ।’बाघ वा चितुवा भन्ने बारेमा पनि स्थानीयका फरक–फरक धारणा आउने गरेको उनले बताए । ‘जे भए पनि भोलि मानवीय क्षति नहोस् भनेरहामीले स्थानीयबासीलाई सचेत गराउने गरेका छौँ,’ प्रहरी निरीक्षक साहले भने ।

सो जनावरचाँडो नियन्त्रणमा लिइदिन स्थानीयले सरोकारवाला निकायसँग आग्रह गरे पनि त्यसको सुनुवाइ भएको छैन । बाघको त्रासले साँझबिहान वनको बाटो भएरहिँड्न पनि डरलाग्ने गरेकोे स्थानीयबासीको भनाइ छ ।‘दिनदिनै बाघ गाउँघरमै पसेरभकाभक घरपालुवा जनावरमाथि आक्रमण गरिरहँदा पनि किन कसैले चासो नदिएका होलान ।
दैनिकजसो गाउँमै पसेरघरपालुवा जनावरमाथि आक्रमण गर्ने सो जनावारबाघ हो वा चितुवा भन्ने नै पहिचान हुन सकेको छैन । पहिचान नभएकैले राष्ट्रिय निकुञ्जले यसप्रति खासै चासो नदिएको बताइन्छ ।पछिल्लो समय वनआसपासका गाउँमा बाघ आक्रमणको घटना बढेको छ । जिल्लास्थित अधिकांश सामुदायिक वनमा बाघ देखिन थालेकाले सर्वसाधारण त्रसित छन् । वनसँग जोडिएको चल्ती बाटो हिँड्नसमेत सर्वसाधारण डराइरहेको अवस्था छ ।

लामो समयसम्म नियन्त्रणबारे कसैले चासो नलिएपछि सो जनावरपहिचान तथा नियन्त्रणका गर्न माग गर्दै बाँसगढीका युवाहरूले बाँसगढी नगरपालिका कार्यालय रसब–डिभिजन वन कार्यालय बाँसगढीमा मंगलबारज्ञापनपत्र बुझाएका छन् । राष्ट्रिय युवा संघ नेपाल बाँसगढी नगरकमिटीका अध्यक्ष निशान चन्दको नेतृत्वमा गएको युवाहरूको टोलीले नगरप्रमुख खड्कबहादुरखड्का रवन अधिकृत राम गणेश साहलाई सो ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले तत्काल बाघ नियन्त्रणमा लिन माग गरेका छन् ।ज्ञापनपत्र बुझ्दै नगरप्रमुख खड्काले नियन्त्रणका लागि वन कार्यालयसँग आग्रह गरिने जनाएका थिए । ‘हामीले भन्ने वन कार्यालयलाई नै हो, हामी भन्छौँ,’ ज्ञापनपत्र बुझ्दै नगरप्रमुख खड्काले भने, ‘स्थानीयबासीका तर्फबाट तपाईंले पनि निरन्तरदबाब दिनुप¥यो ।’

गत आइतबारमात्र बाँके जिल्लाको खजुरा गाउँपालिका सिमलघारीमा एक अढाई वर्षीया बालिकालाई पनि बाघले लगेको आशङ्का गरिएको छ । मंगलबारती बालिकाको टाउको रएउटा खुट्टा घरदेखि १ किलोमिटरटाढा रहेको वनमा भेटिएको छ ।

घटनाक्रमहरूले बाघ वा चितुवाले नै बालिका लगेको सबैको अनुमान छ । पछिल्लो समय मानखोला हुँदै बाघ बर्दियाबाट बाँके आउजाउ गर्ने गरेको पनि कतिपयले बताउने गरेका छन् ।
‘बाँसगढीमा पनि भोलि यो अवस्था नआउला भन्न सकिन्न,’ एक स्थानीयबासीले भने, ‘त्यसैले जतिसक्दो चाँडो सो बाघ वा चितुवा नियन्त्रणमा लिइयोस् ।’ यसरी गाउँघरमै नियमित बाघ देखिन रघरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि वन कार्यालयमा यस विषयमा जानकारी दिइएको रबाघ खोजी तथा नियन्त्रणका लागि अनुरोध गरिएको बाँसगढी नगरपालिका–५ का वडाध्यक्ष दहवा थारूको भनाई छ ।
‘केही समयअघि वन कर्मचारीहरूद्वारा केही स्थानमा क्यामेरा राखेरबाघ पहिचान गर्ने प्रयास पनि भएको हो,’ उनले भने, ‘तरक्यामेरामा बाघ कतै देखिएन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?