ट्रेंडिंग:

>> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने 

शिक्षाका लागि समान अवसर आवश्यक

२ श्रावण २०८१, बुधबार
२ श्रावण २०८१, बुधबार

बुटवल, १ साउन– समान शिक्षाले मात्रै अपाङ्गता भएका बालबालिकाहरूमा एकरूपता ल्याउन सकिने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । उनीहरू विभिन्न प्रकारका अपाङ्गता भएका बालबालिकाहरूलाई परिवारसँगै राखेर उनीहरूको संरक्षणमा शिक्षा प्रदान गर्न सके मात्र सिकाई उपलब्धी सकारात्मक हुने बताए । मंगलबार बुटवलमा नेत्रहिन युवा संघ नेपालको आयोजना र शिक्षा विज्ञान तथा प्रविधि मन्त्राललय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहकार्यमा भएको अपाङ्गता भएका बालबालिकाका लागि समावेशि शिक्षा सञ्चालनका तथा व्यवस्थापन मापदण्ड पृष्टपोषण कार्यशालमा बोल्ने सहभागीहरूले यस्तो बताएका थिए ।

कार्यक्रममा अपाङ्गता भएका बालबालिका समान शिक्षा सम्बन्धी तयार गरिएको निर्देशिकाका बारेमा बोल्दै मन्त्रालयका शाखा अधिकृत दिपक माझीले अपाङ्गता भएका बालबालिकाको हक हितका लागि मस्यौदा तयार पारिएको बताए । उनले बालबालिकाहरूलाई घर परिवारसँगै राखेर पढ्ने वातावरण सृजना गर्नु अति आवश्यक भएकले पनि स्थानिय तहलाई यो विषयमा गम्भिर बन्न आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले नगरमा बनाइएका नीतिहरूलाई अझै अपाङ्गमैत्री बनाउनका लागि नीतिहरूलाई परिमार्जन गर्नु पर्ने रहेको बताईन । उनले नगर भित्रका अपाङ्गता भएका बालबालिकाका बारेमा आफूहरू चासो राख्दै समस्या समधानका लागि पहल गरेको बताईन । अर्यालले अपाङ्गता भएका परिवारलाई आर्यआर्जनसँग जोड्नका लागि विभिन्न तालिमहरू समेत सञ्चालन गरेको जानकारी दिईन ।
उपप्रमुख सावित्रा देवी आर्यललय अपांगता भएका बालबालिकाहरूको लागि शिक्षामा सहज पहुँच स्थापनाको लागि सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताईन् । उनले यसको लागि स्थानीय तहले के कस्तो सहयोग गर्नुपर्ने हो, सहयोगको लागि सदैभ तयार रहेको बताएकी हुन । शन्ति नमुना विद्यालयका प्रअ कुलप्रसाद लामिछानले अपाङ्गता भएका बालबालिका अध्यन्न गर्ने विद्यालयलाई सरकार वास्ता नगरेको गुनासो गरे । उनले बालबालिकाहरूलाई पढाउने शिक्षको संख्या कम । तयस माथि तालिम प्राप्त शिक्षक नहुँदा समस्या भएको बताए ।

अझै राम्रो बनाउन सुझाव संकलन गरिएको थियो । शिक्षा विकास तथा इकाई रूपन्देही रूपन्देहीका माधव बञ्जाडेले अपाङ्गता भएकाहरूको समस्या अरूले सामान्य तया बुझन नसक्ने भएकाले अत्यन्त संवेदनशील हुने बताए । उनले अपाङ्गताको पीडा त्यसमाथि सपाङ्गहरूसँगको प्रतिर्शप्रर्दा गर्नुपर्ने चुनौती रहेको बताए । उनले समावेशी शिक्षामा नयाँ र राम्रा कार्यविधि बन्ने अपेक्षा व्यतm गरे । उनले अपाङ्गतामा पनि विभिधता हुने भएकाले शिक्षक तालिम प्राप्त हुन जरुरी रहेको बताए । त्यसका लागि तीनै तहका सरकार गम्भिर बन्न जरुरी रहेको बताए ।
कार्यक्रममा बोल्दै अपाङ्ग महासंघका केन्द्रिय सदस्य तथा अपाङ्गता राष्ट्रिय निर्देशक समितिका सदस्य सावित्रा घिमिरेले बालबालिकाहरूलाई अध्यन्नको नाममा टाढा पढाउने प्रचलनको अन्यत हुन जरुरी रहेको बताईन । उनले जुन बच्चा आमाबाबा, परिवार समाजसँग नजिक रहेर सबैको साथमा अध्यन्नको अवसर पाउँछ उस्ले सामान्य अरू बच्चाले जस्तै प्रगती गर्न सक्ने बताई ।

सुस्त मनस्थित बालविकास केन्द्रका अध्यक्ष लोकनाथ भुषालले अपाङ्गता भएका बाबालिकका लागि समावेश शिक्षासञ्चालनत तथा व्यवस्थापन मापदण्ड २०८१ बनाउदा विद्यालयमा फिजियोथेरापी अनिवार्य राख्न जरुरी रहेको बताए । विद्यालयले अपाङ्गता भएका विद्यार्थीको रेखदेखमा सके सम्म अपाङ्गता भएका बालबच्चाका अभिभावकलाई नै विद्यालयमा शिक्षक र सहयोगीको रूपमा राख्न सके शिक्षण सिकाई प्रभावकारी हुने विश्वास व्यतm गरे । कार्यक्रममा बहिरा संघ कपिलवस्तुका रिक्कु गुप्ता, दृष्टिविहिन क्रिकेट संघ रूपन्देहीका अध्यक्ष निर्मल पौडेल, बहिरामा वि भैरहवाका भीम थापा, शन्ति नमुना विद्यालयका शिक्षक सपना कँुवर, रूपन्देही नेत्रहिन संघ रूपन्देहीका अध्यक्ष कृष्ण जि सी, नेत्रहिन युवा संघ रूपन्देहीका अध्यक्ष जीवन पोखरेल, सचिव ऋषिराम बि सी लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%