ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

एसईई नतिजा २०८० जसले ल्याए चार जीपीए

प्रदेशमा रूपन्देहीका २ जना, पाल्पाका २ जना, दाङका २ जनाको मात्रै ४ जिपीए
१४ असार २०८१, शुक्रबार
१४ असार २०८१, शुक्रबार

बुटवल, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार १८६ जनाले जीपीए ४ ल्याएका छन् । एसईइ नतिजामा रूपन्देही जिल्लाको सामुदायिक विद्यालयबाट एक जना विद्यार्थीले चार जीपीए ल्याएका छन् । रूपन्देहीको सैनामैनास्थित रामापुर माविका कृतिम भट्टराईले एसईईको नतिजामा जीपीए ४ ल्याएका हुन । रामापुर माविबाट १८० जनाले एसईई दिएकामा यो खबर तयार पार्दासम्म कृतिम भट्टराईको मात्रै जीपीए ४ नतिजा देखिएको विद्यालयका प्रधानाध्यापक कृष्ण पौडेलले बताए । सामुदायिक विद्यालयतर्फ यो नै पहिलो जीपीए ४ हो । कृतिमले रामापुर माविमा कक्षा ९ देखि पढेका थिए । बुबा कृष्ण भट्टराई र आमा रमा भट्टराईका जेष्ठ सुपुत्रका रूपमा जन्मिएका कृतिम सानैदेखि पढाइमा मेधावी थिए ।

यस्तै बुटवलको न्यू होराइजन स्कूलका प्रवेश खनालले एसईईको नतिजामा जीपीए ४ ल्याएका छन् । न्यू होराइजनबाट ३३९ जनाले एसईई दिएको विद्यालयका प्रधानाध्यापक लोकनाथ उपाध्यायले बताए । पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ दागिल स्थायी घर भएका प्रवेश बुटवलमा रहेर कक्षा २ देखि न्यू होराइजन पढेका उनका काका लिला खनालले बताए । प्रवेशका बुबा नारायणबहादुर खनाल र आमा भगवती थापा खनाल सरकारी जागिरे हुन् । प्रवेश घरको एक्लो छोरा हुन् ।
पाल्पाः
पाल्पाको जनता मावि (जेभिटी) बाट एसईईमा सहभागी विद्यार्थी उत्सव ढुंगानाले चार जीपीए ल्याएका छन् । विद्यालयका प्रधानाध्यापक हरि प्रसाद घिमिरेका अनुसार तानसेन नगरपालिका वडा नम्बर ३ बसन्तपुरमा रहेको उक्त विद्यालयबाट कुल ६७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । विद्यालयका प्रधानाध्यापक घिमिरेका अनुसार कक्षा ६ देखि नै जनता विद्यालयमा पढ्दै आएको विद्यार्थी ढुंगानाका बुवा सोही विद्यालयका निमावि तहको स्थायी अंग्रेजी विषयको शिक्षकको रूपमा कार्यरत रहेका छन् । आमा बुबा नै शिक्षक रहेका कारण पनि शैक्षिक वातावरण राम्रो भएको कारण विद्यालयले राम्रो नतिजा ल्याएको प्रअ घिमिरेको भनाइ रहेको छ । उक्त विद्यालयबाट ए प्लस ल्याउने विद्यार्थी १२ जना रहेका छन् । यस्तै ए १७ जना, वि प्लस २९ जना, वि ९ जना रहेका छन् । सामुदायिक विद्यालय तर्फ सबैभन्दा बढि विद्यार्थी उच्च जिपीएका साथ उत्तीर्ण गराउन सफल भएको प्रअ घिमिरेले जानकारी दिए ।
यस्तै पाल्पाको दरैठाँठी माध्यमिक विद्यालयबाट विद्यार्थी पूर्णीमा कुँवरले चार जीपीए ल्याएकी छिन् । सामुदायिक विद्यालय तर्फ उनी पाल्पा जिल्लामा चार जीपीए ल्याउने विद्यार्थी हुन । विद्यालयका प्रधानाध्यापक सुन्दुर प्रसाद देवकोटाका अनुसार सामुदायिक विद्यालय तर्फ ३.८७ ल्याउने विद्यार्थी ३ जना रहेका छन् । ६३ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ए प्लस ५ जनाले ल्याएका छन् । ए ८ जनाले, वि प्लस ८ जनाले, सी प्लस ४ जनाले ल्याएका हुन ।
दाङः
सिद्धार्थ एकेडेमी बोर्डिङ स्कुल घोराही दाङबाट सहभागी विद्यार्थी विक्रम नेपालीले ४ जीपीए ल्याएका छन् । दाङको घोराहीमा रहेको माउन्ट भ्यु स्कुलका विद्यार्थी आयुष्मा घिमिरेले चार जीपीए ल्याएकी छिन् । दाङबाट चार जिपीए ल्याउने २ जना विद्यार्थी दुई जना नै संस्थागत विद्यालयका विद्यार्थी हुन । जिल्लाबाट ६ हजार ३७ जना विद्यार्थीले ग्रेडेट भएका छन् भने ५ हजार ८ सय २२ जना नन ग्रेडेट भएका हुन । जिल्लाबाट कुल १२ हजार २ सय ६६ जनाले परीक्षामा सहभागी भएका थिए ।

बुटवलको अक्सफोर्ड माध्यमिक विद्यालयबाट सहभागी परीक्षामा दिव्या पाण्डे ३.९५ जीपीए ल्याएकी छिन् । यस्तै विश्व बन्जाडे ३.८६ जीपीए, निशेष गुरुङ ३.८३ जीपीए , सुजल पाण्डे ३.८३ जीपीए, , विशुप्रसाद तिवारी ३.८२ जीपीए , सुदन बन्जाडे ३.८२ जीपीए, प्रस्ताव मरासिनी ३.७९ जीपीए,दीक्षित न्यौपाने ३.७८ जीपीए ल्याएका छन् । यस्तै प्रवेश खनाल ३.७८ जीपीए सहित ३.६० जीपीए भन्दामाथि ३६ जना, ३.२० देखि ३.६० जीपीए सम्म ६० जना लगायत उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रधानाध्यापक दिनेश भुषालले जानकारी दिए ।

 

कालिकाका ६ जना विद्यार्थीको ३.९६

बुटवलको कालिका मानवज्ञान माविका विद्यार्थी ६ जनाले ३.९६ जिपीए ल्याएका छन् । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार गणेश पन्थी, शिशिर मल्ल, सम्पदा गौतम, विराज राना, गगन भट्टराई, स्नेहा सिंहले समान ३.९६ जिपीए ल्याएका हुन । ५ सय ८२ जना विद्यार्थी एसईईमा पास भएका हुन । जसमा ३.६ देखि माथि ल्याउने विद्यार्थी १६६ जना रहेका छन् । यस्तै २१२ जना ३.२ देखि ३.६ रहेका छन् । १३८ जनाको २.८ देखि ३.२ ल्यााएका छन् । २.४ देखि २.८ ल्याउने विद्यार्थी ६६ जना रहेका विद्यालयका प्रअ दिनेश थापाले जानकारी दिए ।
रूपन्देहीमा कुल ३ सय ३९ वटा विद्यालय परीक्षामा सहभागी भएका थिए । जसमा १० हजार ७६ जना विद्यार्थी नन ग्रेडेट भएका हुन भने ८ हजार ७ सय ९१ जनाले मात्रै ग्रेडेड पूरा गरेका छन् । जिल्ला शिक्षा समन्वय एकाई रूपन्देहीका प्रमुख माधव बन्जाडेका अनुसार जिल्लामा ३.६ देखि ३.९९ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार २६ जना मात्रै रहेको छ ।

रूपन्देहीको सियारी गाउँपालिकामा रहेको पब्लिक माविका विद्यार्थी तृष्णा अधिकारीले ३.९ जीपीए ल्याएकी छिन् । उक्त विद्यालयबाट सहभागी कुल ११४ जना विद्यार्थीहरू मध्ये ३.६ देखि ३.९ सम्म ल्याउने विद्यार्थी ४ जना, ३.२ देखि ३.६ ल्याउने २७ जना रहेको विद्यालयका प्रधानाध्यापक डिलाराम खनालले जानकारी दिए । एर्ईईको सार्वजनिक नतिजा अनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडेड हुन सफल भएका छन् ।
परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । सो परीक्षामा ५१.१४ प्रतिशत विद्यार्थी ननग्रेडेडमा परेका छन् । परीक्षामा २२१ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जानकारी दियो ।

परीक्षामा ४ लाख ६४ हजार ७५८ जना सहभागी भएका थिए । लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन गरेको छ । निर्देशिका अनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल अर्थात् ‘नन ग्रेडेड’ (एनजी) ल्याएका हुन् । सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ र, ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् । अर्थात् जम्मा १०० पूर्णाङ्कमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने हुन्छ । त्योभन्दा कम अङ्क ल्याउने ‘एनजी’ मा परेका हुन् । दुई विषयमा ‘एनजी’ ल्याएका विद्यार्थीले एक महिनापछि हुने पूरक परीक्षामा सामेल हुन पाउने बोर्डले जानकारी दिएको छ ।
बोर्डले २०७२ देखि लेटर ग्रेडिङ पद्धति अनुसार नतिजा सार्वजनिक गर्दै आएको छ । २०७८ मा निर्देशिका संशोधन गरेर ग्रडेड हुन वा माथिल्लो कक्षामा भर्ना हुनका लागि न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था गरेको छ । गत वर्षसम्म पुरानो पाठ्यक्रमकै आधारमा परीक्षा लिइएको हँुदा संशोधित निर्देशिका लागू भएको थिएन । गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा प्रवेश पत्र लिएको भए पनि परीक्षामा करिब ८ हजार विद्यार्थी परीक्षामा अनुपस्थित रहेको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?