ट्रेंडिंग:

>> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने 

‘विद्यालयबाटै शुरु गरौं लागु औषध बिरुद्धको सचेतना’

२४ जेष्ठ २०८१, बिहीबार
२४ जेष्ठ २०८१, बिहीबार

रोल्पा २३ जेठ। रोल्पा लागु औषधको अखडा वन्न लागेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन । जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पा सदरमुकाम लिवाङमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा सरोकारवालाहरूले यस्तो चिन्ता गरेका हुन । नेपाली काँग्रेस रोल्पाका सभापति किशोरकुमार आचार्यले लागु औषध नियन्त्रणलाई प्रहरीले मुख्य काम वनाउनु पर्ने विचार व्यक्त गरे । अहिले हामी सचेत भएनौ भने भोलिको पुस्ता लागु औषधका दुव्र्यसनी मात्रै हुने संभावना देखिन्छ आचार्यले भने । नेकपा माओवादी केन्द्र रोल्पा नगरपालिका अध्यक्ष फविन्द्र आचार्यले एउटा पुस्ता नै लागु औषधको दुव्र्यसनी हुने खतरा आएको वताए । भविष्यका कर्णधार भनिएको पुस्ता नै यसको चंगुलमा फसेको वताउदै लागु औषध रोकथामका लागी योजना वद्ध ढंगले आजैदेखी लाग्नु पर्छ ।

लागु औषध उत्पादन, ओसार पसार र सेवनको मात्रा वढ्दै जान थालेको नागरिकहरूको भनाई थियो । लागु औषधले एउटा पुस्ता नै विग्रिसक्यो होलिभिजन आवासिय मावि लिवाङका प्रधानाध्यापक ओम खत्रीले भने । विद्यार्थीहरूलाई यस वारे सचेतिकरण गर्न विद्यालय विद्यालयमा प्रहरी पुग्नु पर्छ खत्रीले भने । विद्यालय स्तरमा लागु औषध रोकथामको विषयमा कार्यक्रम ल्याउनु पर्छ खत्रीले भने ।

लागु औषधको लतमा फसेका वालवालिकालाई स्वयम अभिभावकले नै संरक्षण गर्ने गरेको रोल्पा नगरपालिका ४ का वडाध्यक्ष मित्रलाल गुरुङको भनाई छ । लागु औषधवाट छुटकारा दिलाउन लागी पर्नु पर्नेमा अभिभावक नै छोराछोरीको कुलत जोगाउन लागि पर्छन वडाध्यक्ष गुरुङले भने । रोल्पा लागु औषध उत्पादन र ओसार पसारको ट्रान्जिट प्वाईन्ट वन्न लागेको प्रति नागरिकहरूले चिन्ता व्यक्त गरेका छन ।
जिल्ला प्रहरी कार्यालय रोल्पाले आर्थिक वर्ष २०७७/०७८ मा त्रिवेणी गाउँपालिका वडा नं. ७ भित्रिखोला र परिवर्तन गाउँपालिका वडा नं. ६ मा १८ रोपनी क्षेत्रफलमा लगाई राखेको आफिम खेती नष्ट गरेको थियो । उसले आर्थिक वर्ष २०७८/७९ मा परिवर्तन गाउँपालिका वडा नं. ४ मा २२५ रोपनी क्षेत्रफलमा लगाएको आफिम खेती नष्ट गरको थियो । उसले सोही वर्ष थवाङ गाउँपालिका वडा नं. ४ मालागिरी,जुत्तर,नयाँगाउँ र गुराँसेमा करिव २१० रोपनी क्षेत्रफलमा लगाई राखेको उक्त अफिम खेती नष्ट गरेको थियो ।

आर्थिक वर्ष २०७८/०८० मा जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा गरिदै आएको अफिम खेती नष्ट गरेको थियो । प्रहरीले परिवर्तन गाउँपालिका वडा नंं ४ र ५ का विभिन्न वस्ती तथा जंगलको वीचमा करिव २८ रोपनी क्षेत्रफलमा लगाएको २५ हजार ५०० अफिमका वोट नष्ट गरेको हो । चालु आर्थिक वर्षमा समेत प्रहरीले आफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाको भनाई छ ।

अवैध रूपमा अफिम खेती भैरहेको सूचनाका आधारमा प्रहरीले ती क्षेत्रमा उत्पादन हुदै गरेको अफिम खेती नष्ट गर्ने गरेको छ । आफिम खेती नष्ट गर्न जिल्ला प्रहरी कार्यालय रोल्पाको प्रहरी नायव उपरिक्षक कमाण्डको प्रहरी टोली सहित संवन्धित क्षेत्रको प्रहरी यूनिटहरू परिचालित हुने गरेका छन । सीमित जनशक्ति र श्रोतसाधनको प्रयोग गरि स्थानीय जनताको सहयोगमा प्रहरीले लागु औषध नष्ट गरेपनि प्रहरीको आँखा छलेर यस्तो उत्पादन ठूलो मात्रामा हुने गरेको वताईन्छ ।

प्रहरीको पहुँच कम भएका र दुर्गम क्षेत्रहरूमा खेती विस्तार भएको पाईन्छ जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक भरत लामाले भने । वस्ती भन्दा अलि टाढा जंगलमा खेती गरेको देखिन्छ लामाले भने । खेती कसले गर्यो भन्ने पनि थाहा हुदैन । खेती गरेर ठूलो भएपनि स्थानीयहरूले सुराकी दिने गर्दछन त्यसैको आधारमा प्रहरीले खेती नष्ट गर्ने गर्दछ लामाले भने । जिल्लामा लागु औषध उत्पादन र ओसार पसारका घटना समेत वढ्न थालेसंगै प्रहरी यसको नियन्त्रणमा सचेत ढंगले अघि वढेको लामाको भनाई छ । प्रहरीले यसको शुक्ष्म अध्ययन थालको छ, आगामी आर्थिक वर्षमा अझै व्यवस्थीत ढंगले अघि वढ्ने योजनामा छौ प्रहरी नायव उपरिक्षक लामाले भने ।

प्रहरीका अनुसार लागु औषध उत्पादनमा पुरुष र ओसारपसारमा महिलाको संलग्नता देखिन्छ । कतिपयलाई आफुले उत्पादन गरेको वस्तु हिरोईन हो भन्ने थाहा नपाएको पाइयो । अरूनै प्रजातीको विउदिएको भन्दै लागुऔषधका संकलकहरूले हिरोईनको विउ दिएर उत्पादन गराएको समेत अनुसन्धानका क्रममा भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाको भनाई छ । महिलाको गरिवी र ईमान्दारीताको फाईदा उठाएर दलालहरूले महिलालाई प्रयोग गरेको देखिन्छ । छोटै समयमा धनि वन्ने लालसाले महिलाहरू यस्ता घटनामा फस्ने गरेका छन ।
पुरुषको तुलनामा महिलाहरू सिधासाधा हुने र भनेको पनि सहजै मान्ने भएकाले ओसापसार जस्तो जोखिमपूर्ण काममा महिला प्रयोग भएको देखिन्छ । लागुऔषधका यस्ता घटनामा ३० देखी ४० वर्ष उमेर समुहका महिलालाई प्रयोग गरेको जिल्ला प्रहरी कार्यालयको अभिलेखमा उल्लेख छ ।

नेपालको कानूनले उत्पादन,ओसारपसार र विक्री वितरणमा प्रतिवन्ध लगाएको लागु औषध लुकीछिपी उत्पादन र ओसारपसारमा संलग्न भएका उनीहरूलाई पक्राउगरि कानुनी कारवाही गरिएको प्रहरी दावि छ । हिरोईनको उत्पादन, ओसारपसार र विक्री वितरणलाई गम्भिर मानिन्छ । जघन्य र संगठित अपराध मानिने लागुऔषध अफिम ओसारपसारमा समूहगत संलग्नताको आवश्यकता पर्दछ । उत्पादनको काममा महिलालाई कम प्रयोग गरि ओसारपसार जस्तो जोखिमपूर्ण काममा वढी मात्रामा प्रयोग हुदा उनीहरू कानुनको फन्दामा समेत परेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?