© २०२३
रुपन्देहीमा विगत लामो समय देखि आधुनिक गीत संगितमा पहिचान बनाउदै गरेका गायक एवं संगीतकार सौगात सायर (सुनार) लाई प्रहरीले नियन्त्रणमा लिएको छ । साइबर क्राइम गरेको अभियोगमा एक महिलाले नेपाल प्रहरीमा उजुरी गरेपछि केन्द्रको निर्देशनमा ईलाका प्रहरी कार्यालय बुटवले पक्राउ गरेको हो । बुटवलबाट पक्राउ गरेर अपराध महाशाखा टेकु काठमाडौंमा बुझाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । एक युवतीले गरेको उजुरीका आधारमा अपराध महाशाखाले पक्राउ गरी उपस्थित गराउन इलाका प्रहरी कार्यालय बुटवललाई आदेश दिएकाले पक्राउ गरेर बुझाएको प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए । राष्ट्रिय जनमोर्चाको रक्तिम सांस्कृतिक अभियानबाट सांगीतिक यात्रा शुरु गरेका सौगात पछिल्लो समय पार्टीमा भन्दा आधुनिक र प्रेम सम्बन्धका गीत गाएर चर्चामा थिए । रुपन्देहीको कञ्चन गाउपालिका रुद्रपुर स्थायी घर भएका उनले न्यु लुम्बिनी कला केन्द्र नामको संगीत तथा नृत्य सिकाउने कला केन्द्र बुटवलमा सञ्चालन गर्दै आएका थिए । सुनारका ‘तिमी फुल्यौ कतै’,’नजलाऊ ब्यर्थै छाती’, ‘तिर्खा मेट्यो मूलको पानीले’ लगायत गीतहरु चर्चामा रहेका छन् ।