ट्रेंडिंग:

>> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस

लुम्बिनी एक्स्पो सुधार्न दर्शकको थुप्रै सुझाव : अन्तर्राष्ट्रिय ब्यापार मेला नाम मात्रै, बाल उद्यानले करोडौं रकम विदेशिंदै

१४ पुष २०८०, शनिबार
१४ पुष २०८०, शनिबार

बुटवल,१४ पुस । रुपन्देही ब्यापार संघको आयोजनामा बुटवलमा जारी लुम्बिनी एक्स्पोमा सुधार्नुपर्ने र आगामी संस्करणमा परिमार्जन गर्नुपर्ने थुप्रै पक्ष रहेको भन्दै अवलोकनकर्ताले थरिथरिका सुझाव दिएका छन् । पुस ५ गतेदेखि बुटवल मण्डपको अन्तारष्ट्रिय प्रदर्शनी केन्द्रमा जारी मेलालाई आयोजकले अन्तर्राष्ट्रियस्तरको भनेपनि मेला अवलोकन गरेर फर्केका अधिकांशले विगतका मेला भन्दा तात्विक फरक नभएको भन्दै अन्तर्राष्ट्रियस्तरको मेला भन्नै नमिल्ने बताएका छन् ।
मेलामा बाल उद्यान, विभिन्न थरिका पिङ र मनोरन्जनात्मक खेलहरुमा लिइने शुल्क महंगो भएको र त्यसले नेपालको करोडौं रकम विदेशिने भन्दै यस्ता बाल उद्यान कि त नेपालमै बनाउन सक्नुपर्ने या यति धेरै संख्यामा राखेर ठूलो रकम बाहिर पठाउने विषयमा सरोकारवाला निकायको ध्यान जानुपर्ने अवलोकनकर्ताको सुझाव छ ।

बाल उद्यान परिसरमा धुलाम्य र खुला ठाउंमा राखिएका खानेकुरा सहित खेलौनाका स्टलहरुले अन्तर्राष्ट्रिय मेलाको नामलाई नै गिज्याउंदै हाटबजार भन्दा फरक नदेखाएको र उपभोक्ताको स्वास्थ्यमा समेत प्रतिकूल असर गरेको दर्शकको टिप्पणी छ । बाल उद्यानमा जाने र फर्कने बाटो फरक फरक नभई एउटै हुंदा महिला पुरुष एकै ठाउंमा ठेलमठेलले अव्यवस्थित,असभ्य र भद्रगोलको अवस्था रहेको मेला अवलोकनकर्ताहरुले टिप्पणी गरेका छन् ।

रेष्टुरेन्टका स्टलहरु पनि धुलाम्य चौर नजिकै रहेकाले धुलोमैलोले खानेकुराका परिकारको स्वच्छ गुणस्तरमा र महंगो मूल्यमा प्रश्न उठाउंदै कडाईका साथ सुधार्न सुझाएका छन् । सांस्कृतिक कार्यक्रमतर्फ पनि देशभक्तिपूर्ण, राष्ट्रिय भावनाले ओतप्रोत,स्वदेशी उत्पादनमा जोड दिने,देशलाई आत्मनिर्भर बनाउन उत्प्रेरित गर्ने भन्दा चल्तीका ब्यावसायिक कलाकार ल्याएर धेरै टिकट बेच्नतिर मात्रै आयोजकको ध्यान गएको टिप्पणी छ ।
यद्यपि आर्थिक मन्दीको समयमा ब्यापार मेला आयोजना गरेर अर्थतन्त्र चलायमान बनाउन मेलाले सकारात्मक भूमिका खेलेको भन्दै कमी कमजोरीका वावजुद राम्रो मान्नुपर्ने तर्क पनि कतिपय दर्शकले गरेका छन् ।

सचेत दर्शकले मेलामा नवीन सोंच, उद्यमशीलता विकास, युवा पलायन रोक्ने विषयमा राष्ट्रिय स्तरको वहस, उत्पादन बृद्धि, रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र निर्माण जस्ता प्राथमिकता दिनुपर्ने विषय ओझेलमा परेका र केवल आयोजकलाई नाफा आर्जनमा मात्रै ध्यान गएको गुनासो गरेका छन् ।

कृषि पेभेलियनमा प्रदेशका बाह्रै जिल्लाका मुख्य बालीको प्रदर्शनी,कृषि प्रविधि, यन्त्र र औजारहरुको प्रदर्शनी,माटो परीक्षण शिविर भने राम्रो पक्ष भएको बताएका छन् । सरकारले बनाएको स्थायी संरचनामा झण्डै ६ सय स्टल सहित मेला सञ्चालन भएकाले विगत भन्दा व्यवस्थित भएको तर अनेक थरिका उत्पादन एकैथलोमा राखेर खिचडी जस्तो भएकाले आगामी दिनमा विशिष्टीकृत मेला सञ्चालन गर्नुपर्ने दर्शकको सुझाव छ । स्थायी संरचनामा मेला लगाउंदा पनि विगतमा जस्तै महंगो प्रवेश टिकट र पार्किङ शुल्क लिनु गलत भएको भन्दै निःशुल्क वा न्युन शुल्क लिनुपर्ने कतिपयको सुझाव छ ।

लुम्बिनी एक्स्पो अवलोकन गरेर फर्केका दर्शकसंग प्रत्यक्ष भेटेर लिइएको प्रतिक्रिया जस्ताको तस्तै : 

बाल उद्यानले करोडौं रकम विदेश जान्छ, यसलाई रोकौं
ऋषि आजाद,उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी कोषाध्यक्ष

अन्तर्राष्ट्रिय ब्यापार मेला भनिएपनि यो नाम मात्रैको अन्तर्राष्ट्रिय छ । मेलामा अन्तर्राष्ट्रिय स्तरका नवीन प्रविधि र उल्लेख्य संख्यामा स्टलहरु पनि छैनन् । नढांटी भन्नुपर्दा सुधारिएको वृहत हाटबजार र विदेशी वस्तु बेच्ने थलो मात्रै भयो,राष्ट्रिय उत्पादनलाई प्रवद्र्धन गर्ने खालको भएन, यो परिमार्जन हुनुपर्छ । खासगरी बाल उद्यानले आयोजकलाई ५० लाख भन्दा माथि र झण्डै एक करोड हाराहारी रकम बुझाएर ठूलो ठाउं ओगट्ने अनि त्यसलाई फेरि बेचेर नेपाली उपभोक्ताबाट ४–५ करोडको कारोबार गरेर ठूलो रकम विदेश लैजाने गरेको छ । यतिका वर्षसम्म नेपालका मेला महोत्सवमा भारतबाट बाल उद्यानका सामग्री ल्याउनुको साटो नेपालमै यसलाई उत्पादन गरेर करोडौं रकम विदेश जानबाट रोक्नेतिर आयोजकहरु, नेपालका उद्योगी व्यवसायीको ध्यान किन नगएको हो ? वा यसभित्र अरु स्वार्थ के छ ? यसबारे सचेत ढंगले सोच्नैपर्ने र वहस गर्ने बेला भएको छ । यदि नेपालमा बनाउन सकिन्न भने यति धेरै बाल उद्यान र पिङ लगायतका मनोरन्जनका साधन मेलामा राख्न हुंदैन । थोरै राख्ने र सर्वसुलभ मूल्य कायम गरिनुपर्छ । यसमा नेपाली उपभोक्ताहरु ठगिएका छन् । अर्कोतिर मेला प्रवेशका लागि पहुंचवालालाई परिचयपत्र र पास दिने,उनीहरुलाई खुशी बनाउने र पहुंच नभएका,न्युन आयस्रोत भएका सर्वसाधारणलाई मात्र महंगो टिकट बेच्ने परिपाटी छ, यसलाई रोक्नुपर्छ । यसले समाजमा एक खालको विभेद र असमानतालाई मलजल गरेको छ । सवारी साधन पार्किङ शुल्क पनि महंगो छ । यो घटाउनुपर्छ । सरकारले स्थायी संरचना बनाइसकेकाले अबका मेलामा सबैलाई निशुल्क प्रवेशको व्यवस्था गर्नुपर्छ । यस्तो मेलामा आयात प्रतिष्थापन, ब्यापार घाटा नियन्त्रण,रोजगारी सिर्जना जस्ता विषयमा विषय विज्ञसहित खुल्ला गहन छलफल र वहस गरिनुपर्छ । सांस्कृतिक कार्यक्रमलाई पनि उत्पादनमा जोड,देशभक्तिपूर्ण र राष्ट्रियताप्रति सचेत बनाउने,स्वाधीन अर्थतन्त्र,रोजगारी सिर्जनामा प्रेरित गर्ने खालको हुनुपर्छ । कलाकारको छाडा र अर्थहीन मनोरन्जनको प्रस्तुतिले युवा मष्तिस्कमा सकारात्मक भन्दा गलत छाप मात्रै छाडेको छ, यसमा पनि आयोजक रमाउनु हुन्न । मेलाको कृषि पेभिलियनले भने कृषि उत्पादन बृद्धि, बजारिकरण र कृषिमा यान्त्रिकरण गर्नुपर्छ भन्ने सन्देश दिएको छ । कृषिका स्टललाई निशुल्क उपलब्ध गराइएको छ । यो मेलाको सबैभन्दा राम्रो पक्ष छ ।

मेलाले नयाँ विजेनस आईडिया दिनुपर्छ
इन्जिनियर नवसुजित भण्डारी

लुम्बिनी एक्स्पोमा जाडोको कपडाको स्टल धेरै छन्, बुटवलको हाटबजारमा यहाँ भन्दा सस्तो हुन्छ सामान, पिङ खेल्न पनि पहिले जस्तो मेला नै कुर्न पर्दैन, बनबाटिका र फुलबारीमा मन लाग्दा खेल्न पाइन्छ । त्यसैले अब को मेलाको औचित्य के रहने पुष्टि गर्न पर्ने अवस्था छ । सांस्कृतिक कार्यक्रममा एउटा कलाकारले देशभरि दिने प्रदर्शन एउटै हुन्छ र एउटा मेला लाग्ने वित्तिकै त्यो युटयुबममा आइहाल्छ जुन गित सुन्ने हो पहिले जस्तो क्यासेटमा किन्नै पर्दैन । मेला भन्दा रमाईलो विना पैसामा शनिबार नगरपालिकाको गेट अघिबाट बजारमा छिरेर टेलिकम तिर निस्कने अनि फुलबारी गएर पिङ खेल्दा हुन्छ भन्ने अनुभव रह्यो । ब्यापार मेलाहरु अब नविन सोच, नयाँ विजेनस आईडियाको ईन्कुबेसन, नविन उत्पादन र बजारिकरणतर्फ लाग्नु पर्छ । पुरानो र परम्परागत कन्सेप्टले बुटवलको पुषमा लाग्ने मेला भन्ने प्रचारले मात्र अब टिक्दैन, चल्दैन भन्ने धेरैको ठम्याई छ ।

स्टल दिंदा गुणस्तर पहिचान गरेर दिनुपर्छ, अन्तर्राष्ट्रिय जस्तो छैन
यदुनाथ पाण्डे,सामाजिक अगुवा

लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय ब्यापार मेला जस्तो छैन । कुनै एउटा विषयमा केन्द्रीत र विशिष्टीकृत छैन । नेपालमा उद्योग व्यवसाय,कृषि उद्यम गर्न आवश्यक नयां अन्तर्राष्ट्रिय प्रविधिहरु छैनन् । रेष्टुरेन्टका स्टल र अन्य थुप्रै स्टलमा राखिएका सामानको गुणस्तरमा ढुक्क हुने विश्वसनीय आधार छैन । स्टलहरु दिंदा गुणस्तर पहिचान गरेर मात्रै दिनुपर्छ, यसरी स्टल दिंदा मेलाको गुणस्तर घट्छ र दर्शकलाई नयांपन र आकर्षण दिन सकिन्न । सांस्कृतिक कार्यक्रममा पनि नेपाली मौलिकताका प्रस्तुतिहरु ज्यादै कम भए ।

खेलकुदलाई पनि जोड्नुपर्छ
जनेश पन्थी,युवा व्यवसायी एवं नेपाल वादोरियो करांते डो संघ लुम्बिनी अध्यक्ष

यो मेला युवाहरुको विदेश पलायन रोकेर स्वदेशमै रोजगारी सिर्जना,उद्यमशिलताको विकास गर्नेतिर केन्द्रीत छैन,अन्र्ताष्ट्रिय स्तरका प्रविधिहका सटल छैनन्,केवल ब्यापारमा मात्रै केन्द्रीत छ । आयात ब्यापारले देशको ब्यापार घाटा मात्रै बढाउंछ । त्यसैले औद्योगिकरण र निर्यात ब्यापार बढाउने दिशामा केन्द्रीत हुनुपर्छ । रेष्टुरेन्टका परिकारहरुमा धुलोमैलो पुगेको छ । मेलामा विभिन्न विधाका खेलकुद प्रतियोगिताहरु पनि राख्नुपथ्र्याे त्यसमा आयोजकको ध्यान गएको छैन ।

बाल उद्यानले नेपालको करोडौं पैसा भारत पठाइरहेको छ
थर्कबहादुर बाह्रघरेमगर, नेता जनमुक्ति पार्टी

ब्यापार मेला सर्वसाधारण नागरिक र उपभोक्ताका लागि त्यस्तो कुनै नौलो र फाइदाजनक देखिएन । यो आयोजकलाई र बाल उद्यानको ठेकेदारलाई पैसा कमाउने मेसो मात्रै भयो । बाल उद्यानमा लिइने शुल्क ज्यादै महंगो छ, यसको मुल्य कसले तोक्ने हो ? यसबाट करोडौं रकम बाहिर गएको छ । सरकारी जग्गालाई आयोजकले लाखौंदेखि करोडसम्ममा बेच्न मिल्ने हो कि हैन ? स्थानीय सरकारको पनि मिलेमतो हो कि के हो ? होइन भने बाल उद्यानबाट यसरी वर्षेनी करोडौं रकम विदेश पठाउने परिपाटी रोक्नपर्छ ।

स्थायी पुर्वाधार बनेकाले एक्स्पो व्यवस्थित भयो
इशान भुसाल,तिलोत्तमा चार नम्बर

सरकारले स्थायी पुर्वाधार बनाएको हुंदा एक्स्पो व्यवस्थित भएको छ । तर स्टलहरुमा धुलो उस्तै छ । धेरै दर्शक आउंदा शौचालयहरु पर्याप्त छैनन् । दर्शकहरु स्टल र बाल उद्यान जाने र निस्कने रुट अलग अलग बनाउनुपर्छ । त्यो नहुंदा ठेलमठेल र भद्रगोल भएको छ ।

सूचना प्रविधिका स्टल भएनन्
माधव अर्याल अध्यक्ष, क्यान फेडरेसन रुपन्देही

एक्स्पोमा सूचना प्रविधिका स्टलहरुलाई प्राथमिकताका साथ समेटिएको पाइएन । अहिलेको युग सूचना प्रविधिको भएकाले यसबाट लाभ लिन आगामी एक्स्पोमा सूचना प्रविधिसंग सम्बन्धित स्टलहरु पनि पर्याप्त संख्यामा राखिनुपर्छ । यो एक्स्पोमा सूचना प्रविधिका स्टललाई समेट्न संभव नभएकाले क्यान फेडरेसनले आउंदो फागुनमा वृहत सूचना प्रविधि मेला आयोजना गर्ने तयारी गरेको छ । आर्थिक मन्दीको समयमा मेला आयोजना गरेर अर्थतन्त्र चलायमान बनाउन मेलाले सकारात्मक भूमिका खेलेको छ । यो सकारात्मक पक्ष हो ।

रुपन्देही व्यापार संघले बिगतदेखि नै कृषिको ब्यवसायीकरण तथा आधुनिकरण, स्थानिय साना तथा घरेलु ब्यवसायी तथा महिला उद्यमीलाई प्रेरित गर्ने, सूचना तथा संचार, शैक्षिक, सेवा मूलक, वैकल्पिक उर्जा, स्वदेशी उत्पादनका व्यवसायलाई महत्वपूर्ण ढंगले समावेश गर्ने प्रयास यसपटकको एक्स्पोमा पनि व्यवहारमै कार्यान्वयन गरिएको संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत कृषि, महिला उद्यमी र सामाजिक संघसंस्थाहरुलाई निशुल्क रुपमा केही स्टल उपलब्ध गराइएको, एक्स्पोबाट वचत भएको रकमको केही अंश बुटवलकै आर्थिक र सामाजिक क्षेत्रमा लगानी हुने भएकाले यसलाई सफल बनाउन सबैको साथ र रचनात्मक सुझाव अपेक्षा गरिएको अध्यक्ष घिमिरेले बताए ।

पुस १८ गतेसम्म चल्ने मेलामा ६ सय स्टल राखिएका छन् । मेलामा १० लाख दर्शक भित्राउने र ५० करोडको कारोबार गर्ने लक्ष्य रहेको मेलाले कोरोना महामारीपछि सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउन टेवा पुग्ने अपेक्षा गरिएको प्रचारप्रसार संयोजक फर्शुराम पन्थले बताए । एक्स्पो सकिन थोरै दिन मात्र बांकी रहंदा दर्शकको उपस्थिति पनि निकै उत्साहजनक रहेको  बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?