© २०२३
धन विनाको मन ठूलो कि मन विनाको धन । यो शब्दमा घुलाईएको श्वर र संगितले अहिले धेरैको मन तानेको छ । बाल कलाकार अशोक दर्जिलाई सामाजिक संजालहरुमा भाईरलको रुपमा देख्न सकिन्छ ।
सायद मन विनाको धन हुन्थ्यो भने काशिराज विक चिकित्सा क्षेत्रमा आउने नै थिएन । उनको चिकित्सक बनेर विरामीको सेवा गर्ने सोच अर्के पो हुन्थ्यो कि ?
मन अर्थात तिव्र इच्छा भयो भने धनको जस्तो शुकै कठिन परिस्थितिसंग मुकाविला गर्न सकिदो रहेछ भन्ने उदाहरण पेश गरेका छन लुम्विनी मेडिकल कलेजवाट एमविविएस उर्तिण गुल्मी साविकको नेटा –२ का कासिराम विकले ।
पिता टोप बहादुर विक र आमा मनरुपा विकको कोखवाट २०४८ वैशाख ६ गते आर्थिक अवस्था कमजोर भएको परिवारमा जन्मेका हुन काशी । खेतीपातीवाट मुस्किलले४÷५ महिना खान पुग्छ । घरको आयश्रोत केही छैन । तर उनले आट गरे जसरी पनि चिकित्सक भएर सेवा गर्ने । काशीराम जेहेन्दार विद्यार्थी हुन । सरस्वती माविमा उनि कहिलै दोश्रा भएनन ।
२०६५ सालमा उनले प्रथम श्रेणीमा एसएलसी उर्तिण गरे । विद्यालय तहमा समेत अरुको सहयोगबाट किताव कापिको खर्च जुटाउने कासिका परिवारलाई त्यस भन्दा माथीको शिक्षाको कुनै आशा थिएन । तर काशीको तिव्र इन्छा पढ्ने नै थियो । काठमाडौमा रहेका उनका गाउले दीनानाथ पौड्यालले काठमाडौ बोलाए । पौड्यालकै डेरामा बसेर छात्रवृत्तिको लागि तयारी गरे । छात्रवृत्तिमा नाम निकालन सफल भए । वानेश्वर स्थित न्यू समिट कलेजले उनको होस्टल खर्च, किताव कामी पोशाक व्यहोर्ने भयो । विज्ञान विषय लिएर दशजोड दुई उर्तिण गरे । भन्छन–म एकसरो लगाउन र पढ्न पाएपनि वृद्ध आमा वुवा र साना भाईवहिनी र घरको दयनिय आर्थिक अवस्थाले सधै चिन्तित बनाई रहन्थो ।’
छात्रवृत्तिमा नाम निकाल्दा डाक्टर वन्ने सपना दुई वर्ष पछि फेरी आर्थिक समस्याको हुरीले धेरै टाढा उडाउने प्रयास ग¥यो तर उनि हिम्मत हारेनन । इच्छालाई मर्न दिएनन । एम विविएस प्रवेश परिक्षाको लागि वृजकोर्ष पढ्नु पर्दथ्यो । उनका साथीहरु मनमा उमंग र खुसी लिएर वृजकोर्ष पढ्न जादा काशिराम खिन्न मन वनाएर घर गुल्मी फर्कन वाध्य भए आर्थिक कै कारण । वृजकोर्षको लागि पैसा जुटाउन उनले वाग्लुङ वुर्तिवाङ जनता वोर्डिङ स्कुलमा पढाउन पुगे । करिव १० महिना पढाएपछि वृजकार्षको लागि आर्थिक जोहो भयो । त्यहि लिएर उनि फेरी काठमाडौ गए । ३ महिना मेहनेत गरी पढे नेपाल सरकार शिक्षा मन्त्रालयले प्रदान गर्ने एमविविएसको छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भए । छात्रवृत्तिमा नाम त निस्कियो खुसी हुनु पर्नेमा उनको मन फेरी खिन्न भयो कारण– आर्थिक अवस्था । छात्रवृत्तिमा नाम निस्किएपछि शुल्क तिर्नु परेन । तर होस्टल, भर्ना, किताव कपि अन्य हेल्थ्य सम्वन्धी सामाग्रीको लागि पैसा चाहिने । जसले उनलाई व्यक्तिगत रुपमा सहयोग गरेका थिए । उनिहरुलाई नै अनुरोध गरे । सहयोगको हात खोज्दै उनि खेम ओमी पुन लोक कल्याणकारी प्रतिष्ठान सम्म आईपुगे । प्रतिष्ठानको सहयोग, गाउमा ऋण सापटी र व्यत्तिगत सहयोगवाट एमविविएस उर्तिण गर्न सफल भए । उनले भने– उहाहरुले सहयोग मन नभएको भए मैले यो अवसर गुमाउनु पर्दथ्यो ।’
उनलाई प्रतिष्ठानले अहिले सम्म २ लाख ३४ हजार भन्दा वढि आर्थिक सहयोग गरेको छ । प्रति महिना ९ हजारको दरले प्रतिष्ठानले सहयोग गरेको उनले बताए । प्रतिष्ठानले त्यसको अतिरिक्त पुस्तक लगायतका सामाग्रीहरु पनि उपलव्ध गराएको थियो । ‘७÷८ लाख रुपैया गाउमा ऋण नै छ । उनले भने– अव त धेरै साहस आईसकेको छ ।’
‘सहयोगको लागि उनले धेरै संघ संस्था र व्यक्तिहरुको धाए, धेरैले सहयोग गर्छु भने तर आश्वासन अनुसार पाईन, प्रतिष्ठानका संस्थापक खेम पुनसंग नभेटेको भए सायद मेरो अध्ययनमा बाधा उत्पन्न हुने थियो होला ।’ उनि भन्छन ।
नरेन्द्र श्रीस
त्यस्तै वि सं २०५१ सालमा सत्यवति गापालिका –२ गुल्मीमा जम्मीएका नरेन्द्र श्रीस युनिभर्सल मेडिकल कजेल भैरहवामा अध्ययनत छन । एसएलसी र कक्षा १२ सम्म प्रथम श्रेष्ठीमा उर्तिण गरेका उनी मेहेनेती विद्यार्थी हुन । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनि कहिलै आफ्नो सपनालाई मर्न दिएनन । सर सापटी, ऋण धन, सहयोगबाटै उनले डेण्टल सर्जरी अध्ययन गरिरहेका छन ।
सन २०१४मा नेपाल सरकार शिक्षा मन्त्रालयले उपलव्ध गराउने चिकित्सा क्षेत्रको छात्रवृत्तिमा नाम निकालेर उनि अहिले परिक्षा दिईसकेका छन । १ वर्ष इन्टर्नसिप पछि उनले सरकारले तोकेको अस्पतालमा सेवा दिनु पर्नेछ । चिन्तामणि पाण्डे, अमरसिंह सिंजापति लगायतको सहयोगमा उनि प्रतिष्ठान सम्म आएका थिए । प्रतिष्ठानले उपलव्ध गराएको छात्रवृत्तिले अध्ययनमा सपोर्ट गरेको उनले बताए ।
विपिन चौधरी
विपिन चौधरी सानै देखि निकै जेहेन्दार विद्यार्थी हुन । बुटवल उप–महानगरपालिका वडा नं २२का २५ वर्षिय चौधरी हरुवा चरुवा परिवारमा जन्मेका विद्यार्थी हुन । गिट्टी कुटेर जिविको पार्जन गर्ने परिवारलाई विपिन डाक्टर वनेको हेर्ने आशा निकै कम थियो ।
किन की परिवारले विपिनलाई एम विविएस पढाउन सक्ने आर्थिक क्षमता थिएन । २०६५ मा मोतिपुर माविवाट ८२ प्रतिशत अंक लिएर उर्तिण भएका विपिनले कुनै हिम्मत हारेनन । अक्सफोर्ट स्कुलबाट दशजोड दुई उर्तिण गरेका उनले एमविविएस अध्ययनको लागि छात्रवृत्तिमा नाम निकाल्न सफल भए ।
चिकित्सक वन्ने छोराको सपनालाई पुरा गर्न विपिनको बुवा नाथु चौधरीले निकै संघर्ष गर्नु प¥यो । गिट्टी वालुवा वोकेर उनले छोरालाई अध्ययन गराए । उनि अहिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम विविएस अध्ययरत छन । एम विविसएस अध्ययरत रहदा समेत उनको आर्थिक समस्याले छाडेन । खर्च सकिएर कयौ दिन त भोकै वस्नु परेको तितो यथार्थ उनि सामु छ । भन्छन– खर्च नभएर कति दिन त भोकै वसे ।’
जमुना श्रेष्ठ
पोखरा मणिपाल कलेजमा एमविविएस अध्ययरत जमुना श्रेष्ठको पनि आर्थिक अवस्था कमजोर नै हो । अगाडी वढ्न आर्थिक पक्षले केही पनि छेक्दो रहेनछ भन्ने कुरा उनि प्रमाणीत गरिदिएकी छन ।
मन छन भने धन जुट्दो रहेछ भन्ने दरिलो उदाहरण वनेकी छन उनि । सानु सेतु श्रेष्ठ र शुशिला श्रेष्ठको कोखवाट वि सं २०५० सालमा जन्मेएकी जमुना मेधावी विद्यार्थी हुन । सानैमा उनि वुवाको स्नेहबाट मुक्त हुनु प¥यो । चिया पसलबाट भएको आम्दानीले शुसिलाले जुम्लीहा दुई छोरीलाई चिकित्सा क्षेत्रमा प्रवेश गराएकी छन ।
धुवाकोट ५ गोरखा स्थायी घर भई बुटवल राजमार्ग चौराहमा बस्दै आएका जमुनाकी दिदि गंगा र जमुनाले कालिका माविवाट कक्षा १२ उर्तिण गरेका हुन । जुम्लीहा दुई वहिनी नै पढाईमा निकै अब्वल रहेका विद्यालयका प्रधानाध्यापक घनश्याम पाठक वताउछन । उनि भन्छन– हुने विरुवाको चिल्लो पात भन्छन उनिहरु सानै देखी निकै मेहनेती मेधावी छात्रा हुन । उनिहरुले प्रगती गरेको देख्दा विद्यालय परिवार निकै खुसी छ ।’
गंगा काठमाडौ स्थित नेपाल मेडिकल कलेजमा डेण्टल अध्ययन गर्देछिन । छात्रवृत्तिमा एम विविएस अध्ययन गर्दे आएकी जमुनालाई प्रतिष्ठानले २०७२ साल देखी नै आर्थिक सहयोग गर्दे आएको छ । मासिक ९ हजार रुपैयाका अलवा पुस्तक मेडिकल सामाग्रीहरु खरिद गरी सहयोग गरिरहेको प्रतिष्ठानका संस्थापक अध्यक्ष खेम पुनले जानकारी दिए ।
राज कुमार गुप्ता
राज कुमार गुप्ता विरगंन्ज स्थित नेश्नल मेडिकल कलेजमा अध्ययनरत छन । एम विविएस अध्ययनरत उनि आर्थिक अवस्था निकै कमजोर भएको परिवारका सदस्य हुन । उनले ट्युसन पढाएर खर्च जुटाउदै आएका थिए । एमविविएसको लागि उनले छात्रवृत्ति पाएका छन । तर अन्य खर्चको लागि प्रतिष्ठानले सहयोग गरिरहेको छ ।
प्रतिष्ठानले हाल सम्म चिकित्सा क्षेत्रमा अध्ययरत ५ जना विद्यार्थीहरुलाई मासिक रुपमा छात्रवृत्ति प्रदान गर्दे आएको छ । जेठ महिना सम्म नरेन्दलाई ३ लाख ६० हजार, बिपिनलाई २ लाख ७९ हजार ५ सय, जमुनालाई २ लाख ९८ हजार, कासिरामलाई २ लाख ३४ हजार ५ सय, राजकुमारलाई ७८ हजार रुपैया छात्रवृत्ति प्रदान गरिसकेको प्रतिष्ठानले जनाएको छ । चिकित्सा क्षेत्रका ५ विद्यार्थीलाई हाल सम्म १२ लाख ५० हजार रुपैया छात्रवृत्ति स्वरुप रकम प्रदान गरिएको छ ।
गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई पठन पाठनमा सहयोग पु¥याउने उदेश्यले छात्रवृत्ति प्रदान गरिएको खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानका संस्थापक अध्यक्ष खेम पुन बताउ“छन । भन्छन–हामीले सानो सहयोग गरेका हौ, अरु पनि गरिव तथा जेहेन्दार विद्यार्थी हुनु हुन्छ भने सहयोग गर्न सक्छौ ।’ पाल्पा कारागारमा वालशिक्षा कक्षा समेत संचालन गरेको प्रतिष्ठानले छत्रकोट गाउपालिका –४ गुल्मीका योगेश श्रेष्ठलाई कालिका मानवज्ञान माविको कक्षा ८ मा आवासिय रुपमा भर्ना गरी अध्ययनमा सहयोग गरेको छ । बुवा अपाङगता र आमाले छाडेर गएपछि हजुरबुवाको संरक्षणमा हुर्केका योगेश स्वयम पनि अपाङगता भएका व्यक्ति हुन । उनि कक्षा १ देखी ७ सम्म प्रथम स्थान हासिल गरी जेहेन्दार विद्यार्थी हुन ।
प्रतिष्ठानमा पुन परिवारले पटक पटक गरी ५० लाख रुपैयाको कोष स्थापना गरेको छ । जसबाट आउने व्याज र व्यक्तिगत रुपमा पनि विद्यार्थीहरुलाई सहयोग गरिरहेको प्रतिष्ठानका संस्थापक पुनले जानकारी दिए ।