© २०२३
चन्द्रौटा (कपिलवस्तु), १३ साउन । खुमराज घिमिरे यतिबेला उमेरले ६४ बर्षका भए । उनी स्पाईलकर्ड इन्जुरी भएका एक बिरामी पनि हुन् । जिल्लाको शिवराज नगरपालिका–५, चन्द्रौटा घर भएका उनको २०१६ कार्तिक १० गते अर्घाखाँचीमा जन्म भएको हो । अहिले खुमराज तराई झरेर करिब चार दशक बिताइसकेका छन् । वि.सं.२०३७ सालमा केही बर्ष उनले भारतीय आर्मीमा जागिरको अनुभवसमेत लिए । सानै उमेरदेखि उनी आफूलाई कहीँकतै व्यस्त राख्न रुचाउथेँ । उनको बाल्यकालदेखि करिब ६ दशक राम्रै बित्दै थियो ।
२०७६ असोज २१ गते उनी सहित घरका ५ जना परिवार यात्राका क्रममा थिए । यात्राकै क्रममा पाल्पामा अचानक सवारी दुर्घटना भयो । दुर्घटनामा खुमराज र उनकी श्रीमतीलाई गम्भिर चोट लागेको थियो भने छोरा, छोरी र ज्वाईलाई भने केहि मात्रमा चोटपटक लागेको थियो । कारमा सवार रहेका परिवार मध्ये कसैलाई होस ह्वास भने थिएन । दुर्घटनापछि उनीहरूलाई स्थानीय नागरिकसहित प्रहरीको सहायतामा पाल्पाको स्थानीय अस्पतालमा भर्ना गरिएको थिए । उपचारको क्रममा त्यहाँबाट बुटवल रिफर गरिएका थियो । बुटवलमा उपचार पश्चात् खुमराजकी छोरीलाई कुराकानी गर्ने सहज भयो ।
उनले घरमा दाजुभाईलाई फोन सम्पर्क गरेर घटनाबारे जानकारी गराएकी थिइन् । त्यतिबेला सम्म खुमराज र उनकी श्रीमतीलाई काठमाडौँका लागि रिफर गरिएको थियो । काठमाडौँको नर्वे अस्पतालमा उनीसहित श्रीमती र छोराको अपरेशन सफल भयो । शहरका नर्वे, साँगा लगायतको अस्पतालमा लगभग २ महिनाको औषधी उपचारको क्रममा करिब ८० लाख रूपैयाँ खर्च भएको थियो । अलि सञ्चो भएपछि अस्पतालबाट उनीहरू घर फर्किए । घरमा बस्दा समेत उनलाई छटपटि हुन्थ्यो ।
खुमराज समाजसँग नजिक भएर काम गर्दै आएका छन् । उनले समाजमा गरेका योगदान अतुलनीय रहेका छ । उनी विना कसैको सहारा हिँडडुल गर्न सक्ने अवस्था छैन् । हिँडडुल मात्र होइन शौच गर्न समेत अरूको सहारा लिनुपर्ने बाध्यता छ । खुमराज उनी मात्रै नभएर उनकी श्रीमति समेत स्माईलकट इन्जुरी ग्रसित रहेकी छन् । घरमा २/२ बिरामी रहिँ रहँदा कसको मन खुसी होला र ?
आफू कहिल्यै सन्चो नहुने भएपछि कसलाई पो बाँच्ने आश लाग्छ ? घरमा बस्दै गर्दा यस्तै यस्तै अनेक प्रश्नहरू उनको मनमा खेलिरहेको हुन्थ्यो । २०७८ सालमा उनलाई काठमाडांैको एक स्माईलकट इन्जुरी जस्ता घातक बिरामीहरूलाई क्षमता अभिवृद्घि तालिममा सहभागी हुने अवसर मिल्यो । मेरुदण्डीय पक्षघात समूह नेपाल, कपिलवस्तका अनुसार कपिलवस्तुमा स्माईलकट इन्जुरी पहिचान भएका मात्रै ७३ जना बिरामी रहेकोे छन् ।
को हुन् खुमराज घिमिरे ?
खुमराज घिमिरे अपांगता भएका एक व्यक्ति हुन् । उनी साहसपूर्ण जीवन जिउँदै ह्वील चियरमा हिँडदै सामाजिक क्रियाकलापमा छुट्टै पहिचान बनाएका कुशल तथा सक्रिय व्यक्तित्व हुन् । उनले स्माईलकट इन्जुरीका बिरामी तथा अपांगता भएपनि क्षमता अभिवृद्धि गर्ने, अरूलाई प्ररेण दिने प्रशिक्षकसमेत रहेका छन् । आफ्नो अवस्थाले निराश भएर मृत्युको मुखबाट फर्किएका आत्माविश्वासले उठेका एक पात्र हुन् उनी । आत्मबल बलियो गरेर बाँच्नपर्छ भनेर अहिले आश पलाएको छ उनलाई । व्यक्तिगत स्वार्थ नभई आफू बाँचेसम्म देश र समुदायका लागि कहिल्यै नमर्ने केहि योगदान गनुपर्ने सकारात्मक सोँच रहेका देशप्रेमी असल नागरिक समेत हुन् घिमिरे ।
बाँच्ने आश पलायो
जिन्दगी जिउनबाट निराश भएका उनलाई क्षमता अभिवृद्घि तालिमले जिउन सिकायो । तालिममा खुमराज जस्ता सयौँ सहभागी थिए । उनीहरूलाई भेटेपछि झनै बाँच्ने आश थपियो । मनमा उर्जा थपियो । बाँचुन्जेल समाजमा योगदान गर्नुपर्छ । अहिले उनी साहसकासाथ जीवन जिउनु पर्दछ । संगठन बिस्तार गरेर एक आर्कासँग भलाकुसारी गर्नुपर्छ उनले बुझे । एकापसमा सिक्दै सिकाउँदै समुदायमा सहयोगी भावनाले संर्घष गरेर समाजमा जीउनुपर्छ उनले सिकेका थिए ।
कसरी भयो संगठन बिस्तार
“एकले थुकि थुक, सयले थुके नदी” भन्ने उखान जस्तै जिउने कला सिके खुमराज । संगठनबारे उनले राम्री बुझेका उनी, त्यतिमात्रै नभएर सहासले आत्मबल समेत बढाए उनी । आफै नेतृत्व गरी, आफ्नो व्यक्तिगत खर्च गरी उनले २०७८ साल चैतमा स्माईलकट इन्जुरी लुम्बिनी प्रदेश समूह गठन गरे । आपाङ्गता भएको कारणले भौतिक रूपमा बस्नु पर्दा खर्चिलो साथै आवतजावतमा समस्या हुना थालेपछि प्रदेश समूह विघटन गरियो । त्यसको केही समयपछि पुनः कपिलवस्तुमा स्माईलकट इन्जुरी समूह नेपाल कपिलवस्तु नामक संस्था बिस्तार गर्न सफल भए । जसको अध्यक्ष हाल उनी आफै रहेका छन् ।
सहयोगी मन
संगठन बिस्तार भएपछि घरमा उनी जस्ता बिरामीहरूको चहलपहल हुन थाल्यो । एकपछि अर्का बिरामीहरू संगठनमा जोडिँदै गएका छन् । कहिँ कतै बैठक डाँक्नु पर्दा आर्थिक पाटो नै चाहिन्छ । यस्ता रोगको उपचार खर्चिलो हुने हुँदा कसैलाई डाइफर, कसैलाई ग्लोब्स लगायत सामग्री दिनहुँ किन्नु पर्ने हुन्छ । जसले गर्दा अधिकाशलाई आर्थिककै संकट हुन्छ त्यस्तालाई खुमराजले व्यक्तिगत दिने गरेका छन् । कहिले काहिँ त घरमा आफू जस्तै बिरामी आउँदा गाडी भाडासमेत तिरिदिने गरेका छन् । यसरी सबैको सहयोगी भएर नेतृत्व समाल्हेका उनको दिनचार्या बिताइरहेका छ ।
नेतृत्व सम्हाले पछिको प्रयास
नेतृत्व सम्हालेका उनको करिब २ बर्ष चलिरहेको छ । दुई बर्षको समयावधिमा कपिलवस्तु जिल्लाको १० वटा पालिकामा पुगी डेलिशन गरिरहेका छन् । सार्वजनिक स्थल पालिका, प्रहरी, प्रशासन, बजार, शौचालय लगायतका स्थान अपाङ्गमैत्री हुनुपर्छ भन्ने प्रस्ताव पुगेको छ । त्यतिमात्रै नभएर नीति तथा कार्यक्रममा अपाङ्गताका विषयवस्तु समावेश गरिनुपर्ने दावी समेत गरिएको छ ।
सामाजिक संघ संस्थामा बसेर गरेको योगदान
ईश्वरी नारी शिल्पकला, नेपाली सेवा समाज, होटेल तथा रेष्टुरेण्ट व्यवसायी संघ, नेपाल मजदुर युनियन, श्रमिक प्रतिष्ठान लगायत थुप्रै संघ संस्थामा बसेर आम नागरिकहरूको दुःख पीडामा परेका समस्याको आवाज उठान गर्न दर्जनौँ संगठनमा आबद्द थिए खमराज । कुनै संस्थामा संयोजक त कुनैमा निर्देशक भएरपनि उनले समाजमा नेतृत्व गरी अग्रणी भूमिका खेल्दै सामाजिक अभियन्ता भएर लामो समयसम्म योगदान पु्याएको इतिहास काय नै छ ।
उर्जा थप्न गरेका कार्य
अझै पनि उनी मेरुदण्डीय पक्षघात समूह नेपाल, कपिलवस्तु लगायत विभिन्न संगठनमा आबद्द भएर सामाजिक गतिविधिमा सक्रिय रहेका छन् । उपचार भएपछि घरमा बस्दै गर्दा खुमराजले आफूलाई बुल्ने बाटोको रूपमा कृषि फर्म सञ्चालन गरेका छन् । विगत डेढ बर्ष यता बोलइर, माछा र लोकल कखुरा पालन गरेका छन् । यतिबेला उनले तेस्रोपटक कुखुरा पालन गरेका छन् । जसमा ३ सय बोइलर र १५० लोकल कुखुरा पालन समेत गरेका छन् ।
त्यसैबाट उनी आफूलाई चाहिने खर्च व्यवस्थापन गर्दै संगठनसंगै आफू जस्तै साथीहरूलाई सहयोग समेत गरेका छन् । उनले आफू जस्ता बिरामीले हरेस नखाउन भनेर आफू संस्थाको अभिभावक भएर सामाजिक क्रियाकलाप र संगठनप्रति कटिबद्घ भएर लागेको कार्य प्रशंसायोग्य छ ।
प्राथमिकतामा राखेका योजना
आफूले भोगेको जस्तै दुःख अरूले भोग्न नपरोस भनेर सबैको भलोको निम्ति संघर्षमय जीवन बिताएका छन् । उमेर ढलेपनि लाखौं अपांगता तथा स्माइलकट इन्जुरीका बिरामीको निम्ति आवाज बुलन्द गर्दै अभिभावकत्व निर्वाह गर्दै आएको छन् खुमराज । विद्यालय, क्याम्पस, वित्तीय संघसंस्था, अस्पताल, बजार, मठमन्दिर, सार्वजनिक स्थल लगायत सरकारी तथा गैर सरकारी निकायका संरचना अपांगतामैत्री निर्माण गर्ने योजनाका साथ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन् । उनले आफ्नो जिवन नरहे पनि आगामी दिनमा अपाङ्गता भएका व्याक्तिहरुका लागि पहँुच हुने खालका वातावरण सहज गराउने योजना रहेको छ ।