ट्रेंडिंग:

>> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग

‘लम्पी स्किन’ संक्रमण फैलिएपछि अर्घाखाँचीमा पशुपालन व्यवसाय नै संकटमा

८ श्रावण २०८०, सोमबार
८ श्रावण २०८०, सोमबार

बुटवल, ८ साउन ।

‘लम्पी स्किन’ (काप्रिपक्स भाइरस) बाट अर्घाखाँचीमा छ हजार २८० गाईभैँसी सङ्क्रमित भएका छन् । यीमध्ये हालसम्म १९२ वटा गाईभैँसी मरेका छन् । जिल्लामा गत वैशाखदेखि गाईभैँसीमा ‘लम्पी स्किन’ सङ्क्रमण देखिएको थियो । यसबाट उन्नत जातका चौपाया बढी मात्रामा सङ्क्रमित भएका छन् ।

जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, अर्घाखाँचीका अनुसार सन्धिखर्क नगरपालिकामा २५० गाईभैँसी सङ्क्रमित भएकामा ४४ वटा मरेका छन् । भूमिकास्थान नगरपालिकामा एक हजार ६५ गाईभैँसी सङ्क्रमित रहेकामा २८ वटा मरेका छन् । शीतगङ्गा नगरपालिकामा छ हजार प्रभावित भएकामा ३० वटा मरेका छन् । पाणिनी गाउँपालिकामा एक हजार दुई सय सङ्क्रमितमध्ये ४९ र मालारानी गाउँपालिकामा १६५ सङ्क्रमितमध्ये ३६ गाईभैँसी मरेका छन् । छत्रदेव गाउँपालिकामा बिरामी चार सय गाईभैँसीमध्ये पाँच वटा मरेका छन् ।

सङ्क्रमण रोकथामका लागि जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपलाई तीव्रता दिएको छ । हालसम्म ७२५ डोज भ्याक्सिन लगाइएको र अन्य उपचार पनि गरिएको केन्द्रका प्रमुख एवं पशु चिकित्सक विष्णु पौडेलले जानकारी दिए । उनले भने, “खोपलाई तीव्रता दिएका छौँ । घाउमा मल्हम लगाउने, एन्टिबायोटिक दिने काम भएको छ ।” उनका अनुसार ‘लम्पी स्किन’ सङ्क्रमित चौपायालाई झिँगा लामखुट्टे, किर्नाले टोकेर अर्को गाईभैँसीलाई टोक्यो भने यो रोग सर्छ । त्यस्तै गाईभैँसीको ओसारपसार, सामुदायिक चरन क्षेत्र, प्राकृतिक वा कृत्रिम गर्भाधान र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ । सङ्क्रमित गाईभैँसीको गोठमा मानिसको ओहोरदोहारले अर्को स्थानमा भाइरस जान सक्ने सम्भावना रहन्छ तर मान्छेमा यसको कुनै असर नदेखिएको प्रमुख पौडेलले बताए ।

जिल्लामा महामारीको रूप लिएको ‘लम्पी स्किन’ नियन्त्रणबाहिर भने गइनसकेको केन्द्रको दाबी छ । तर यस रोगका कारण जिल्लामा पशुपालन व्यवसाय नै सङ्कटमा परेको कृषकहरू बताउँछन् । सन्धिखर्क नगरपालिका–१०, बेलटारीका कृषक हरिप्रसाद आचार्यले बेलैमा नियन्त्रण गर्न नसकिए व्यवसायबाटै पलायन हुनुपर्ने चिन्ता व्यक्त गरे । उनले भने, “सरकारले बेलैमा नियन्त्रणको काम गरेन, दिनको २४ लिटर दुध दिने गाई म¥यो, छ वटा बिरामी छन् । भ्याक्सिन किन्न पाइँदैन । रोग लागेर मरेकाको बिमा पनि पाइँदैन भन्ने कुरा छ। हामी त निकै समस्यामा परेका छौँ ।”

जिल्ला प्रशासन कार्यालयले पशुहरूको ओसारपसारमा विशेष सतर्कता अपनाउँदै उपचार, राहत, जनचेतना तथा बिमाको रकम भुक्तानीका लागि तीनै तहका सरकारको समन्वय र सरोकारवाला निकायबिच समन्वय गरिएको जनाएको छ । जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका विज्ञ प्राविधिक सल्लाहकार डा. हकिकल अलीले भने, “सङ्क्रमित पशुलाई एन्टिबायोटिक वा इन्जेक्सन दिइएका कारण तिनीहरूको दुध मानिसले खान हुँदैन, एन्टिबायोटिक नखुवाइएकाको दुध भने तताएर खान सकिन्छ । नयाँ सङ्क्रमण भएकाले मानिसमा यसको असरका बारेमा थप अध्ययन बाँकी नै छ ।”

‘लम्पी स्किन’ सङ्क्रमण भएपछि गाईभैँसीले कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा गिर्खा तथा फोका देखिने र ज्वरो आउने गर्छ । रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दुध उत्पादन घट्छ भने गाईभैँसीको गर्भ तुहिन्छ । केन्द्रका अनुसार ‘लम्पी स्किन’ रोगको हालसम्म ठोस उपचार पत्ता लागेको छैन । यो सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो । सन् २०१२ पछि मध्यपूर्व, दक्षिणपूर्वी युरोप, रसिया, कजाकस्तान र बङ्गलादेश हुँदै २०७७ साल असारमा नेपालको मोरङ जिल्लामा पहिलो पटक यो रोग देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?