ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

नेपालको आन्तरिक ऋण २२ खर्ब बढी, गत वर्ष मात्रै २ खर्बभन्दा बढी थप

२ श्रावण २०८०, मंगलवार
२ श्रावण २०८०, मंगलवार

काठमाडौं,२ साउन । आर्थिक वर्ष २०७९–८० मा नेपालको ऋण २ खर्बभन्दा बढी थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
यो ऋण हरेक वर्ष बढ्दै गएको छ ।
गत आर्थिक वर्ष सरकारले आन्तरिक ऋण २ खर्ब ५५ अर्ब ९९ करोड ७८ लाख रुपैयाँ उठाएको थियो । सोही वर्ष १ खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक ऋणको साँवा ब्याज पनि तिरेको छ । अघिल्लो वर्षसम्म आन्तरिक ऋण ९ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ थियो । योसँगै सरकारको आन्तरिक ऋण ११ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।

सरकारले यो पटक बाह्य ऋण करिब १ खर्ब लिएको छ । यद्यपि, विश्व बैंकअन्तर्गतका परियोजनाको प्राप्तिको अन्तिम रिपोर्ट भने आउन बाँकी छ । आन्तरिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख भूमिराम शर्माले अघिल्लो वर्ष सरकारले बाह्य ऋणको ४३ अर्ब १ करोड ६८ लाख रुपैयाँ साँवा ब्याज भुक्तानी गरेको थियो । जसमा साँवा ३४ अर्ब ६१ करोड ७९ लाख र ब्याज ८ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ रहेको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०७८–७९ सम्म नेपालको बाह्य ऋण १० खर्ब २५ अर्ब ८४ करोड रुपैयाँ थियो । जसको ४३ अर्ब साँवा ब्याज भुक्तानी गरेको हो । अब नेपालको बाह्य ऋण १० खर्ब ८२ अर्ब ८३ करोड रुपैयाँ रहेको प्रारम्भिक तथ्यांक छ ।

यो पटक नेपालको बाह्यभन्दा आन्तरिक ऋणको हिस्सा बढेको छ । नेपालमा प्राय:जसो आन्तरिकभन्दा बाह्य ऋणको ग्राफ उकालो लागे पनि यस पटक बाह्यलाई आन्तरिक ऋणले उछिनेको छ । सरकारले ऋण लिँदा कुन सस्तो पर्छ भनेर हेर्नेगर्छ । तर, यस पटक सरकारले महँगोमै भए पनि ऋण लिनुपरेको कार्यालय प्रमुख शर्माले बताए ।

२०७२ सालमा गएको भूकम्पपछिको पुनर्निर्माणमा बाह्य ऋणको ग्राफ बढेको थियो । आ।व २०७६–७७ देखि २०७८–७९ सम्ममा कोभिड १९ को महामारीको कारण आन्तरिक र बाह्य ऋण बढेको कार्यालयले जनाएको छ ।

बाह्य ऋण घट्न थालेपछि सरकारले बजेट घाटा पूर्ति गर्न हरेक वर्ष आन्तरिक ऋणको हिस्सा बढाउँदै लगेको छ । आर्थिक वर्ष २०३६–३७ बाट हरेक वर्ष सार्वजनिक ऋणमा आन्तरिकभन्दा बाह्य ऋणको भार बढी थियो । तर, यो पटक आन्तरिक ऋणकै भार बढी भएको छ ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा अर्थविद् नरबहादुर थापा आन्तरिक ऋण बढी हुँदा ब्याजदर बढ्ने, पैसा जति सबै सरकारले लगिदिएपछि निजी क्षेत्रले कर्जा नपाउने अवस्था आउन सक्ने बताउँछन् ।  समयमै काम नगर्ने प्रवृत्तिका कारण बाह्य ऋण घट्दै गएको थापाको भनाइ छ । बाह्य ऋणको तुलनामा आन्तरिक ऋणको ब्याजदरको भार सरकारलाई बढी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?