ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा
प्राविधिक शिक्षामा नयाँ भाष्यः

टहरोमा पनि चल्न सक्छ, सिटिइभिटीका आंगिक क्याम्पस

कतै भौतिक पूर्वाधार नबन्दै र कतै शिक्षालयका पूर्वाधार सरकारले नै कब्जा गरी टहरोमा पठनपाठन गराउँदा प्राविधिक शिक्षा नै मजाकको बिषय बनिरहेको छ । सिटिइभिटी रसरकारको यो लापरबाहीले प्राविधिक शिक्षा पनि टहरोमा चल्न सक्ने भन्ने भाष्य निर्माण भइरहेको छ ।
२ श्रावण २०८०, मंगलवार
२ श्रावण २०८०, मंगलवार

बुटवल, २ साउन ।   प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का आंगिक कलेज नै भौतिक पूर्वाधारबिना संचालनमा रहेको पाइएको छ । गुल्मीमा रहेको दुई वटा बहुप्राविधिक शिक्षालयहरू त्यसरी संचालनमा रहेका छन् । गुल्मीको इस्मामा जिवराज आश्रित बहुप्राधिक शिक्षालय रहेको छ भने तुराङमा तुराङ बहुप्राविधिक शिक्षालय संचालनमा छन् ।

लुम्बिनी प्रदेशमा सिटिइभिटीका १० वटा आंगिक कलेज रहेका छन् । भौतिक पूर्वाधारनबन्दै पठन पाठन शुरु गर्दा प्राविधिक शिक्षा नै मजाकको बिषय बनिरहेको छ । सिटिइभिटी रस्थानीय सरकारको यो लापरवाहीले गर्दा प्राविधिक शिक्षा पनि टहरोमा चल्न सक्छ भन्ने भाष्य दिइरहेका छन् । सिटिइभिटीको कार्यक्रम संचालन गरेको ३ बर्ष बित्दा समेत आंगिक क्याम्पसले भवन बनाउन सकिरहेका छैनन् । प्रशासन, पठनपाठन, प्रयोगात्मक कार्य रकम्प्यूटरका लागि कोठा, विद्यार्थीका लागि छात्रावास रशिक्षक, कर्मचारीका लागि आवासको व्यवस्था हुनुपर्नेमा शिक्षालय नै अरूको आश्रयमा चलिरहेको छ ।

चन्द्रकोटको तुराङ बहुप्राविधिक शिक्षालयरइस्माको आश्रित बहुप्राविधिक शिक्षालय २०७८ देखि संचालनमा छन् । प्रदेशकै अन्य जिल्लाका बहुप्राविधिक शिक्षालय व्यवस्थित हुनै गएपनि गुल्मीका बहुप्राविधिक शिक्षालयहरू लाजमर्दो गरी संचालनमा छन् । संघीय सांसद गोकर्ण विष्ट रप्रदीप ज्ञवालीको पहलमा शुरु भएको भएपनि शिक्षालय शिक्षालयको रूपमा संचालन हुन सकिरहेको छैन ।

पठनपाठन मात्रै होइन आवाससहितको व्यवस्था भएपछि मात्रै सिटिइभिटीको कार्यक्रम संचालन हुने गरेको थियो । कोरिया नेपाल बहुप्राविधिक शिक्षालयको भौतिक पूर्वाधार कोरिया सरकारले बनाइदिएको थियो भने दाङको राप्ती प्राविधिक शिक्षालय रनेपालगञ्जको भेरी प्राविधिक शिक्षालय एसियाली विकास बैंकले बनाइदिएको थियो । तरलुम्बिनी प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको सुबिधा सम्पन्न भौतिक पूर्वाधारकब्जा गरिउक्त शिक्षालय अहिले सरस्वती माध्यमिक विद्यालयकै आश्रयमा पुगेको छ ।

लुम्बिनी प्रदेशमा अर्घाखाँचीमा २ वटा पाणिनी बहुप्राविधिक शिक्षालय रएग्रो फरेष्ट्री बहुप्राविधिक शिक्षालय, गुल्मीमा २ वटा जिवराज आश्रित बहुप्राधिक शिक्षालय रतुराङ बहुप्राविधिक शिक्षालय, पाल्पामा १ वटा मदन पोखरा बहुप्राविधिक शिक्षालय, रोल्पामा १ वटा, रोल्पा बहुप्राविधिक शिक्षालय, रूपन्देहीमा १ वटा कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, दाङमा २ वटा राप्ती प्राविधिक शिक्षालय रशहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय रबाँकेमा १ वटा भेरी प्राविधिक शिक्षालय गरी १० वटा आंगिक कलेजहरू छन् ।

जिवराज आश्रित बहुप्राधिक शिक्षालयमा जियोमेटिक्स इन्जिनियरीङ रतुराङ बहुप्राविधिक शिक्षालयमा कृषि (बाली विज्ञान, पशु विज्ञान) बिषयको पठन पाठन हुन्छ । इम्मामा ३ ब्याजका विद्यार्थीहरूको पठनपाठन भइरहेको छ । पहिलोमा १८ जना, दोस्रोमा १५ जना रतेस्रोमा १५ गरी जम्मा ४५ जना विद्यार्थी छन् । तुराङमा भने २०७८ मा २४ जना र२०७९ मा १६ जना भर्ना भइ अध्ययन गरिरहेका छन् । यो वर्ष पशु विज्ञान थपिएको हो ।

तुराङ बहुप्राविधिक शिक्षालययका लागि चन्द्रकोट ७ रूपाकोटमा २७ रोपनी र८ तुराङमा ३० रोपनी गरी ५७ रोपनी जमिन निःशुल्क दिएको शिक्षालयका प्रिन्सीपल प्रदीपराज पाण्डेले बताए । तुराङको बहुप्राविधिक शिक्षालय मानका टिकाराम बहुमुखी क्याम्पसको भवनमा १० कोठामा आश्रय लिइरहेको छ । ल्याब छ नाम मात्रको छ । क्यामेष्ट्री, बोटनीलाई एक ठाउँ रफिजिक्स रजुलोजीलाई एक ठाउँ राखिएको छ । कम्प्यूटर अर्को कोठामा राखिएको छ ।

इस्मा गाउँपालिका ८, रातामाटामा रहेको कुमारी आधारभूत विद्यालयमा संचालनमा रहेको छ । ४ वटा कोठाबाट शुरु भएको बहु प्राविधिक शिक्षालयमा अहिले टहरो थप गरी ९ वटा कोठा पुगेको छ । तल्लो तला आरसीसी भवन भएपनि माथिल्लो तलामा जस्ता लगाइएको छ ।
प्राक्टिकलका लागि प्रयोगशालाको नामा फिजिक्स रकेमेष्ट्रीको लागि १ कोठा, कम्प्यूटररुमका लागि १ कोठा र१ कोठामा वर्कसप छ । धेरैजसो काम फिल्डमा हुने भएपनि भवन रप्रयोगशाला कामचलाउ मात्रैका छन् ।

तुराङको शिक्षालयमा बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा, रूपन्देही, नवलपरासी, बाग्लुङ, प्यूठान जिल्लाका समेत छन् भने इस्माको शिक्षालयमा बझाङ, डडेलधुरा, कैलाली, जाजरकोट रगुल्मीका विद्यार्थी छन् । शिक्षालयका प्रिन्सीपल कुबेरअधिकारीले फिल्डमा बढी प्राक्टिकल गर्ने गरिएको बताए । उनले जग्गा प्राप्ति इस्मा गाउँपालिकाले ४४ रोपनी प्राप्ति गरी ल्याएको रशिक्षालयले उक्त जग्गा भोगाधिकारको प्रक्रियामा रहको बताए । प्रिन्सीपल पाण्डेका अनुसार चन्द्रकोटले गतसाल २ वटा कोटा छात्रबृत्ति दिएको थियो । अहिले बढाएरचन्द्रकोटको आठ वटा कोटा पुर्याएको छ ।
त्यसैगरी सत्यवती गाउँपालिकाले ८ जना, धुर्कोट गाउँपालिकाले कृषिमा ३ रपशुमा ३ जना गरी ६ जना र गुल्मी दरबारले ३ जनालाई छात्रबृत्ति कोटामा पठाउने निर्णय गरिसकेका छन् । यसले प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि निकै ठूलो सहयोग पुग्ने पाण्डेको भनाइ छ । उनले यसबाहेक नियमित रूपमा सिटिइभिटीको ८ जनाले छात्रबृत्ति पाउने बताए ।

इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले आश्रित बहुप्राविधिक शिक्षालयका लागि करिब ४४ रोपनी जग्गा प्राप्ति गरिसकेको बताए । तरस्थानीय तहले आफ्नो जमिन अरूलाई प्रयोग गर्न दिन नमिल्ने कानूनी व्यवस्था अनुसारसंघीय मन्त्री परिषद्सँग अनुमति माग भइसकेको उनको भनाइ छ । उनका अनुसारसिटिइभिटीले आफ्नो नाममा जमिन नआउदासम्म भौतिक निर्माणको काम शुरु गर्न नमानेको हुदा पनि निर्माणको काममा ढिलाई भएको हो । पालिकाको अघिल्लो जनप्रतिनिधिहरूले शुरु गरेको प्रक्रियालाई छिटो हुने गरी आफूहरूले काम गरिरहेको अध्यक्ष खड्काले बुटवल टुडेलाई बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?