ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

एमालेका जनप्रतिनिधिहरु पार्टी कमिटीको मुल नेतृत्वमा रहन नपाउने

१ श्रावण २०८०, सोमबार
१ श्रावण २०८०, सोमबार

बुटवल, १ साउन । नेकपा एमालेमा सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुखले पार्टी कमिटीको अध्यक्ष, सचिव बन्न नपाउने भएका छन्।

एक व्यक्ति, एक प्रमुख जिम्मेवारीको मान्यता अनुरूप एमालेले दोहोरो पद कटौती गर्न लागेको हो।

हालै बसेको पार्टी सचिवालयको २३ औं बैठकले संघीय, प्रदेशका सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूले पार्टीको अध्यक्ष, सचिव चुनिन नपाउने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले बताए।

पार्टीमा दोहोरो जिम्मेवारी नदिने नीतिअनुरूप नै प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूले पार्टीको अध्यक्ष, सचिवमा उम्मेदवारी दिन नपाउने व्यवस्था गरेको पौडेलले बताए । यो नियमले कसैले पद नै नपाउने, कसैले दोहोरो जिम्मेवारी पाउने तर प्रभावकारी काम नहुने समस्या अन्त्य गर्ने उपाध्यक्ष पौडेलले बताए ।

एमालेले साउन १५ गतेसम्म सदस्यता नवीकरणको समय बढाएको छ। यसअघि असार १५ गतेभित्र नवीकरण गरिसक्न अन्तरपार्टी निर्देशन जारी भए पनि सदस्यता अद्यावधिक नभइसकेकाले साउन १५ गतेसम्म समयसीमा बढाइएको हो। गत वैशाखसम्म ४९ प्रतिशत मात्रै सदस्यता नवीकरण भएको तथ्यांक केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिएको थियो।

त्यस्तै, भदौ मसान्तसम्म प्रदेश कमिटीहरूको अधिवेशन गरिसक्ने कार्ययोजना बनाएको छ।

एमालेले २०८० साललाई अधिवेशनको वर्ष मान्दै चैत मसान्तभित्र जिल्ला र वडा तहका अधिवेशन सक्न निर्देशन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?