ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

सिकलसेलका बिरामी थपिँदै गर्दा सरकारको तयारी के ?

१ श्रावण २०८०, सोमबार
१ श्रावण २०८०, सोमबार

नवललपरासी, १ साउन ।   जिल्ला भित्रका थारु समुदायको रक्त नमुना परिक्षण गर्दा सिकलसेल तथा थालासेमिया रोग रहेका बिरामी भेटिन थालेका छन् । प्रायः थारु समुदायमा भेटिने सिकलसेल समस्या भएको हुदा थारु समुदायमा परिक्षण गर्दा सिकलसेल भएका ब्यक्तिहरू भेटिन थालेका हुन् ।

आईतवार जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको सिकलसेल एनिमिया र थालासेमिया रोग सम्बन्धि पत्रकारहरूलाई अभिमुखीकरण तथा अन्तक्र्रियामा सिकलसेल सम्बन्धि जानकारी गराइएको थियो । जिल्लाका सात पालिका मध्ये ६ वटा पालिकामा नमुना संकलन गरि परिक्षण गरिएको थियो । पाल्हीनन्दन गाउपालिकाले कम चाँसो देखाएका कारण ति पालिकामा हालसम्म नमुना परिक्षण हुन नसकेको कार्यालयले जानकारी गराएको थियो । कार्यालयका अनुसार सरावल गाउपालिकामा कुल ३ सय ७४ जनाको रक्त नमुना लिएको थियो । जस्मा सिकलसेल वाहक ८ जना, थालासेमिया २१ जना, एचबीई १ जना र ९१ जनाको अझै नतिजा आउन बाकी नै रहेको छ ।

यसैगरि सुस्ता गाउँपालिका भित्र १ सय ४७ जनाको नमुना संकलन गरिको र त्यसमा २० जनामा थालासेमिया र ३ जनामा एचबीई भेटिएको थियो । प्रतापपुर गाउपालिकामा १ सय ८३ जनाको नमुना संकलन गरि परिक्षण गर्दा २ जना सिकलसेल वाहक, ७ जना थालासेमिया र ३ जना एचबीई रहेको भेटिए । रामग्राम नगरपालिका भित्र २ सय ४७ जनाको नुमना परिक्षणमा १७ जना सिकलसेल वाहक, ८ जना थालासेमिया,१ जा एचवीइ भेटिएको र १ सय १८ जनाको नतिजा आउन बाकी रहेको छ । वर्दघाट नगरपालिका भित्र १ सय ५३ जनाको नमुना परिक्षण गर्दा ६ जना सिकलसेल बाहक,४ जना थालासेमिया भेटिको र ३० जनाको नजिता आउन बाँकी रहेको छ । सुनवल नगरपालिका भित्र ८४ जनाको नमुना परिक्षण गर्दा हालसम्म नतिजा आउन बाँकी रहेको कार्यालय प्रमुख ओम प्रकाश पंथीले जानकारी गराएका थिए ।

सिकलसेल एक किसिमको बंशानुगत रोग भएको र आमाबाबुबाट सन्तानमा मात्र सर्ने रोग हो । यो रोग जिनमा हुने खराबीका कारण शरिर भित्रको रक्त कोषिकामध्ये रातो रक्तकोषको आकार हसिया जस्तो भएकोले अमेरिकामा हसियालाई सिकल भन्ने गर्दा रातो रक्तसेल हसियाको आकारमा भएको कारण नै सिकलसेल रोग नामाकरण गरिएको हो । गोलाकार रूपमा अन्य रातो रक्त कोषिका हुने र अक्सिजन लिएर शरिर भरि रक्तनली हुदै प्रत्येक कोषलाई आवश्यक पोषण र अक्सिन पुर्याउने गर्छ । तर हँसिया जस्तो आकारको रातो रक्त कोषिकाका कारण रगत भित्रका विभिन्न धमनीहरू बिचमा ती रतmकोषिका प्रवाह हँुदा अड्किने गर्छ । जस्ले गर्दा त्यस भन्दा अगाडी आवश्यक अक्सिजन र पोषण पुग्दैन, यसले गर्दा ति अंगका कोषिकाहरू काम गर्न छाड्छन् । यसले गर्दा विभिन्न रोगका लक्षणहरू देखिन थाल्छ ।

थारु समुदायमै यो रोग देखिनुका कारण विगत बर्षमा तराईमा बसोबास गर्ने थारु समुदायले मलेरियाको प्रकोपसँग लड्दै आएको हुँदा रक्त कोषिकाको स्वरूप हसिया जस्तो हुन गएको र बंशानुगत रूपमा अहिलेसम्म पनि त्यसै प्रकारको रक्तकोषिका बन्ने गुण सर्दै आएको छ । रातो रक्त कोषिकाको आयु सामान्यतया १ सय २० दिन हुने गरेको तर सिकलसेल भएको रक्त कोषिकाको आयु १० देखी २० दिन मात्र हुने हुदा रगतमा जहिले पनि रातो रक्त कोषिका अभाव हुने गर्छ । त्यसले शरिरमा आवश्यक अक्सिजन र पोषण पुर्याउन सक्दैन र मानिस विरामी पर्ने समस्या हुन्छ ।

सिकलसेलबाट बच्ने बंश सुधारका कार्यक्रम नै दिगो समाधानको उपाय समेत प्रष्टाइएको थियो । जसमा विवाह गर्ने उमेर समुहका युवा युवतीको पहिला परिक्षण गर्ने र परिक्षण पश्चात कस्ले विवाह गर्न मिल्ने कस्ले विवाह गर्न नमिल्ने गरि डा.राजन पाण्डेद्धारा तयार गरिएको तालिका समेत देखाइएको थियो । तालिका अनुसार जुन युवा युवतीमा सिकलसेल देखिएका छैनन्,त्यो जोडीले विवाह गर्न मिल्छ,त्यसै गरि युवामा सिकलसेल नभएको तर युवतीमा सिकलसेल भएकोले विवाह गर्दा त्यसबाट जन्मने सन्तान मध्ये ५० प्रतिसतमा समान्य अवस्था हुन्छ र ५० प्रतिसत सन्तान सिकलसेल बाहकको रूपमा जन्मन्छन् ।

उनीहरूले पनि विवाह गर्न मिल्छ, त्यसैगरि विभिन्न ९ वटा विवाहका चरण तयार गरिएकोमा ५ चरणसम्मका युवायुवतीले विवाह गर्न हुने बाकी ४ चरणका युवायुवतीले विवाह गर्न नहुने भनेर उल्लेख गरिएको छ । पत्रकारहरूको जिज्ञासामा विवाह नै गर्न नहुने हो कि सन्तान नजन्माने होला भनेर प्रश्नमा सिकलसेल भएको जोडिले विवाह गरे पनि सन्तान नजन्माउने कुरा उठेको थियो । सिकलसेलबारे ब्यापक जनचेतना बढाउन आवश्यक देखिएको र त्यसमा सञ्चारकर्मी तथा सञ्चार माध्यमको आवश्यकता औल्याइएको थियो । कस्ले विवाह गर्न हुने र कस्ले विवाह गर्न नहुने कुरा कानुनी भन्दा जनचेतनाको स्तरबाट सम्झाउनु पर्ने कार्यालय प्रमुख पंथीको भनाई थियो । ‘कानुन बनाएरै सरकारले मात्र रोक्न सक्छ ।’—उनले भने । यसमा मानवअधिकार र मौलिक हकका प्रश्नहरू उठ्ने हुँदा जनचेतना मार्फत नै यि कुराको निदान गर्नुपर्ने उनको भनाई थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?