ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

लुम्बिनीमा मातृ मृत्युदर उच्च

सरकारी तथ्यांक अनुसार १० महिनामा देशमा सबैभन्दा बढि प्रति १ हजार जना सुत्केरी हुने र गर्भवती आमाहरूमा लुम्बिनी प्रदेशमा २ सय ७ जनाले ज्यान गुमाएका छन् ।
३० असार २०८०, शनिबार
३० असार २०८०, शनिबार

बुटवल, ३० असार ।   तीन तहका सरकारले मातृ मृत्युदरमा कमी ल्याउनको लागि विभिन्न कार्यक्रम लागू गरे पनि लुम्बिनी प्रदेशमा मातृ मृत्युदरमा कमी आउन सकेको छैन । देशमै सबैभन्दा बढि गर्भवती र सुत्केरी पश्चात मृत्यु हुने आमाहरूमा लुम्बिनी प्रदेश सबैभन्दा अगाडि रहेको हो ।

सरकारी तथ्यांक अनुसार १० महिनामा देशमा सबैभन्दा बढि प्रति १ हजार जना सुत्केरी हुने र गर्भवती आमाहरूमा लुम्बिनी प्रदेशमा २ सय ७ जनाले ज्यान गुमाउँदै आएका छन् । स्वास्थ्य कार्यालय रूपन्देहीका सूचना अधिकृत भेषराज शर्माका अनुसार केही समय पहिला मात्रै सार्वजनिक भएको तथ्यांक अनुसार १० महिनामा प्रति हजार गर्भवती/सुत्केरी आमामा २ सय ७ जनाको मृत्यु भएको हो ।

सरकारी तथ्यांकले नै मातृ मृत्युदर उच्च देखाएपछि लुम्बिनी प्रदेश सरकार, १ सय ९ वटा पालिकाको सरकार हाँक्नेहरूलाई नै गिज्याएको छ । सरकारले नै मातृ मृत्युदुर, मातृ शिशु मृत्युदर घटाउनको लागि आमा सुरक्षा कार्यक्रम, उप प्रमुख आमा सुरक्षा कार्यक्रम लगायतका कार्यक्रम ल्याएपनि ती कार्यक्रम प्रभावहीन देखिएका हुन । गर्भवती अवस्थामा यथेष्ठ मात्रामा स्वास्थ्य उपचार, स्वास्थ्य स्याहार नपुगेको कारण महिलाहरूको मृत्यु अकालमा नै हुने गरेको सरकारी तथ्यांक रहेको छ ।

नेपालभरमा प्रति हजार जना सुत्केरी/गर्भवती आमाहरूमा जम्मा १ सय ५१ जनाको मृत्यु भएकोमा लुम्बिनी प्रदेशमा प्रति हजारमा २ सय ७ जना आमाहरूको मृत्यु हुने गरेको हो । सबैभन्दा कम बागमती प्रदेशमा ९८ जना मातृ मत्युदर रहेको छ भने सुदूरपश्चिममा १ सय ३० जना, कर्णालीमा १ सय ७२ जना, गणडकीमा १ सय ६१ जना, मधेसमा १ सय ४० जना, कोशीमा १ सय ५७ जना आमाहरू प्रति हजार जनामा मृत्युको सिकार भैरहेका छन् ।

सरकारले मातृ मृत्युदर कमी ल्याउनको लागि विभिन्न कार्यक्रम ल्याएपनि मातृत्युदरमा कमी आउन सकेको छैन । स्वास्थ्य कार्यालय रूपन्देहीका सूचना अधिकृत भेष राज शर्मा भन्छन्–‘पहिलाको भन्दा केही सुधार भएको छ, तर समस्या विकराल अवस्था नै छ, यसमा पालिका स्तरबाट नै सुधार हुन जरुरी छ । ’ सरकारले यसको लागि सुत्केरी हुन भन्दा पहिला पेटमा गर्भावस्था भएको समयमा अनिवार्य रूपमा ४ पटक सम्म चेकजाँच गर्ने नियम ल्याएपनि त्यसको समेत पूर्ण पालन हुन सकेको छैन ।

सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार सुत्केरी भएपछि कम्तीमा पनि ३ पटक आमा र बच्चाको स्वाथ्य परिक्षण गर्नुपर्ने हुन्छ । तर यसको पूर्णरूपमा पालन गर्ने सुत्केरी आमाहरू जम्मा ७९ प्रतिशत मात्रै रहेका छन् । अन्य २१ प्रतिशत आमाहरू सुत्केरी पश्चात अस्पतालमा स्वाथ्य परिक्षणका लागि जाने गरेको पाइएको छैन ।

सुत्केरी भएको ४२ सम्ममा अनिवार्य रूपमा ३ पटक सुत्केरी महिला र बच्चाको स्वास्थ्य परिक्षण गराउनुपर्ने हुन्छ । बरिष्ठ स्त्रीरोग विशेषज्ञ सहित रूपाखेतीका अनुसार महिलाको मृत्यु गर्भपती अवस्थामा, सुत्केरी हुने अवस्था र सुत्केरीपछि ४२ दिन भित्रमा हुने गरेको पाइने बताउँछन् । उनले गर्भावस्थालाई सामान्य रूपमा लिएर, नियमित रूपमा औषधी सेवन देखि लिएर, चेकजाँच नगर्ने परिपाटीको कारण महिलाको मृत्यु हुने गरेको हो ।

गर्भवती समेत बढ्दोः
लुम्बिनी प्रदेशमा ३ बर्षमा गर्भपतन गराउने महिलाहरूको संख्या समेत बढ्दै गएको छ । जिल्लामा सरकारी क्षेत्रमा सुरक्षित गर्भतन गराउने संस्था जम्मा २९ वटा रहेका छन् । तर अवैधरूपमा गर्भपतन गराउनेको संख्या समेत बढीरहेको छ ।
सरकारी तथ्यांक अनुसार आर्थिक बर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेशमा कुल १७ हजार ४ सय ९७ जनाले गर्भपतन गराएका थिए । यस्तै ७८/७९ मा कुल १८ हजार ४ सय १५ जनाले र चालु आर्थिक आर्थिक बर्ष २०७९/८० को १० महिनामा कुल १४ हजार ३ सय २० जनाले गर्भपतन गराएका पाइएको छ ।
ओएनएमएस सर्वेक्षण अनुसार गत आर्थिक बर्ष २०७९/८० का कुल गर्भपत गराएका महिला मध्ये २० प्रतिशत लुम्बिनी प्रदेशका मात्रै रहेका छन् । यसबाट के थाहा हुन्छ भने लुम्बिनी प्रदेशमा गर्भपत गराउने महिला÷किशोरीहरूको संख्या समेत बढि छ ।
प्रदेशमा कुल गर्भपतन गराउने महिलाहरू मध्येमा ६ प्रतिशत भन्दा बढि २० बर्ष भन्दा कम उमेरका रहेका छन् । अघिल्लो आर्थिक बर्षमा २५ प्रतिशत रहेका थिए ।
रूपन्देही जिल्लामा सबैभन्दा बढि सुरक्षित गर्भपतन गराउने मा महिलाहरू बुटवल उपमहानगरपालिकाका रहेका छन् । २०७९/८० मा जिल्लाभरमा कुल ३ हजार २ सय ९९ जनाले गर्भपतन गराएकोमा बुटवल उपमहानगरपालिकामा कुल १४ सय १४ जना रहेका छन् । यसपछि सिद्धार्थनगरमा १ हजार १७ जना रहेका हुन । अन्य पालिकामा गर्भपतन अनुपातमा निकै कम रहेको छ ।
गत ३ बर्षमा ३ हजार ५ सय ५३ जना, अघिल्लो बर्ष ४ हजार ९ सय ३ जना र यो बर्ष ३ हजार २ सय ९९ जनाले सुरक्षित गर्भपतन गराएका हुन ।

२० बर्षमुनिका समेत बढ्दै
आर्थिक बर्ष २०७७/७८ मा कुल १ सय ९९ जना २० बर्ष भन्दा मुनीका गर्भपतन गराएको सरकारी तथ्यांक छ भने आर्थिक बर्ष २०७८/७९ मा कुल ५ सय ३६ जना २० बर्ष भन्दा मुनीकाले सुरक्षित गर्भपत गराएका छन् । २०७९/८० को तथ्यांमा १ सय २९ जना २० बर्ष नपुगेका किशोरीहरूले सर्भपतन गराएका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?