ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने
लुम्बिनी आयुर्वेद चिकित्सालयः

भारतबाट पनि आउन थाले बिरामी

२८ असार २०८०, बिहीबार
२८ असार २०८०, बिहीबार

बुटवल, २८ असार ।  भारतको गोरखपुरका स्थायी बासन्दा ३५ बर्षिय विनय कुमार यादव बुटवल देवीनगरमा रहेको लुम्बिनी आयुर्बेद चिकित्सालयमा भेटिए खुट्टामा सिल्का हान्ने, पोल्ने, झमझम गर्ने रोग बाट पीडित भएका उनी एक साता पहिला बुटवल आएका थिए ।

सरकारी चिकित्सालय बारेमा साथीले भनेको सुनेका उनी सरासर देवीनगर चौपारी नजिकै रहेको प्रदेश सरकार मातहतमा रहेको लुम्बिनी प्रदेश आयुर्वेदिक चिकित्सालयमा गएर उपचार गराए । ७ दिनको बसाइँपछि उपचार पछि निको भएर घर जाँदै गरेका यादवले भने–‘ धेरै खुसी लागेको छ, उपचार पछि निको भएको छ ।’

भारतबाट उपचारका लागि आएका यी एक प्रतिनिधि उदहारण मात्रै हुन । पछिल्लो समयमा आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै जाँदा उपचार गराउन आउनेहरूको संख्या समेत बढ्दै गएको छ ।

रूपन्देहीको ओमसतियामा त्रिलोचन प्रसाद यादव पनि प्यालाईसी समस्याको कारण अन्य अस्पतालमा उपचार निको नभएर आयुर्वेदिक चिकित्सालयमा आएको बताउँछन् । ५९ बर्षिय यादव जस्तैले समस्या समाधान भएको बताउँछन् । बुटबल १३ माझगाउँकि हरिकला खाम्चा ले हड्डी खिईएर समस्या आएकोमा आयुर्वेदिक पद्धतीको उपचार बाट निको भएको समेत बताईन ।

लुम्बिनी प्रदेशमा आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै गएको पाइएको छ । पछिल्लो समयमा सरकारी आयुर्वेद चिकित्साप्रति सर्वसाधारणहरूको आकर्षण बढ्दै गएको हो । बुटवलमा रहेको प्रदेश सरकार अन्तर्गत रहेको लुम्बिनी आयुर्वेद चिकित्सालयमा उपचार गराउने बिरामीहरूको संख्या बढ्दै गएको छ । आर्थिक बर्ष २०७८/०७९ को तुलनामा आर्थिक बर्ष २०७९/८० अघिल्लो आर्थिक बर्ष उपचार गराउने विरामीहरूको संख्या बढ्दै गएको हो ।

लुम्बिनी आयुर्वेद्ध चिकित्सालय बुटवलका प्रमुख डा. प्रवेश श्रीवास्तवका अनुसार उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको हो । अघिल्लो आर्थिक बर्ष २०७८÷०७९ २६ हजार बिरामीले उपचार गरेका थिए । जसमा महिला १५३३५ र १०६८४ पुरुष रहेका थिए ।चालु आर्थिक बर्षको अन्तीम समय सम्मा कुल ४१ हजार विरामीले उपचार गरेका छन् । जसमा महिला १८७९५ र पुरुष १३३९५ जना रहेको प्रमुख डा. श्रीवास्तवले जानकारी दिए ।

उनका अनुसार बुटवल देवीनगरमा रहेको लुम्बिनी प्रदेश आयुर्वद्धिक चिकित्सालयमा ओपीडी सेवा, पंञ्चकर्म सेवा बिस्तार गरिएको छ । भने नागरिक आरोग्य केन्द्र, जेष्ठ नागरिक घरदैले सेवा, योग सेवा, सहित बुटबलका ५ ठाउँमा हप्तामा आरोग्य केन्द्रबाट समुदायमा गएर सेवा दिने व्यवस्था गरिएको छ । २ दिन ओपीडी र १ दिन पंञ्चकर्म सेवा – यो सेवा दिनको लागी कबिराजको नेतृत्वमा काम काम भैरहेको जनाइएको छ ।
दरबन्दी स्थायी दरबन्दी जम्मा ६ जना रहेको लुम्बिनी आर्युद्ध चिकित्सालय बुटवलमा अहिले करारबाट र स्थायी गरि १७ जना जनशक्ती व्यवस्थापन गरिएको छ । लुम्बिनी आर्युद्ध चिकित्सालय बुटवलका कविराज निरिक्षक नरहरी अर्यालयका अनुसार पछिल्लो समयमा बिरामी बढनुको कारणमा यसै बर्षबाट १५ बेडको अस्पताल संञ्चालन हुनुको साथै शालक्या सेवा नाककान घाटी सेवा बिस्तार गरिएको छ । यस्तै अन्तरग सेवा सुरु भएको कारणले गर्दा विरामीहरूले आर्युबेद्ध रोज्ने गरेका छन् ।

बिरामीहरूको चाप बढ्दै गएपनि ओएनएस को अभाव रहेको छ भने क्षार सुत्र सेवा दिन बिषेशज्ञ चिकिस्कको अभाब चिकित्सालयले भोग्दै आएको छ । यसको अलवामा वि.स. २०३५ मा सृजना भएको दरबन्दी हाल सम्म पनि थपीएको छैन । चिकित्सालयमा जिर्ण रोग, गडीया, बाध, ग्याट्रिक, ढाड कम्बर दुख्ने, छालाका रोगी, बच्चाको रुघाखोकी देखि लिएर प्यारलाइसिी, पाकिङ्गस लगायतका विरामीहरू बढि मात्रामा आउने गरेका छन् ।

अहिले उक्त चिकित्सालयमा प्रयोगशालमा सकारी नियम अनुसारको न्युन शुल्क रहेको छ भने पंञ्चकर्ममा सामान्य शुल्क रहेको छ । ओपीडीमा १० प्रतिशत छुट रहेको छ । जेष्ठ नागरिकलाई सबै शुल्क निशुल्क उपचार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?