© २०२३
बुटवल,२१ असार । भी एक्स एल माइग्रेसन एण्ड एजुकेसन कन्सल्ट्यान्टस्को नेपालको चौथो शाखा बुटवलमा सञ्चालनमा आएको छ । बुटवल मिलनचोकमा सञ्चालनमा आएको शाखाको कन्सल्ट्यान्टस्का ग्लोबल डाइरेक्टर नवीन पन्तले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै उनले रुपन्देही र आसपासबाट उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया,क्यानाडा,युके, आयरल्याण्ड र फिलिपिन्स जान चाहने विद्यार्थीहरुको मागका आधारमा उनीहरुलाई सही ढंगले परामर्श दिने उद्देश्यले बुटवलमा शाखा विस्तार गरेको बताए ।
भीएक्सएलले सर्टिफिकेट मात्रै भन्दा सीप समेत सिकेर अध्ययनका लागि विदेश जांदा सजिलो हुने भन्ने कुरालाई विशेष प्राथमिकताका साथ परामर्श दिने बताए । भीएक्सएलले यसअघि काठमाडौं, चितवन र बिराटनगरमा शाखा सञ्चालनमा ल्याइसकेको पन्तले बताए ।
भीएक्सएलका बुटवल प्रमुख विष्णुप्रसाद यादवले शाखा शुभारम्भका अवसरमा विभिन्न शुल्कमा ५० प्रतिशतसम्म छुट गरिएको बताए । आफ्नो संस्थाले उच्च शिक्षा अध्ययन र केही वर्ष विदेशमै रहेर कमाउनु जायज भएपनि दीर्घकालीनरुपमा विदेशमै रहनु देशको लागि राम्रो होइन त्यसकारण निश्चित समयपछि स्वदेशमै फर्किनुपर्छ भन्ने मान्यता अनुसार परामर्श दिने यादवले बताए ।
भीएक्सएलको अष्ट्रेलिया,फिलिपिन्समा पनि शाखा कार्यालय रहेको संस्थाका नेपाल डाइरेक्टर राजेन्द्र लेखकले बताए ।