ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

उत्कृष्ट दश विद्यालयभित्र पर्ने मदरसा विद्यार्थीको मुठ्ठीदानबाट सञ्चालन

१८ असार २०८०, सोमबार
१८ असार २०८०, सोमबार

पाल्पा, १८ असार ।   मुठ्ठीदान तथा चन्दादाताबाट खर्च जुटाएर धेरै विद्यालय सञ्चालन गरिएका छन् । पाल्पा रामपुर नगरपालिका–४ स्थित इस्लामपुरमा रहेको मदरसा नुरुल हुदा आधारभूत विद्यालय एक नमुना धार्मिक विद्यालयका रुपमा चिनिएको छ । मुस्लिम समुदायका बालबालिकालाई शिक्षा दिन चन्दा उठाएर, विद्यार्थीबाट मुठ्ठीदान सङ्कलन (जकात फण्ट) गरी उक्त विद्यालय सञ्चालन भइरहेको छ ।
यस विद्यालय रामपुरको दश उत्कृष्ट विद्यालयभित्र पर्दछ । हरेक हप्ताको बिहीबार विद्यार्थीले घरमा उत्पादन भएका विभिन्न अनाज विद्यालयमा लैजाने गर्दछन् । “हरेक बिहीबार विद्यार्थीले घरमा उत्पादन भएका अनाज लिएर आउँछन् । बिहीबार विद्यालय आउँदा अनिवार्य केही न केही घरबाट लिएर आउनुपर्ने हुन्छ”, विद्यालयका सहायक प्रधानाध्यापक मोहम्मद सलिमले भने।

विद्यार्थीले आफूले सकेको अनाज लिएर आउने र उक्त अनाज सङ्कलन गरेर विद्यालयको छात्रावासमा बसोबास गर्ने विद्यार्थीका लागि खाद्यान्नका रुपमा प्रयोग गरिने उनले जानकारी दिए। सलिमका अनुसार विद्यार्थीले गरेको मुठ्ठीदानबाट छात्रावासमा बसोबास गर्ने विद्यार्थीलाई खाद्यान्न व्यवस्थापनमा सघाउ पुगेको छ। “विद्यालयले मुठ्ठीदान ल्याउन अनिवार्य गरेको छैन । दैनिक विद्यालय अध्ययन गर्न आउने विद्यार्थीले स्वेच्छाले घरबाट अनाज मुठ्ठीदानका रुपमा ल्याउने गरेका छन्”, उनले भने।

विद्यार्थीले ल्याएको मुठ्ठीदानबाट सङ्कलित अनाजले छात्रावासमा बसोबास गर्ने विद्यार्थीका लागि करिब चारदेखि छ महिनासम्म खाद्यान्न व्यवस्थापन हुने विद्यालयले जनाएको छ। यस धार्मिक विद्यालयमा मुस्लिम समुदायका बालबालिकाले मात्रै अध्ययन गर्दछन् । यहाँ पठनपाठन गर्न देशका विभिन्न जिल्लाका विद्यार्थी आउने गरेका छन् । हाल विद्यालयमा छात्र ८१, छात्रा एक सय ३२ गरी जम्मा दुइ सय १३ विद्यार्थी अध्ययनरत छन् ।

जिल्ला बाहिरका ८२ र स्थानीय एक सय ३१ विद्यार्थी शैक्षिक सत्रमा भर्ना भई अध्ययनरत रहेको विद्यालयले जनाएको छ । छात्रावासमा जिल्ला बाहिरबाट आएका ८२ विद्यार्थी रहेका विद्यालयका लेखापाल महम्मद अलिले बताए।

उनका अनुसार यहाँ नेपालगञ्ज, रुपन्देही, वीरगञ्ज, सुनसरी, भैरहवा, कैलाली, नवलपुर, तनहुँलगायत जिल्लाका विद्यार्थी छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् । नेपाली भाषा प्रष्ट पढ्न पाइने, धार्मिक पढाइ हुने, नेपाल सरकारका सबै विषय पठनपाठन हुने भएकाले बाहिरबाट यहाँ पढ्न आउनेको आकर्षण बढेको अलिको भनाइ छ।

विद्यालयको प्रयाप्त आयस्रोत केही नभए पनि मुठ्ठीदान र चन्दाकै भरमा गुणस्तरिय शिक्षा प्रदान भइरहेकाले बाहिरी जिल्लाका धेरै विद्यार्थी पढ्न सम्पर्कमा आउने गरेको उनले जानकारी दिए। उनका अनुसार सरकारले अनिवार्य गरेका सबै विषयसहित उर्दु, अरेबिक, दिनियाँत (नैतिक शिक्षा), कुरान, कम्प्युटर विषय समेत पठनपाठन हुने गरेको छ ।

अन्य विद्यालयमा शनिबार बिदा हुने गरेकामा यहाँ शुक्रबार हप्तामा एक दिन बिदा दिने गरिएको विद्यालयले जनाएको छ । विसं २०५५ मा तत्कालीन जिल्ला शिक्षा कार्यालय पाल्पाबाट स्वीकृति लिएर कक्षा १ देखि ५ सम्म सञ्चालन गरिएको थियो । विसं २०६० मा छिमेकी सीताराम माध्यमिक विद्यालयसँग समन्वय गरेर कक्षा ७ सम्म सञ्चालन गरिएको थियो ।
विसं २०६८ मा कक्षा ६ देखि ८ सम्म विद्यालयले अनुमति लिएर आफ्नै भवनबाट कक्षा सुरु गरेको हो । कक्षा ९ देखि १० सम्म पठनपाठनका लागि प्रक्रिया पूरा भइसकेको हुँदा अनुमति पाएलगत्तै छिट्टै सञ्चालनको तयारी भइरहेको विद्यालयका सहायक प्रधानाध्यापक मोहम्मद सलिमले जानकारी दिए । उनका अनुसार यहाँ साँढे दुई वर्ष उमेरदेखिका बालबालिका पढिरहेका छन् ।रामपुरमा मदरसा स्थापना नहुँदा यस क्षेत्रका मुस्लिम समुदायका विद्यार्थी विराटनगर, भारतको आजमघट, बिहारमा गएर पढ्नुपर्ने अवस्था थियो । यस क्षेत्रमा मदरसा खुलेपछि रामपुरका मात्र नभइ छिमेकी जिल्ला तनहुँ, स्याङ्जा, नवलपुर क्षेत्रका मुस्लिम समुदायका विद्यार्थीलाई पठनपाठनमा धेरै सजिलो भएको छ। विद्यालयको नाममा पाँच रोपनी जग्गा छ । हाल साँढे दुई रोपनी जग्गामा विद्यालय सञ्चालन भइरहेको छ ।  (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?