ट्रेंडिंग:

>> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
प्रथम त्रिवेणी महिला सम्मेलन

‘समानुपातिक सहभागिता सुनिश्चितता गर’

 दिगो विकास लक्ष्य नं. ५ मा उल्लेखित लैंगिक समानता तथा महिला सशक्तिकरण विषयलाई स्थानीयकरण गरी कार्यान्वयन गर्न माग गरिएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव नं. १३२५ र प्रस्ताव नं. १८२० लाई स्थानीय कार्यायोजना बनाई लागु गर्न अपिल गरिएको छ । 
१७ असार २०८०, आईतवार
१७ असार २०८०, आईतवार
असार १६ रोल्पा   महिलाहरुको सचेतना, आयआर्जन र सीप तथा क्षमता विकासका माध्यमवाट वैयक्तिक विकास, आर्थिक सशक्तिकरण तथा सामाजिक समावेशीकरण प्रवद्र्धन गर्न ध्यानाकर्षण गरिएको छ । रोल्पाको त्रिवेणी गाउँपालिकामा उम्दा महिलाहरुको गाउँपालिका स्तरीय प्रथम सम्मेलनले यस्तो ध्यानाकर्षण गराएको  हो । सम्मेलन २३ वुदे जुगार घोषणा पत्र जारी गर्दै सकिएको छ ।
गाउँपालिका भित्रका २१० जना महिला, जनप्रतिनिधि र अन्य सरोकारवालहरु सहभागि रहेको उक्त सम्मेलनले नेपालको संविधानमा महिला अधिकार सुनिश्चित गर्ने गरी व्यवस्था गरिएको मौलिक हक र महिलाका पक्षमा बनेका राष्ट्रिय कानुनहरुको प्रभावकारी कार्यान्वयन गरी विद्यमान लैंगिक तथा सामाजिक विभेदको अन्त्य गर्न स्थानीय सरकारसँग अपिल गरेको छ । राष्ट्रिय लैंगिक समानता नीति, २०७७ अनुरुप स्थानीय नीति तथा कानुन तर्जुमा गरी स्थानीय तहका सबै संरचनाहरुमा महिलाको समानुपातिक सहभागिता सुनिश्चित गर्न स्थानीय सरकारसँग अपिल गरेको छ ।
घोषणा पत्रमा लैंगिक तथा सामाजिक विभेद र अमानवीय व्यवहार विरुद्ध बनेका राष्ट्रिय कानुन तथा नीतिहरु र अन्तर्राष्ट्रिय कानुन तथा प्रतिवद्धताहरुको स्थानीयकरण गरी प्रभावकारी कार्यान्वयन गर्न, गराउन माग गरेको छ । बेइजिङ घोषणा तथा कार्ययोजना, १९९५ बाट महिलाका पक्षमा घोषणा गरिएका १२ ओटा सरोकारका विषयमा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी लगायत समुदाय तहमा जनचेतना वृद्धि गर्दै स्थानीय योजनामा समावेश गरी कार्यान्वयन गर्न माग गरेको छ ।
    दिगो विकास लक्ष्य नं. ५ मा उल्लेखित लैंगिक समानता तथा महिला सशक्तिकरण विषयलाई स्थानीयकरण गरी कार्यान्वयन गर्न माग गरिएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव नं. १३२५ र प्रस्ताव नं. १८२० लाई स्थानीयकरण गरी कार्यान्वयन गर्न स्थानीय कार्यायोजना बनाई लागु गर्न घोषणा पत्र मार्फत अपिल गरिएको छ ।
    घोषणा पत्रमा खण्डिकृत तथ्यांक सहितको लैंगिक तथा सामाजिक समावेशी सूचना व्यवस्थापन प्रणालीको विकास गरी स्थानीय सरकारबाट जारी हुने सबै प्रकारका सूचनामा सबै प्रकारका जातजाति, लिङ्ग, क्षेत्र र वर्ग समुदायको सहज पहुँचको सुनिश्चितता गर्न जोडदार माग गर्दछौं भनिएको छ । स्थानीय सरकारबाट नियमित रुपमा लैंगिक उत्तरदायी बजेट तर्जुमा गरी कार्यान्वयन गर्न, गराउन र स्थानीय सरकारको नियमित रुपम लैंगिक समानता तथा सामाजिक समावेशी बजेट परीक्षण गराउन माग गरिएको छ ।
     घोषणा पत्रमा  बालमैत्री स्थानीय शासन घोषणाका लागि तयार गरिएको रणनीतिक योजना पूर्ण रुपमा कार्यान्वयन गरी सबै सूचकहरु पूरा गर्न, गराउन विशेष अभियान सञ्चालन गर्न माग गरिएको छ । बाल बिबाहमुक्त त्रिवेणी गाउँपालिका घोषणा गरी लागु गर्न, गराउन बाल बिबाह तथा छिटो बिबाह विरुद्ध स्थानीय रणनीतिक योजनाका आधारमा जनचेतनामूलक अभियान प्रभावकारी बनाउन माग गर्दछौ घोषणा पत्रमा भनिएको छ ।
     यसैगरि लैंगिक हिंसा विरुद्ध शुन्य सहनशिलता नीति अनुरुप लैंगिक हिंसामुक्त त्रिवेणी गाउँपालिका घोषणाका लागि लैंगिक हिंसा विरुद्ध स्थानीय रणनीतिक योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्न, गराउन जोडदार माग गरिएको छ ।  महिला पुरुष सम–विकास र सामाजिक समावेशीकरण कायम गर्न गाउँपालिकाद्वारा तर्जुमा गरिएको लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति तथा रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयन गर्न, गराउन माग गरिएको छ । गाउँपालिकाका गृहणी लगायत सबै प्रकारका महिलाहरुको आर्थिक सशक्तिकरणका लागि उद्यमशिलता विकास, सीप विकास र स्वरोजगारका योजना तथा कार्यक्रम कार्यान्वयन गरी आत्म निर्भर र स्वावलम्बी बनाउँदै सशक्तिकरणको न्यूनतम स्तर हाँसिल गर्न, गराउन घोषणा पत्र मार्फत स्थानीय सरकार लगायत सम्बन्धित संघसंस्था समक्ष माग गरिएको छ ।
गाउँपालिकाका सबै प्रकारका महिला लगायत वञ्चितीमा परेका वर्ग समुदायको सामाजिक तथा राजनैतिक सशक्तिकरण मार्फत निर्णायक तहमा पहिचान सहितको समानुपातिक प्रतिनिधित्व बढाउन नेतृत्व, सीप तथा क्षमता विकासका कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न, गराउन माग गरिएको छ ।  समान कामको समान ज्याला कायम गर्न र घरेलु श्रमको सम्मान तथा मूल्याङ्कन गर्न स्थनीय नीति बनाई लागु गर्न, गराउन अपिल गरिएको छ ।
     घोषणा पत्रमा प्रजनन् स्वास्थ्य सेवामा महिलाहरुको पहुँच सुनिश्चित गर्न र प्रजनन् अधिकारको आधारभूत जानकारी गराई पारिवारिक संवेदनशिलता वृद्धि गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।  परिवार, समुदाय तथा सेवा प्रदायक निकायमा आवद्ध सबै व्यक्तिहरुलाई लैंगिकमैत्री व्यवहार गर्न र बोलिचालीको भाषामा लैंगिक संवेदनशिल शब्दहरुको प्रयोग गर्न आग्रह गरिएको छ । छोरा नै चाहिन्छ भन्ने मान्यता राख्ने परिवारलाई छोरीको समान अधिकारप्रति संवेदनशिल रहन र छोरीको अधिकारका लागि वकालत गर्ने हरेक परिवार तथा समाजलाई बुहारी पनि यसै समाजका सदस्य हुन् भन्ने महशुस गराउँदै उनले प्राप्त गर्ने महिला अधिकार बराबरी हो भन्ने कुरामा गम्भिर ध्यानाकर्षण गराउछौ घोषणा पत्रमा भनिएको छ ।
     त्रिवेणी गाउँपालिकामा जन्मने सबै छोरीहरुलाई गुणस्तरीय तथा व्यावसायिक शिक्षामा जोड दिन सम्बन्धित सबै परिवार समक्ष हार्दिक अपिल गरिएको छ । विशेष गरी किशोरी तथा युवा महिलाहरुलाई आत्म सुरक्षा, नेतृत्व सीप तथा क्षमता विकास र सामाजिक सद्भाव वृद्धिका लागि जीवन उपयोगी सीप र मनोसामाजिक विमर्श सेवा सम्बन्धी कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न माग गरिएको छ ।  आफूले अरु कसैलाई पनि कुनै प्रकारको हिंसा नगर्ने, हिंसा सहेर नबस्ने, हिंसाको तत्काल प्रतिकार गर्ने र हिंसा विरुद्धका अभियानमा सहभागिहरुले सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन ।
      नव प्रवर्तन साझेदारी कोष अन्तरगत लुम्विनी प्रदेश सरकारको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम र त्रिवेणी गाउँपालिका रोल्पाको साझेदारीमा उक्त महिला सम्मेलन आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष लेखमणी डाँगीले जानकारी दिए । सम्मेलनले गीता कुमारी नेपालीको अध्यक्षतामा १५ सदस्यीय त्रिवेणी उम्दा महिला मंच समेत गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?