ट्रेंडिंग:

>> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

कपिलवस्तु नगर पुर्ण साक्षर घोषणा

१२ असार २०८०, मंगलवार
१२ असार २०८०, मंगलवार

कपिलवस्तु, १३ असार    कपिलवस्तु नगरपालिकालाई पुर्ण साक्षर नगर घोषणा गरिएको छ । यसअघि नगरका १२ वटै वडा साक्षर घोषणा भए पनि हालसम्म नगरलाई पुर्ण साक्षर घोषणा गरिएको थिएन । लुम्बिनी प्रदेशसभाका सदस्य सुधाकर पाण्डेयले साक्षर घोषणाको ब्यानर पढेर नगरलाई पुर्ण साक्षर घोषणा गरे । कपिलवस्तु नगरपालिका घोषणा सगै लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न बाधक बनेको कपिलवस्तु जिल्लामा साक्षर घोषणा अभियानले तिव्रता पाएको छ । १५ बर्ष देखी ६० बर्ष उमेर समुहका ९५ प्रतिशत बढि नागरिक साक्षर भए पछि नगरलाई पुर्ण साक्षर घोषणा गरिएको घोषणासभामा जानकारी दिईएको हो ।
कपिलवस्तु नगरपालिकाका शिक्षा ईकाई प्रमुख उपसचिव हरि प्रसाद ज्ञवालीले यस अघि नगरका १२ वटै वडा साक्षर घोषणा भै सकेको आधारमा नगरलाई साक्षर घोषणा गर्न थािलएको स्पष्ट पारे । हालै सार्बजनिक भएको नेपालको जनगणना २०७८ को प्रतिवेदनमा तोकिएको नगरको सक्रिय जनसंख्या ५२ हजार २ सय २० मा सरकारले निर्धारण गरेको साक्षरताका १२ वटा सुचक मध्य ५० प्रतिशत भन्दा बढि सुचक पुरा गर्न सक्षम भएको देखाएको उनले जनाए । जिल्लामा आव २०७१ देखी ७३ को अबधी सम्म निरक्षरको संख्या संकलन गरि साक्षरताको कार्यक्रम अगाडी बढाईएको जिल्ला शिक्षा बिकास समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले जानकारी दिए ।
मंगलबार कपिलवस्तु नगरपालिका र बिजयनगर गाउँपालिका एकै साथ साक्षर घोषणा हुन थालेको उनले प्रष्ट्याए । मायादेवी गाउँपालिका घोषणाको अन्तिम चरणमा रहेको र यशोधरा गाउँपालिका तथा कृष्णनगर गाउँपालिकाले पनि घोषणाको तयारी अगाडी बढाएको जनाउदै छिट्टै कपिलवस्तु जिल्ला तथा लुम्बिनी प्रदेशनै साक्षर घोषणा हुने घिमिरेको भनाई थियो । कार्यक्रममा नगरलाई साक्षर बनाउन भुमिका खेल्ने बिभिन्न संघ संस्था, कर्मचारीहरुलाई सम्मान गरिएको थियो । निरक्षरता पछौटेपनको उदाहरण रहेकाले नगरलाई साक्षर घोषणा सगै साक्षरताका कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक रहेको वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले बताए ।
अब साक्षरता मात्रै होईन प्रबिधीमा पनि अभ्यस्त हुनु पर्ने समय आएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार पौडेलको सुझाव थियो । नगर साक्षर घोषणा सगै साक्षर घोषणाको पुष्ट्याई हुने कार्यक्रम अगाडी बढाउन आवश्यक रहेकोे जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले सुझाव दिए । साक्षरता घोषणा सगै साक्षर नगरबासीलाई राम्ररी बुझन सक्ने बनाउन आवश्यक रहेको लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले बताए । आफुले संसद कोषको बजेटलाई शिक्षाका क्षेत्रमा लगानी गरेको स्पष्ट पार्दै प्रदेश सरकारको प्राथमिकता समेत कृषी पछि शिक्षा नै रहेको उनले जानकारी दिए । नगरपालिकाका सामाजिक बिकास समितिका संयोजक दिरेप कुमार चौधरी, नगरपालिकाका शिक्षा अधिकृत युवराज भुसाल लगायतले नगरलाई साक्षर घोषणा पछि पनि साक्षरता सम्बन्धि कार्यक्रमको निरन्तरता रहने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?