ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
मुख्य खबर

लुम्बिनी प्रादेशिक अस्पताललाई बिरामी थेग्न हम्मेहम्मे

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको अस्पतालमा धेरै सुविधा थपेपनि विरामीका लागि धेरै सेवा अपुग रहेको छ । बिरामीलाई सहज रुपमा बेड सहितको सुविधा दिन सकिरहेको छैन् । गर्मी बढेसँगै बिरामी थपिदा अस्पतालले अरु अस्पतालमा रिर्फर गर्न बाध्य छ । तर प्रदेश सरकारले उक्त अस्पताललाई कबुल गरेको बजेट दिएको छैन् ।
२८ जेष्ठ २०८०, आईतवार
२८ जेष्ठ २०८०, आईतवार

बुटवल- बुटवलको प्रादेशिक अस्पतालमा भेटिएकी सिर्जना कुमाल केहि दिनदेखि बारम्बार रिगटा लागेपछि अस्पताल आएकी हुन् । गर्मीसँगै आफुलाई स्वास्थ्यमा समस्या देखापरेपछि उनी उपचारका लागि आएको बताईन । यहाँ डाक्टरले ठुलो समस्या नरहेको बताए पनि आफुलाई सहज नभएको उनले सुनाइन । सैनामैनाकी कुमालले चिकित्सकले धेरै पानी, सागसब्जी, फलफुलमा जोड दिन सुझाव दिए । उनले डाक्टरको सल्लाह अनुसारका सुझावलाई पालनामा प्रयास गर्ने बताइन ।
देवदहकी रिता काप्mले पनि बच्चालाई ज्वरो आएका कारणले अस्पतालमा भेटिइन । उनले बिरामी बच्चाले खाना खान मन नगरेको र बेलाबेलामा ज्वरो आएका कारणले उपचारका लागि आएको बताईन । उनले डाक्टर समस्या गर्मीका कारणले सृजना भएको बताए ।

अब गर्मीबाट जोगिनुको विकल्प नरहेको उनको भनाई छ ।
कुमाल र काफ्ले मात्रै होइन गुल्मीका किरण खत्रीलाई पनि केहि दिनदेखि रुखाखोकीले सताईरहेको छ । उनले गर्मीमा यस्तो समस्या आफुलाई कहिल्यै नभए पनि यसपाली अत्यन्त असजिलो भएका कारणले अस्पताल आएको बताए । उनले भने, डाक्टरले सामान्य भन्दै गर्मीमा धेरै चिसो प्रयोगका कारण यस्तो समस्या भएको भन्दै केहि औषधी प्रयोग गर्ने सुझाव दिएको उनको भनाई छ । बुटवलको देविनगरकी शुशिला भट्टराईले विहानैबाट लाईनमा बस्दा पनि ५० जनापछि टिकट काटने पालो आएके बताई । त्यसपछि डाक्टरलाई देखाउन उस्तै लाईन, औषधी लिन त १२ बजे कागज बुझाएको ४ बजे बल्ल पालो आयो । उनी भन्छिन् यहाँ रगत पिसाव चेक गर्न नपरेको कारणले मात्रै दिनभरीमा काम सकिएको हो । रगत र पिसाव सहित अरु प्राविधिक चेकजाँज गर्ने हो भने छ । ३ दिन लाग्ने बताईन । दिनभरीको यो घाम फेरि अर्को रोग लाग्ला भन्ने डर छ यहाँ । यी त उदाहरण मात्र हुन । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आउनेहरुको भिड बढेको छ ।
तिलोत्तमा नगरपालिकाका सिनियर अहेव रामप्रसाद ढकालले केहि दिनदेखि बढेको गर्मीका कारणले झाडापखला, ज्वरोका बिरामी बढेको बताए । उनले गर्मीमा चिसो प्रयोगका कारण कतिपय व्यक्ति घाटीमा समस्या पर्यो भन्दै चेकजाँचका लागि आउने गरेको समेत बताए । त्यसका साथै धुवाधुलोले पनि समस्या निम्त्याउने गर्ने गरेको बताए । उनले यो बेलामा सकेसम्म गर्मीबाट जोगिने खालका कपडाहरुको प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।


मौसम परिर्वतनसँगै धेरै बिरामीहरुमा झाडापखालाको समस्या देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा. नन्दु पाठकको बताउँछन् । उनले अहिले अस्पातालमा धेरै बिरामीहरु तापक्रम बढी भएका कारण एक्कासी बिहोस हुने समस्या बिरामीमा देखा परेको छ । बिरामीमा लु लागे जस्तो भएर कमजोर महसुस गर्ने गरेका बिरामीहरु आएको बताए । उनले बिरामीहरुमा फुड पोईजनको पनि समस्या देखापर्ने भएकाले खानपानमा विशोष ख्याल गर्न जरुरी रहेको बताए । डा. पाठकले गर्मीबाट बच्न प्रशस्त रुपमा पानी पिउनुपर्नेमा जोड दिए । त्यसका साथै दौडधुपको काम नगर्ने, फलफुलका साथै झोलिलो प्रकारका खानेकुरामा जोड दिनुपर्ने उनको सुझाव छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मेडिकल सुपरिटेन्डेन्ट डा सुर्दर्शन थापाले गर्मी बढेसँगै अस्पतालमा देनिब १५ सय देखि २ हजार जना बिरामी दैनिक आउने गरेको बताए । गर्मी बढेसँगै सिर्जन अनुसारका बिरामीको चाप थेग्न अस्पतालाई हम्मेहम्मे परेको छ । उनले पुरानो भवन भन्दा धेरै सेवा सुविधा भए पनि प्रयाप्त नभएको भन्दै सबै बिरामीको अपेक्षा पुरा गर्न नसकेको स्वीकार गरे । उनले अहिले इमरजेन्सीमा ६० बेड, आइसियु ४० बेड जसमध्ये १० बेड शिशुका राखिएको जानकारी दिए । उनले पुरानो भवन भन्दा धेरै सुविधा थपे पनि अझै सेवा बिरामीका लागि सेवा अपुग रहेको बताए । उनले अहिलेको अवस्थामा आएका सबै बिरामीलाई सहज रुपमा बेड सहितको सुविधा दिन अस्पतालले नसकेको थापाले जानकारी दिए ।
गर्मी बढेसँगै बढेका बिरामीहरुका लागि अस्पताले थप केहि व्यवस्था गर्न सकेको छैन । बिरामीहरुलाई उपचार गर्न नसकेको अवस्थामा थप उपचारका लागि अरु अस्पतालमा रिर्फर गर्नुको बिकल्प नभएको बताए । उनले यहाँ आउने बिरामीले यहाँ आएर उपचार गरेर जाउन भन्ने भएपनि विभिन्न कारणले संभव हुन नसकेको भन्दै प्रदेश सरकारले पछिल्लो समयमा भुक्तानी नदिदा अस्पताल अझै मारमा परेको गुनासो गरे ।

लुम्बिनी प्रादेशिक अस्पताल सबैको गौरव भएकाले यसको सेवा सुविधा बढाउन सबै पक्षले ध्यान दिन जरुरी छ । लुम्बिनी प्रदेश भरिका बिरामी आउने यो अस्पतालमा सामान्य सेवा लिन पनि धेरै झन्झट हुने बाध्यता हटाउनु पर्छ । अस्पतालको नाम र प्रचार जस्तै सेवा र सुविधा बढाउन सबै निकाएको ध्यान जान जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?