ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
मुख्य खबर

ब्राह्मण राजखलकको किसानी कर्म

राज्य–रजौटा उन्मूलन भएपछि एक मात्रै ब्राह्मण राजा भएको राज्य उदयपुरकोट इतिहासमा सीमित भयो । अन्तिम राजा शान्तराज अधिकारी रानी सुभद्रादेवी सहितबर्दियाको तत्कालिन धधवार गाउं पचांयत-४, बैदी (हाल बारबर्दिया नगर पालिका-१०)मा आइ बसोबास गर्न थाले । तर यि ब्राह्मण राजा र उनका परिवारले कहिल्यै पनि अरु राज्यका राजा रजौटा जस्तो राजसी ठाट प्रर्दशन गरेनन् । किसान बनेर सरल जीवनमा रुपान्तरण भए ।
२७ जेष्ठ २०८०, शनिबार
२७ जेष्ठ २०८०, शनिबार

बाँके, जेठ- ब्राह्मणले शासन गरेको अन्य भन्दा फरक पहिचान सहितको राज्य थियो प्यूठानको उदयपुरकोट । सेना र प्रहरीका बलमा होइन लोककल्याणको तागतमा चलेको उदयपुरकोट जस्तो राज्य अन्त बिरलै भेटिन्थ्यो त्यो बेला । २०१७ सालमा राज्य–रजौटा उन्मूलन ऐन लागू भएपछि अन्य सहित उदयपुरकोट इतिहासमा सीमित भयो र  अन्तिम राजा शान्तराज अधिकारी रानी सुभद्रादेवी सहितबर्दियाको तत्कालिन धधवार गाउं पचांयत-४, बैदी (हाल बारबर्दिया नगर पालिका-१०)मा आइ बसोबास गर्न थाले ।

उदयपुरकोट साढे चार सय वर्ष लामो इतिहास बोकेको र शाहबंशीय राजाले पनि खुबै मान दिएको राज्यमा पथ्र्यो भन्ने कुरा राजा महेन्द्र, बिरेन्द्रका पालासम्म उनीहरुको बिहे,राज्यरोहणमा अन्तिम राजा शान्तराजलाई आएका निमन्त्रणाका अभिलेखबाट पुष्टि भएका छन् । शान्तराजले जिवनको अन्तिम समयमा राजाकै हैसियतमा भत्ता समेत पाएका थिए ।

तर यि ब्राह्मण राजा र उनका परिवारले कहिल्यै पनि अरु राज्यका राजा रजौटा जस्तो राजसी ठाट प्रर्दशन गरेनन् । बरु सामान्य नागरिकको हैसियतमा किसान बनेर जिविकोपार्जन गरेर जिवन बिताए । उनका अन्य सन्तानले पनि बुवाकै पदचाप पछ्याए । उनीहरुको सदगीपन कतिसम्म थियो भने अन्तिम राजा शान्तराजले त आफु उन्मुलनमा परेको राज्यको राजा हुँ भन्ने कुरा छरछिमेकलाई समेत थाहा दिएनन् । नेपालगन्जमा रहेका कान्छा छोरा माधव अधिकारी भन्छन्–‘राज्य उन्मुलनमा परेपछि बुवाले दरवार भएको ठाउँ स्कुललाई दिनुभएछ । आफुसंग भएको गरगहना बेचेर बर्दियामा जग्गा र फुसले छाएको घर बनाएर खेतीकिसानीमा लाग्नुभयो ।’ हाल एक औषधी उत्पादक कम्पनीका प्रबन्धक रहेका अधिकारीका अनुसार, अन्तिम राजा शान्तराजले आफ्नो इतिहासप्रति गर्ब गरेपनि त्यसैलाई भजाएर खाने काम कहिल्यै गरेनन् । अधिकारी भने,–‘बुवा सकभर आफु राजा भएको कुरा कसैले थाहा नपाउनु भन्नेमा हुनुहुन्थ्यो । हामीलाई पनि इतिहासप्रति गर्ब छ तर कहिल्यै अरुले जस्तो उस्तो हुँ उस्तो हुँ भनेर भन्दैनौं ।’

सामान्य किसान बनेर बसेका शान्तराजा राजा भएको कुरा २०२६ सालतिरको एउटा घटनाबाट धेरैले थाहा पाए । २०२२ सालमा राजा बिरेन्द्रको बिवाहमा उदयपुरकोट राज्यका प्रतिनिधिकारुपमा उनलाई निम्तो आयो । त्यो निम्तोपत्र प्यूठान खलङ्गा पुग्यो । उन त्यहाँबाट बर्दिया सरेको थाहा पाएपछि निम्तो कार्ड अञ्चलाधिस कार्यालय नेपालगन्ज आयो र बर्दिया पठाइयो । तर बर्दियामा यि व्यक्ति को हुन भन्ने पत्तो लगाउनै मुस्किल परेको बताउँदै शान्तराजका छोरा माधव भन्छन्–‘राजाले बुवालाई पठाएको निम्तो कार्ड कहाँ दिने र यो मान्छे को हो भन्ने थाहा नपाउँदा प्रहरी प्रशासनमा त्यतिबेला हल्लीखल्ली भएछ । पछि कसैले प्यूठानबाट आएका अधिकारीहरु यिनीहरु हुन । उनीहरुलाई पो थाहा छ की भन्दै खोज्दै आउँदा बुवालाई फेला पारे ।’

मान्छे खोज्दाखोज्दै बिवाहको तीन दिन अघि मात्र निम्तो कार्ड पुगेका कारण त्यतिबेला बिवाहमा जान नसकेको अधिकारीले सुनाए । ‘हो ! यही घटना र बुवालाई चिनेका गन्धर्वले देखेर गाउँभरी यिनी त राजा हुन भनेर हल्लाफैलाएपछि बुवालाई सबैले राजाबाबु भनेर बोलाउन थाले ।’ सानैदेखि हक्की स्वभावका शान्तराज आफ्नै बलबुतामा कृषी कर्ममा लागे र जिल्ला पंचायतको सदस्य बने । ‘अन्यथा हामीले यस्तो हुँ भनेर कहिल्यै फाईदा लिएनौं’– छोरा माधवले सुनाए ।

सादगीका उदाहरण बनेका शान्तको निधन २०४२ सालमा र रानीको निधन २०५० सालमा भएको थियो । उनका चार छोरा मध्ये माधव नेपालगन्जमै छन् भने केशव अमेरिकामा बसोबास गर्छन । जेठो छोरा चन्द्रराज र माइलो छोरा शिवको निधन भइसकेको छ । छोराहरु प्यूठानमा स्थानीयसंगै मिलेर उदयपुरकोट राज्यको इतिहास संरक्षण र सम्बृद्धनमा जुटेका छन् ।

कश्यप गो त्रीय अधिकारी वंशका जसुधर तत्कालीन उदयपुर राज्यका प्रथम राजा हुन । उनले बिक्रम सम्बद्ध १५७५ मा राज्य स्थापना गरेका थिए । उनीपछि १६ जना राजा भइसकेका छन् । ने पाल एकीकरण हुनुपूर्व बाइसे  चौविसे  राज्यमा छे त्री र ठकुरी वंशले  धे रै ठाउँमा राज्य गरे को  अवस्थामा उदयपुर राज्यमा ब्राह्मण राजा थिए । उदयपुर राज्यको इतिहास तथा अधिकारी बंशावली पुस्तका अनुसार, जसुधर र उनका भाइ यज्ञधरले  आफ्नो  कूटनीतिक चातुर्य र बुद्धिमत्तापूर्ण पौरखले  उदयपुर राज्य प्राप्त गरे का थिए ।

उदयपुर राज्य तत्कालीन राजाहरुको  विवे कपूर्ण व्यवहारले  ने पाल एकीकरण अभियानको  समयमा समे त अस्तित्व जो गाउन सफल भए । तर सत्रौ पुस्ताका राजा शान्तराजले  राजकाज सम्हाली रहे को  समयमा ने पाल अधिराज्यमा लागु भएको  राज्य रजौटा उन्मूलन ऐ न, २०१७ ले  राज्यको  अस्तित्व समाप्त पारे पछि उदयपुर राज्यका ब्राह्मण राजाको  अविछिन्नतामा पूर्णविराम लागेको थियो ।

जानकारहरुका अनुसार, उदयपुर राज्यमा राजासँग कुनै सुरक्षा बन्दो वस्ती थिएन । न से ना थिए न प्रहरी नै । प्रजावत्सलता नै राजाको  सुरक्षा कवज थियो  । उदयपुरकोटको ऐतिहासिक,पुरातात्विक महत्व रहेको बताउँदै उक्तक्षेत्रका प्रतिनिधिसभा सदस्य सुर्य थापाले संरक्षणका लागि बिशेष पहलकदमी लिएका छन् ।

ब्राह्मण राजाले शासन गरेको उदयपुरकोट राज्य ऐतिहासिक सम्पदा हो । यहाँको ऐतिहासिक,सांस्कृतिक र पर्यटकीय पूर्वाधार विकासलाई केन्द्रमा राखेर सबै तहका सरकार अघि बढ्नुपर्छ । स्थानीय पालिकाका तर्फबाट बिगतमा यसको संरक्षण र सम्र्बद्धनका लागि गुरुयोजना बनेको थियो । दरवार भएको स्थानबाट स्वर्गद्धारीसमेत पुग्न सकिन्छ । यसको संरक्षणका लागि मैले पुरातत्व बिभागलाई समेत ध्यानार्कषण गराइसकेको छु । तत् निकायले यस सम्बन्धमा उचित पहलकदमी लिनुहुनेछ भन्ने बिश्वास लिएको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?