ट्रेंडिंग:

>> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान

पांच महिनादेखि तलब नपाएपछि तिलोत्तमाका स्वास्थ्यकर्मी आन्दोलित

नगरपालिकाबाट हालसम्म प्रदान गरिएको ईन्धन, भ्रमण खर्च तथा संचार सुविधा पाउने ब्यक्तिहरुको विवरण सार्वजनिक गर्न माग
१० जेष्ठ २०८०, बुधबार
१० जेष्ठ २०८०, बुधबार

बुटवल, १० जेठ ।  तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले पांच महिनादेखि तलब नपाएपछि आन्दोलित भएका छन् । नगरपालिका अन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएपछि आन्दोलित भएका हुन् ।
पांच महिनासम्म तलब नपाउंदा घर खर्च चलाउन समस्या भएको भन्दै स्वास्थ्यकर्मीहरुले छिटो तलब पाउने व्यवस्थाका लागि नगरपालिकासंग आग्रह गरेका छन् । यहाँ ४५ जना दरबन्दी तथा समायोजन संशोधन, कामकाज र कोभिड काज गरी ३२ जना दरबन्दीबाहेकका कर्मचारी छन् ।
नगरपालिका कार्यालयमै बुधबार पत्रकार सम्मेलन गरी उनीहरुले तलब नियमित पाउने सुनिश्चितता गर्न सरकारसंग माग गरेका छन् । जेठ १ गते सबै स्वास्थ्यकर्मीहरुको तर्फबाट ज्ञापनपत्र बुझाई सबै स्थायी कर्मचारीहरुलाई ७ दिन भित्र हालसम्मको तलब पाउने ब्यवस्था गर्न र आगामी दिनमा तलब नियमित पाउने गरि सुनिश्चितता गर्न भनी अनुरोध गरेता पनि नगरपालिकाबाट कुनै सुनुवाई नभएपछि चरणबद्ध आन्दोलनमा उत्रिनुपरेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

स्वास्थ्यकर्मी संघर्ष समितिका संयोजक ज्ञानप्रसाद पौडेलले तलब प्राप्तिका लागि नगर प्रमुख रामकृष्ण खांण, उपप्रमुख जगेश्वरदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालसंग पटकपटक मौखिक र लिखित माग गर्दा पनि सुनुवाई नभएको गुनासो गरे । छिमेकी बुटवल उपमहानगरपालिका, देवदहलगायतका अन्य पालिकाले आन्तरिक स्रोतबाट स्वास्थ्यकर्मीलाई तलब दिइरहेको भन्दै पौडेलले तिलोत्तमामा भने कर्मचारीको समस्यामा गैरजिम्मेवार रवैया देखाएको गुनासो गरे ।

नगरपालिकाको नेतृत्वले हामीले १७ वटै वडाबाट स्वास्थ्य सेवा दिएका छौं भनेर प्रचार गर्ने तर ती स्वास्थ्य संस्थाका कर्मचारीको रोदन र पीडामा बेवास्ता गरेर अन्तर्राष्ट्रिय गुणस्तर चिन्हको बेइज्जत गरेको पौडेलले टिप्पणी गरे ।

‘स्वास्थ्यकर्मीहरुले ऋण खोजेर घर खर्च चलाउनुपरेको छ,कतिपय कर्मचारीका छोरा छोरी विद्यालय भर्ना हुन सकेका छैनन्’–पौडेलले भने–‘नगरपालिकाबाट ठोस पहल नभएपछि प्रधानमन्त्री,स्वास्थ्य मन्त्री र रूपन्देहीका प्रतिनिधि सभा सदस्यहरुलाई ज्ञापनपत्र बुझाएका छौं, अब पनि माग पूरा नभए स्वास्थ्य संस्थाको चाबी बुझाउनुको विकल्प छैन ।’
तलब नपाएको विरोधमा जेठ ८ देखि हातमा कालोपट्टी बांधेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुले १२ गतेदेखि नगरपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको संघर्ष समितिका सदस्य जनस्वास्थ्य निरीक्षक ठानेश्वर बस्यालले बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दरबन्दी भन्दा बढी ३३ जना कर्मचारी कार्यरत हुंदा तलब दिन नसकिएको बताए ।
तर संघर्ष समितिले भने नगर कार्यपालिकाको निर्णय अनुसार स्थापना भएका १० वटा स्वास्थ्य संस्था र आधारभुत नगर अस्पतालमा आवश्यक कर्मचारीहरुको स्थायी दरवन्दी सिर्जना गरी कर्मचारीहरुको ब्यवस्थापन गर्न माग गरेको छ ।
आफूहरुका मागमा संघ, संगठन तथा पेशागत क्षेत्रमा क्रियाशिल ट्रेड युनियनहरुलाई साथ समर्थन र ऐक्यबद्धता जनाइदिन संघर्ष समितिले आग्रह गरेको छ । संघर्ष समितिले तिलोत्तमा नगरपालिकाबाट हालसम्म प्रदान गरिएको ईन्धन, भ्रमण खर्च तथा संचार सुविधा पाउने ब्यक्तिहरुको विवरण सार्वजनिक गर्न र आगामी दिन देखि सबै कर्मचारीहरुलाई समानता र आवश्यकताका आधारमा ब्यवस्थापन गर्न पनि माग गरेको छ ।
स्वास्थ्यकर्मीहरुको पांच महिनाको करिब ४ करोड तलब दिन बांकी रहेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए । स्वास्थ्य मन्त्रालयले दरबन्दीबाहेकका कर्मचारीको तलब नपठाउँदा समस्या भएको उनले बताए ।
स्वास्थ्यकर्मीहरु भने आफूहरू स्थानीय तहमा समायोजन भएर आएकाले स्वास्थ्य मन्त्रालयसँग सरोकार नभएको बताउँछन् ।
‘यस्तो समस्या तिलोत्तमाको मात्र होइन देशभरका पालिकाका स्वास्थ्यकर्मीको समस्या हो’–अर्यालले भने–‘नगरपालिकाबाट तलब भुक्तानीका लागि पहल नभएको होइन तर संघीय सरकारले नीतिगत निर्णय नगरेसम्म यहांबाट तलब दिन सकिन्न देशभरका स्वास्थ्यकर्मीलाई २ अर्ब वजेट चाहिन्छ ।’
स्वास्थ्य शाखाका नेतृत्वको असक्षमताका कारण अन्य सूचकांकमा अगाडि रहेपनि स्वास्थ्यमा जिल्लाका १६ पालिकामा तिलोत्तमा १४ औं स्थानमा रहेको स्वास्थ्यकर्मीले बताए ।
संघर्ष समितिले समग्र बजेटको कम्तिमा १० प्रतिशत स्वास्थ्य क्षेत्रमा बिनियोजन गरि स्वास्थ्य क्षेत्रलाई सवल बनाउन, जनसंख्या र वडाको आधारमा दरबन्दी पुनःसंरचना गरि आधारभुत स्वास्थ्य सेवा जनताको सहज पहुँचमा पु¥याउने ब्यवस्था मिलाउन,तिलोत्तमा नगरपालिका अन्तर्गतका निर्माणाधिन आनन्दवन आधारभुत अस्पताल र बिपि ग्राम आधारभुत अस्पताल यथाशिघ्र निर्माण सम्पन्न गरी नगर अस्पताल संचालन गर्न, कोभिड–१९बिमाको रकम तत्काल भुक्तानी गर्न माग गरेको छ । यस्तै मेडिकल अधिकृतहरुलाई उच्च शिक्षा अध्ययनको ब्यवस्था भएजस्तै स्वास्थ्य क्षेत्रका अन्य कर्मचारीहरुलाई पनि अध्ययन सुबिधा हुनुपर्ने,२०५७ साल अघि नियुक्त कर्मचारीहरुलाई प्राविधिक २ ग्रेड उपलब्ध गराइएकोमा अवका दिनमा सबै स्वास्थ्य क्षेत्रका प्राविधिक कर्मचारीहरुलाई प्राविधिक ग्रेड उपलब्ध गराउनुपर्ने,स्तरबृद्धि पश्चात स्वास्थ्यका कर्मचारीहरुको समायोजन ग्रेड काटिएकोमा समायोजन ग्रेड सबै कर्मचारीहरुले सेवा अबधिभर निरन्तर पाउने ब्यवस्था हुनुपर्ने संघर्ष समितिले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?