ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो
रामपुर अस्पताल

कागजमा मात्र दरवन्दी, बिरामीको बिचल्ली

कालीगण्डकी कोरीडोरसंगै अस्पताल जोडिएको छ । कोरीडोर संचालनमा आएको छ । यस सडक खण्डमा सवारीका साधनको सख्या बृद्धि सगै दुर्घटनाको समस्या पनि बढ्दै गएको छ । दुर्घटनामा परेका व्यक्तिका प्रारम्भिक उपचार गर्ने हो यहाँ । जसले गर्दा पटक पटक बिरामीका आफन्त संग तनावको वातावरण जेल्नु परेको अस्पतालका मेसु डाक्टर विजय परियार बताउँछन् ।
२ जेष्ठ २०८०, मंगलवार
२ जेष्ठ २०८०, मंगलवार

पाल्पा, २ जेठ ।

हरेक पाँच÷पाँच वर्षमा आउने निर्वाचनमा यहाँका राजनैतिक दल, दलका उम्मेदवारको एउटै साझा एजेन्डा बन्छ रामपुर अस्पतालमा दरवन्दी अनुरुप विशेषज्ञ सेवा । तर दलका नेतादेखि निर्वाचनको माध्यमबाट जनप्रतिनिधिले गरेको प्रतिवद्धता न त पुरा भएको छ, न त जिल्लाकै सरकारी अस्पतालबाट विशषेज्ञ सेवा उपलब्ध हुन सकेको छ ।

लुम्बिनी प्रदेशको पहाडी जिल्ला मध्ये सबै भन्दा बढी बिरामीको चाप हुने पुर्वी पाल्पाको रामपुर अस्पतालमा विशषेज्ञ डाक्टरको दरवन्दी कागजमा मात्र सीमित भएकाले यस क्षेत्रका रोगी तथा बिरामीले विशषेज्ञ सेवा लिनका लागि मिसन अस्पताल तानसेन, काठमाडौं, पोखरा, बुटवल सम्म पुग्नु पर्ने बाध्यता रहेको छ ।

पुर्वी पाल्पा मात्र नभई, तनहु, स्याङ्जा, पुर्वी नवलपरासी जिल्लाका रोगी तथा बिरामी प्रारम्भिक उपचारका लागि रामपुर अस्पतालमा आउने गर्दछन् । सुविधा सम्पन्न भवन निर्माण भएको एक वर्ष पुरा भयो । प्राथमिक उपचार स्वास्थ्य केन्द्रबाट रामपुर अस्पतालमा रुपान्तरण भएको आठ वर्ष पुरा भयो । पचास शैयाको अस्पतालमा विशेषज्ञ डाक्टर, प्रसुती, बच्चा रेडियोलोजिष्ट , जनरल फिजिसियन, अप्रेसन गर्नु पुर्व बेहोस बनाउने –(एनएसलोजिष्ट) कन्सल्टेन्ट, सर्जन, अर्थो सर्जन तथा मानसिक जस्ता विशेषज्ञ डाक्टरको दरवन्दी २०७२ सालदेखि नै कायम भएपनि हाल सम्म कागजमा मात्र सिमीत हुन पुगेको अस्पतालका प्रशासन प्रमुख हिरा बिक बताउँछन् ।

अस्पतालको स्तरोन्नती संगै भौतिक पूर्वाधार र दरवन्दी एकै साथ कायम भयो । विगतमा अस्पतालमा भौतिक पूर्वाधारको समेत समस्या थियो तर सुविधा सम्पन्न पुर्वाधारसंगै अस्पतालका लागि आवश्यक पूर्वाधारहरु थपिए पनि डाक्टरका समस्याका कारण बाहिरका स्वास्थ्य सस्थामा उपचारका लागि जान पर्ने बाध्यता हट्न नसक्दा भौतिक पूर्वाधारको महत्व नै नभएको स्थानीयहरु बताउँछन् ।

नशाको समस्या भोग्दै आएकी स्थानीय मथुरा रेग्मी भन्छिन्, “आफ्नै गाउँ बस्तीको अस्पतालबाट विशेषज्ञ सेवा प्राप्त गर्न नसक्दा भरतपुरको अस्पताल सम्म पुगेर उपचार गर्नु परेको छ ।” रेग्मी जस्तै विशेषज्ञ सेवा, प्रसुती, अर्थाे बाल रोगका लागि पोखरा काठमाडौ, चितवन सम्म पुग्नेको सख्या धेरै नै छ । निर्वाचनका समयमा नेताले भर्खरै हुन्छ जस्तो गर्ने, निर्वाचित भएपछि सबै कुरा बिर्सने प्रवृत्तिका कारण समस्याको समाधान हुन नसकेको उनले बताइन् ।

“भन्दा रामपुर भन्ने हो तर यहाँ जस्ता प्रकृतिका पनि बिरामी तथा रोगी उपचारका लागि आउने गर्दछन्”–उनले भने । कालीगण्डकी उपत्यका ठुलो भएर होला यहाँ सामान्य रुपमा १ हजार ५ सय देखि २ हजारको सख्यामा बिरामी आउने गर्दछन् । तर यहाँबाट विशेषज्ञ सेवा उपलब्ध गराउन सकिएको छैन । संघीय संरचना अनुसार रामपुर अस्पताल प्रदेश सरकार अन्तर्गतको हो । अस्पतालमा विशेषज्ञ सेवाको माग गरेको धेरै भयो । “लिखित तथा मौखित रुपमा मन्त्रालयलाई माग गरियो तर हाम्रो मागलाई मन्त्रायलले नसुन्दा हाम्रो आवाज चित्कारमा परिणत भएको छ”– उनले भने ।

रामपुरमा पनि अस्पताल छ । त्यहाँ पनि ठुलो सख्यामा रोगी तथा बिरामी आउँछन् भन्ने कुरा प्रदेश सरकारलाई अनुभुती नै छैन । “वर्षमा मात्र होइन हप्ता हप्तामा सामाजिक विकास मन्त्रालय संग विशेषज्ञ सेवामाग गरेका छौं”–तर हाम्रो आवाज सुनिदिने निकाय नै नहँुदा समस्यामा परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश ढकाल बताउँछन् ।

“केही समय अगाडि निस्दी गाउँपालिका वाकामलाङकी ३० वर्षिय महिलाको अत्यन्त जोखिमयुक्त शल्यकृयाबाट जोगाउन सफल भयौ, यस्ता संवेदनशिल विषयका बिरामी हप्तामा ३ देखि ५ सम्म आउने गर्दछन्, तर हामी संग सबै विषयमा विज्ञता भएका जनशक्ति नै नहुँदा थप उपचारका लागि अन्यत्र पठाउँदा बीच बाटोमै मृत्यु वरण गरेका घटना पनि छन् । यस्ता प्रकरणलाई सम्झदा त सरकार भए जस्तो अनुभुति नै छैन”– उनले भने । सरकार बेखबर हुने तर संविधानमा मौलिक हकका रुपमा आधारभूत स्वास्थ्य सेवालाई उल्लेख गरिए पनि सरकारलै नै संविधानको पालना गरेको छैन । स्थानीय सरकारको तर्फबाट प्रदेश सरकारका, माननियहरुलाई समेत लिखित तथा मौखिक रुपमा जानकारी गराएको ५ वर्ष पुरा भयो तर अहिले सम्म कुनै सुनुवाइ नै नभएको रामपुर नगर सरकारका प्रमुख रमण बहादुर थापा बताउँछन् ।

गण्डकी उपत्यकामा जनसख्या र जनघनत्व बढी छ । त्यही कारणले प्राथमिक स्वास्थ्य केन्द्रबाट ५० शैयाको अस्पतालमा परिणत गरियो । चिकित्सकको दरवन्दी सिर्जना भएपनि हाल सम्म विशेषज्ञ डाक्टर नहुनु अस्पतालका लागि अत्यन्त दुखद कुरा हो । पहिले दुर्गम भनिए पनि चौतर्फी सडक संजालले जोडियो । भौतिक पुर्वाधारका हिसावले सुविधा सम्पन्न भयो तर विशेषज्ञ सेवा उपलब्ध हुन नसक्दा दुर्गम जस्तै भएको स्थानीयहरुको गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?