ट्रेंडिंग:

>> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान

ग्रेस फार्मास्युटिकल्सलाई ‘बेस्ट नेसनल आयुर्वेद फार्मा’ उपाधि

२२ बैशाख २०८०, शुक्रबार
२२ बैशाख २०८०, शुक्रबार

बुटवल,२२ बैशाख । रुपन्देहीको ग्रेस फार्मास्युटिकल्स प्रालिले ‘बेस्ट नेसनल आयुर्वेद फार्मा कम्पनी’ को अवार्ड जितेको छ । आयुर्वेद मेडिकल डेभलपमेन्ट एण्ड रिसर्च सेन्टर काठमाडौंले देशभरका करिब ३५ वटा आयुर्वेद औषधि उद्योगहरुमा अध्ययन गर्दा तिलोत्तमा–११ मा उद्योग रहेको ग्रेस फार्मास्युटिकल्सले प्याटेन्टतर्फ उत्कृष्ट उद्योगको अवार्ड जितेको हो ।

उक्त संस्थाले पहिलोपटक आयुर्वेदका विभिन्न क्षेत्रका उत्कृष्ट उद्योग, चिकित्सक, स्वास्थ्यकर्मी लगायतलाई अवार्ड वितरण गरेको हो । २०६७ सालमा स्थापना भई हाल ६५ प्रकारका औषधि उत्पादन गर्दै आएको ग्रेस फार्मास्युटिकल्स गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) सर्टिफाइड कम्पनी हो ।
अवार्ड पाएको ग्रेस फर्मास्युटिकल्सका प्रबन्ध निर्देशक सुरज भट्टराईले गुणस्तरीय औषधि उत्पादन,लगानी र रोजगारी लगायतका विषय मूल्याङकनमा उत्कृष्ट ठहर भई अवार्ड पाउन सफल भएको बताए ।

‘यो सफलतामा उद्योगका लगानीकर्ता, सञ्चालकदेखि कर्मचारी सबैको उत्तिकै योगदान छ, यो अवार्डले हामीलाई थप गुणस्तरीय औषधि उत्पादनमा हौसला थपिएको छ’–भट्टराईले भने ।

नेपालका आयुर्वेद औषधी उत्पादन गर्ने उद्योगहरु मध्ये ग्रेस सहित २ वटाले मात्र जीएमपी प्रमाणपत्र पाएका छन् ।
यस्तै क्लासिकलतर्फ बेस्ट नेसनल आयुर्वेद फार्मा कम्पनीको अवार्ड भाष्कर हर्बस्युटिकल्स प्रालि बिरगंजले प्राप्त गरेको छ । बेस्ट इन्टरनेसनल आयुर्वेद फार्मा कम्पनी प्याटेन्टको अवार्ड हिमालय वेलनेस कम्पनी काठमाडौंले र बेस्ट इन्टरनेसनल आयुर्वेद फार्मा कम्पनी क्लासिकलको अवार्ड वैद्यनाथ आयुर्वेद भवन प्रालि काठमाडौंले पाएको छ । कुल ३७ वटा विधामा अवार्ड वितरण गरेको संस्थाले ५ जना आयुर्वेद चिकित्सक र एकजना योगा विज्ञलाई पनि अवार्ड प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष डा. विजेन्द्र शाहले जानकारी दिए ।
आयुर्वेद क्षेत्रलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन पहिलोपटक अवार्ड वितरण थालिएको र यसलाई निरन्तरता दिने उनले बताए । अवार्ड विजेता उद्योग र व्यक्तित्वहरुलाई उपराष्ट्रपति रामसहाय यादवले प्रमाणपत्र प्रदान गरेका थिए । गत वैशाख १७ गते अवार्ड वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?