ट्रेंडिंग:

>> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग
विचार

वैशाखमा बृहत खोज र खोप अभियान

याद गरौं जबसम्म सबै बालबालिकाले खोप लगाउँदैनन् तबसम्म कोही पनि सुरक्षित हँुदैनन् । खोप लगाउन छुटेका ५ बर्ष मुनिका सबै बालबालिकाका लागि २०८० वैशाख १५ र ३१ गतेको बृहत खोज र खोप अभियान सफल बनाउन आ–आफ्नो स्थानबाट लागि परौं ।
२१ बैशाख २०८०, बिहीबार
२१ बैशाख २०८०, बिहीबार

बैशाख महिनालाई खोपको महिनाको रुपमा मनाउँदै आईएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ गतेदेखि १७ गते सम्म खोप सप्ताह मनाएको छ । मन्त्रालयले बैशाखलाई पुर्ण खोप सुनिश्चित र प्रमाणीकरण महिनाका रुपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाइरहेको हो । खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पुर्ण खोप रहेको सुनिश्चित गर्नको लागि सप्ताह मनाउनुको साथसाथै यही २०८० बैशाख १५ र ३१ गते देशभरका सबै बालबालिकालाई सबै सरकारी स्वास्थ्य संस्थाबाट नियमित खोपमा छुटेका ५ बर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिने अभियान भएकाले वैशाख महिनालाई खोपको महिनाको रुपमा परिभाषित गरिएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभाग अन्तर्गत रहेका सम्पूर्ण खोप कार्यक्रम संचालन भएका सुचीकृत स्वास्थ्य संस्थाहरुमा निःशुल्क रुपमा राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि दुईबर्ष भित्रका बालबालिकाहरुलाई बिभिन्न घातक रोगहरुको विरुद्धमा खोपहरु उपलब्ध भएको कुरा सर्वविवितै छ । यस्ता घातक रोगहरुबाट भविष्यका कर्णधारको रुपमा रहेका बालबालिकाहरुलाई पुर्णरुपमा बचाउनको लागि हरेक बाबाआमा दाजुभाई दिदिबहिनी र सम्पूर्ण स्वास्थ्यका सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यी घातक रोगहरुबाट बचाउन हरेक परिबारले आफ्ना बालबालिकाहरुलाई जन्मपश्चात १५ महिनाको उमेर पूरा हुँदासम्म अर्थात दुई बर्ष भित्र स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीहरुसंग बच्चालाई भेट गरी खोप लगाई आफ्ना बच्चालाई घातक रोगबाट बचाउनु नितान्तै जरुरी र महत्वपुर्ण कार्य मानिन्छ । भनिन्छ नि “रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै बेस ” ठिक त्यसैको उपजलाई मानेर यो कार्यलाई निकै महत्वको साथ हेरिएको छ । त्यसकारणले गर्दा हरेक स्वास्थ्य संस्थाहरुबाट सन्चालित यो महत्वपूर्ण कार्यक्रमलाई निकै संवेदनशिल र अनिवार्य प्रयोगमा ल्याउनुपर्ने कार्यक्रमको रुपमा हेरिने गरिन्छ । त्यसैले गर्दा यो खोप कार्यक्रमलाई पी वान कार्यक्रम अर्थात कार्यक्रमको पनि महत्वपूर्ण कार्यक्रम भनिएको छ । हरेक बर्ष बैशाख महिनालाई नियमित रुपमा खोप कार्यक्रमा छुट भएका बालबालिकाहरुलाई सम्पूर्ण स्वास्थ्यकर्मीहरुले आ–आफ्ना सेबाक्षेत्र भित्रका बालबालिकाहरुलाई सेवाक्षेत्रका गाउँहरुमा घरधुरी सर्वेक्षण गरी खोपको दिगोपना निरन्तर दिने र कतैबाट छुटेकाहरुलाई पुन खोप केन्द्रमा बोलाई खोप लगाई दिने, पुर्ण खोप निश्चित गर्ने र खोपको दिगोपनालाई सुनिश्चित गर्ने कार्य हरेक वर्षको बैशाख महिनामा निरन्तर गरिने हुनाले बैशाख महिनालाई खोपको महिना भनिएको हो । याद गरौं जबसम्म सबै बालबालिकाले खोप लगाउँदैनन् तबसम्म कोही पनि सुरक्षित हँुदैनन् । खोप लगाउन छुटेका ५ बर्ष मुनिका सबै बालबालिकाका लागि २०८० वैशाख १५ र ३१ गतेको बृहत खोज र खोप अभियान सफल बनाउन आ–आफ्नो स्थानबाट लागि परौं ।

खोपको महत्व ः

खोप निःशुल्क पाईन्छ, खोप सुरक्षित छ, खोपले जिबन रक्षा गर्दछ” खोप ठुलो जनसमूहलाई सुरक्षित गर्ने साधन हो । प्रत्येक पाँच जना बालबालिकाको मृत्यु मध्ये एक जनालाई खोपबाट बचाउन सकिन्छ । खोपले जीवन बचाउँछ । खोप सबैभन्दा राम्रो खरिद हो । जनताको लागि फ्रि अधिकार हो । भने रोग लाग्ने दर, अपाङ्ग हुने दर र मृत्यु हुने दर घटाउने खोप कार्यक्रमको लक्ष्य हो । भने एकजना बच्चालाई सम्पुर्ण खर्च बेहोरेर हेर्ने हो भने सम्पुर्ण खोप पुरा गर्नको लागि तिस हजार रुपैंया खर्च लाग्ने भनिएको छ । त्यस कारणले पनि नेपाल सरकारले बच्चाको लागि निःशुल्क रुपमा वितरण गर्दै आएको खोप कार्यलाई निकै महत्वका साथ हेरी सम्पूर्ण अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाई बालबालिकाहरुलाई घातक रोगबाट बचाउनु अत्यन्तै महत्वपूर्ण कार्य मानिन्छ ।

नेपाल सरकारले निःशुल्क रुपमा बालबालिकाहरुका लागि सन्चालनमा ल्याएको यो खोप कार्यक्रमबाट प्राप्त हुने खोपहरुलाई बाहिरीरुपमा किनेर प्रयोमा ल्याउनको लागि हामी नेपालीहरुको बहस भन्दा अलि टाढाको बिषय भएको अर्थात हाम्रो क्षमताले भेट्न नसक्ने हुनाले आफ्ना बालबालिकाहरुलाई यस्ता तेह्र बटा घातक रोगहरुबाट बचाउन बालबालिकाहरुलाई लुलो, लङ्गडो, लठेब्रो, सुस्त मनस्थिति र विक्षप्त क्षमताबाट जोगाउन तथा बच्चाको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासमा पछि गएर कुनै असर नपरोस भन्नका लागि यी महत्वपूर्ण र ःिनशुल्क रुपमा प्रगोगमा आएका नियमित रुपमा हरेक महिना सन्चालनमा ल्याईएका खोपहरुलाई आफ्नो पायक पर्ने नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा आफ्ना बालबालिकाहरुलाई लगेर अनिवार्य खोप लगाऔं । भविष्यका कर्णधारको रुपमा रहेका बालबालिकाहरुको स्वास्थ्यलाई बचाऔं । आफ्ना बालबालिकाहरुको भविष्य उज्वल बनाऔं । जानेर वा नजानेर कुनैपनि अभिभावकले बालबालिकाहरुको खोप लगाउन पाउनुपर्ने नैसर्गिक अधिकारबाट बन्चित नगरौं । हरेक वर्ष अभियानकै रुपमा चल्ने वैशाख महिना खोपको महिना भन्ने अभियानलाई सफल पारौं ।

जन्मेदेखि दुई बर्ष भित्रका बालबालिकाहरुलाई अनिवार्य रुपमा लगाउनुपर्ने नियमित खोपहरु ः
– जन्मने बित्तिकै ः बिसिजी खोप ः क्षयरोगका विरुद्वमा
– छ हप्तामा ः रोटा (पहिलो मात्रा), पोलियो (पहिलो मात्रा), पि सि भि (पहिलो मात्रा), डिपिटी.हेप बी.हिब (पहिलो मात्रा)ः रोटा भाईरसबाट हुने झाडापखाला, पोलियो, निमोनिया (निमोकोकल रोगहरु), भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाईटिस बि, हेमोफिलस इन्फ्लुएन्जा बी का विरुद्धमा
– दश हप्तामा ः रोटा (दोस्रो मात्रा), पोलियो (दोस्रोमात्रा), पिसिभि (दोस्रो मात्रा), डिपिटी हेप बी हिब (दोस्रो मात्रा) ः रोटा भाईरसबाट हुने झाडापखाला, पोलियो निमोनिया (निमोकोकल रोगहरु) भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाईटिस बि, हेमोफिलस इन्प्mलुएन्जा बी का विरुद्धमा
– चौध हप्तामा ः पोलियो (तेस्रो मात्रा) एफ आई पिभी (पहिलो मात्रा) डि पि टी हेप बी हिब (तेस्रो मात्रा) ः पोलियो, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाईटिस बि, हेमोफिलस इन्फ्लुएन्जा बी का विरुद्धमा
– नौ महिनामा ः पि सि भी ( तेस्रो मात्रा ) एफ आाई पिभी (दोस्रो मात्रा ) दादुरा.रुबेला (पहिलो मात्रा¬) ः निमोनिया (निमोकोकल रोगहरु ) पोलियोका रोगहरु , दादुराका जिरुद्धमा
– बाह्रौ महिनामा ः जापानिज इन्सेफ्लाईटिस (एकमात्रा) ः जापानिज इन्सेफ्लाईटिस का विरुद्धमा
– पन्ध्रौं महिनामा ः दादुरा रुबेला (दोस्रो मात्रा ) , टाइफाइड (पहिलो मात्रा ) ः दादुरा र रुबेला रोगको बिरुद्धमा साथै टाइफाइड रोगका विरुद्धमा दिईन्छ ।

यसरी नेपाल सरकारबाट निःशुल्क रुपमा वितरण गरिएका यी मह्त्वपुर्ण खोपहरुलाई प्रत्येक बालबालिकाका अभिभावक, स्वास्थ्यका सम्पुर्ण सरोकारवालाहरु ,राज्यका तीनै तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी, प्रशासन लगायत सबैको आ आफ्नो तहबाट सहयोग र सहकार्यता रहेमा मात्र राज्यको यो महत्वपूर्ण कार्यको सार्थकता रहन्छ । आ आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आफ्नो बच्चाले खोप प्राप्त गर्ने समय अवधिमा अनिवार्य रुपमा गएर आ आफ्ना बालबालिकाहरुलाई यस्ता प्राणघातक डरलाग्दा रोगहरुबाट बचाउनु हरेक बाबा आमा र सरोकारवाला सम्पूर्ण नागरिकको कर्तव्य मानिन्छ । भन्नमा कुनै दुईमत पाईदैन त्यसैले सबैले मिलेर यो अभियान सफल पारौं र आ आफ्ना बालबालिकालाई घातक रोगबाट बचाऔं ।

स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?