© २०२३
बुटवल,१७ फागुन । रुपन्देहीको मुर्गियामा आजदेखि पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव शुरु हुंदैछ । ‘देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवको लुम्बिनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका कार्यवाहक अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र पौडेलले जानकारी दिए । फागुन २८ गतेसम्म सञ्चालन हुने महोत्सवमा १ लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको संयोजक पौडेलले बताए । महोत्सवको पहिलो दिन बुधबार पूर्वबाट रानिबगिया र पश्चिम मुर्गियाबाट जनचेतनामुलक र्यालीसहित मेलाको समुद्घाटन हुनेछ । स्टल व्यवस्थापन समितीका संयोजक देवीदत्त सुबेदीका अनुसार मेलामा करिब १ सय ५० स्टल रहनेछन् । मेला विहान १० बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ ।
मेलामा सैनामैनाको विविधता झल्काउने स्थानीय वस्तु तथा सेवाहरुको व्यापार, डान्सिङ्ग आइडल, नगरस्तरीय खुल्ला लोक गीत प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, कृषि सामग्री प्रदर्शन, हस्तकला प्रदर्शनी, संस्कृतिको प्रबर्द्धन लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने मेलाका साँस्कृतिक संयोजक चाम बहादुर क्षेत्रीले जानकारी दिए । कृषि स्टलका लागि निःशुल्क गरिएको प्रचार प्रसार संयोजक गोबिन्द पोखरेलले बताए ।
जेष्ठ नागरिक, अपाङ्गता, असहाय भएका ब्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको मेला सैनामैना व्यापार संघ र सैनामैना उद्योग वाणिज्य संघले आलोपालो आयोजना गर्ने सहमति अनुसार यस वर्ष सैनामैना व्यापार संघले आयोजना गरेको हो । महोत्सवको सहआयोजकमा सैनामैना उद्योग बाणिज्य संघ , उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश र प्रबर्द्धकमा सैनामैना नगरपालिका तथा नेपाल चेम्बर अफ कर्मस लुम्बिनी प्रदेश संरक्षकको रुपमा रहेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी