© २०२३
सुनवल,२८ माघ । अंग्रेजी भाषामा अक्षरहरु मिलाएर तथा नयां शब्दहरु छिटो निर्माण गरि आफ्नो क्षमता बृद्वि गर्ने उद्देश्यले आयोजित इङ्लिस स्क्र्याबल प्रतियोगितामा सुनवल युनाइटेड स्कुललाई ऐतिहासिक सफलता मिलेको छ ।
उक्त विद्यालयले जिल्लास्तरीय हुंदै राष्ट्रियस्तरको प्रतियोगितामा छनौट हुदै अन्तर्राष्ट्रीय स्तरको बंगलादेशमा हुने प्रतियोगिताको यात्रा तय गरेको हो । विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षीय विद्यार्थी महेश पंगेनीले (मिशन) ले राष्ट्रीय स्क्र्याबल प्रतियोगितामा बिजेता बन्दै अन्तराष्ट्रीय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर प्राप्त गरेका छन् ।
सुनवल–४ नवलपरासीमा अवस्थित विद्यालय सुनवल युनाइटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुलमा ६ महिना अघि मात्र विद्यार्थीहरुलाई इङ्लिस स्क्र्याबलको तालिम प्रदान गरिएको र छोटो अवधिमा जिल्ला, राष्ट्र बिजेता हुदै अन्तराष्ट्रीय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने सफलता प्राप्त गर्नु ऐतिहासिक भएको विद्यालयका प्रिन्सिपल धनराज चापागाईले बताए ।
हाल सुनवल युनाइटेड सेकेण्डरी स्कुलको ४० जना विद्यार्थीहरुले इङ्लिस स्क्र्याबलको तालिम प्राप्त गरी अन्य विद्यार्थीहरुलाई समेत उक्त कार्यव्रmममा नियमित रुपमा प्रशिक्षण दिदै आइरहेको प्राचार्य चापागाईले बताए । इङ्लिस स्क्र्याबलको अन्तर्राष्ट्रीय प्रतियोगिता फागुन ४ देखि ७ सम्म बंगलादेशमा आयोजना हुँदैछ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी