© २०२३
काठमाडौं-
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थाहरुको नवीकरण नगर्ने र खारेजसम्म गर्ने बताएका छन्।
नेपाल नर्सिङ संघको ६१ औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै गिरीले निजी क्षेत्रमा नर्सको तलब निकै कम भएको सुनेकाले श्रम शोषण गर्ने संस्थालाई अनुगमन गरि आवश्यक कारबाही गर्ने बताए।
‘नर्सको तलब ८/१० हजार पनि छ भन्ने सुनें। यो निकै भयावह र कहालीलाग्दो अवस्था हो। तपाईंहरु तथ्य र प्रमाणसहित हामीलाई जानकारी दिनुस् त्यस्ता संस्थालाई कारबाही गर्छौं,’ उनले थपे, ‘नर्सको तलब पेन्सिलले लेखिन्छ भन्ने सुनेको छु, तर अब यस्तो हुँदैन, अब स्वास्थ्य संस्था डिजिटल पेमेन्टमा जानुपर्छ। नर्सहरुको बैंक खाता खोलिनुपर्छ।’
गिरी आफूले नर्सिङ क्षेत्रको धेरै कुराहरु आफूले सिक्नुपर्ने भन्दै नर्समैत्री ऐन बनाउने समेत बताए। उनले नर्सिङ क्षेत्रको समस्या समाधानको लागि मन्त्रालयले सबै कुरामा समर्थन गर्ने बताएका छन्।
सोही कार्यक्रममा बोल्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकी रजिष्ट्रार प्रमिला देवानले नर्सहरु लामो समय उही तहमा काम गर्न वाध्य भएको बताइन्। नर्सहरुको समस्या समाधानमा मन्त्रालयले अनुगमन गर्दिनु पर्ने उनको भनाई थियो। उनले भनिन्, ‘नर्सहरुलाई प्राइभेट क्षेत्रमा तलब छैन, सरकारीमा २५/३० वर्ष उही तहमा काम गर्नुपर्ने वाध्यता छ। स्तरवृद्दि हुँदैन। यो कुरा हामीले बारम्बार भनिरहेका छौँ। स्तरवृद्दि हुन अदालत नै धाउन पर्ने भए नीति के को लागि बन्छ?’
नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईले पनि नर्सहरुको पढाई र योग्यता अनुसार तलब नभएको बताइन्। नेपालमा नर्सहरुलाई एकदमै न्यून पारिश्रमिक भएको उनको गुनासो थियो।
नेपाल नर्सिङ संघकी निवर्तमान अध्यक्ष प्रा डा तारा पोखरेलले नर्सहरुलाई पर्याप्त सुविधा दिएर नेपालमै राख्नु पर्ने बताइन्। ‘नेपालका अस्पतालमा नर्सको अभाव छ। बेलायत र क्यानाडाले नेपाली नर्स माग गर्छ। नर्स सबै बाहिर पठाएर नेपालमा के गर्ने? स्तरीय स्वास्थ्य सेवा पाउन नर्सहरुलाई सुविधा दिएर नेपालमै राख्नुपर्छ,’ उनले भनिन्।
‘जेष्ठ नागरिक स्वास्थ्य सुरक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ आज ६१ औं नेपाल नर्सिङ दिवस मनाइदै छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी