© २०२३
बुटवल,९ माघ । राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरु मध्ये शाइन रेसुंगा डेभलपमेन्ट बैंकले नाफा बृद्धि दरमा सबैंलाई पछि पार्दै नम्बर एक भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार अधिकांश बैंकको नाफा घट्दा शाइन रेसुंगाले भने गत आवको सोही अवधिको तुलनामा २३.१८ प्रतिशतले बृद्धि गरेर सबैलाई पछि पारेको हो ।
राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा समग्रमा २०.९१ प्रतिशतले घटेको हो । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक सहित ३ वटा बैंकको नाफा भने बढेको छ ।
चालु आवको ६ महिनाको अवधिका सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले कुल २ अर्ब ५३ करोड २३ लाख ६३ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोही अवेधिमा यी बैंकहरुले कुल ३ अर्ब २० करोड १७ लाख ४४ हजार रुपैयाँ नाफा कमाएका थिए ।
बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकमध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकको मात्रै नाफा बढेको छ ।
गत आवको सोही अवधिको तुलनामा शाइन रेसुङ्गाको नाफा २३.१८ प्रतिशतले बढेर ४२ करोड ९६ लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ३४ करोड ८८ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो । मुक्तिनाथ विकास बैंकको नाफा ३.९६ प्रतिशतले बढेर ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासको अवधिमा बैंकले ६० करोड २४ लख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, गत आवको सोही अवधिको तुलनामा गरिमा विकास बैंकको नाफा १.८६ प्रतिशतले बढेर ५० करोड २१ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ४९ करोड २९ लाख ५३ हजार रुपैयाँ थियो ।
ज्योति विकास बैंक, सांग्रिला विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंकको नाफा घटेको छ । नाफा घटेका ५ वटा बैंकहरुमध्ये सबैभन्दा धेरै प्रतिशतले नाफा ज्योति विकास बैंकको घटेको छ । बैंकको नाफा ८९.९० प्रतिशतले घटेर ३ करोड ४७ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३४ करोड ४० लाख १६ हजार रुपैयाँ थियो ।
कामना सेवा विकास बैंकको नाफा ४३.०१ प्रतिशतले घटेर १९ करोड ५८ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ थियो ।
यस्तै, सांग्रिला डेभलपमेन्टको नाफा ३६.३८ प्रतिशत, लुम्बिनी विकास बैंकको २५.७८ प्रतिशत र महालक्ष्मी विकास बैंकको नाफा ३०.७४ प्रतिशतले घटेको छ ।
यस अवधिमा सांग्रिला डेभलपमेन्ट बैंकको नाफा १६ करोड ६५ लाख ६३ हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको नाफा ३१ करोड ६० लाख ४६ हजार रुपैयाँ र लुम्बिनी विकास बैंकको नाफा २६ करोड १० लाख ६७ हजार रुपैयाँ रहेको छ ।
गत आवमा सांग्रिलाको नाफा २६ करोड १८ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ३५ करोड १७ लाख ४४ हजार रुपैयाँ र कामना सेवा विकास बैंकको ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ रहेको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी