ट्रेंडिंग:

>> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक रोगको एमइसिटी उपचार शुरु

२५ पुष २०७९, सोमबार
२५ पुष २०७९, सोमबार

बुटवल,२५ पुस । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक उपचारमा एमइसिटी सेवा थप भएको छ । प्रतिष्ठानमा थपिएको यो सेवा पश्चिम नेपालमा पहिलो हो । पहिले सिधै मानसिक रोगका बिरामिलाई करेन्ट लगाएर उपचार गरिदै आएको बिधिमा परिमार्जन गरेर मानसिक रोग विशेषज्ञ, एनेस्थेसीयोलोजीष्टको विशेष निगरानीमा बिरामीलाई दुखाई नै नहुने गरेर उपचार गरिने छ । गम्भीर प्रकारका मानसिक विरामीलाई करेन्ट लगाएर गरिने उपचार पद्धतिलाई मोडिफाइ गरी बेहोश गराएर गर्ने भौतिक उपचारको पद्धति एमइसिटी हो । यसमा विरामीलाई दुख नहुने मनोचिकित्सा विभागका डा सञ्जीव पण्डितले जानकारी दिए।

मानसिक रोगीलाई उपचार गर्ने पद्धति औषधि र भौतिक उपचार पद्धति भएको बताउँदै बिरामीलाई पीडा नदिएर उपचार गरिने उनले बताए ।

‘इलेक्ट्रोकन्भल्सिप थेरापीमा न्यूरो केमिकल चेन्ज गर्न न्यूरो मोडुलेशन गरिन्छ । यो करेन्ट लगाएर गरिने उपचार पद्धति हो’– उनले भने– ‘मान्छेले फिल्ममा देखे जस्तो करेन्ट लगाएर भाइब्रेसन दिएर यसमा उपचार हुँदैन । हामीले त मोडिफाइड इसीटी विधि प्रयोग गर्छौं ।’ मुटुको इसीजी जस्तै दिमागको इइजी गर्दा आएको कम्पन मेसिनमा हेर्न सकिने डा. पण्डित बताए । ‘एमइसिटीमा विरामीलाई अपरेशन थियटरमा लगेर बेहोश बनाएर मांशपेशी पनि नचल्ने बनाएपछि दिमागमा इइजी लिड लगाएर मेसिनबाट इइजी हेर्छौं’ पण्डितले भने– ‘लुम्बिनीमा भैरहवापछि राप्ती स्वास्थ्य विज्ञा प्रतिष्ठान दाङमा यो सेवा छ ।’

यस पद्धतिबाट काठमाडौंलगायत अन्य ठाउँमा उपचार गर्दा तीन हजार रुपैयाँदेखि माथि पर्नेमा प्रतिष्ठानमा एक हजार पाँच सयमा उपचार हुने प्रतिष्ठानले जनाएको छ । साविक राप्तीका कुनै पनि जिल्लाका बिरामीलाई उपचार गर्न बाहिर जानुनपर्ने डा पण्डित बताउछन । गम्भीर प्रकारका मानसिक रोगीलाई उपचार गर्न प्रतिष्ठानमा १० बेडको वार्ड सञ्चालनमा ल्याएको छ ।

‘एमइसिटी’ उपचारमा मनोचिकित्सा विभागका डा सञ्जीव पण्डितसहित एनेस्थेसीयाका लागि डा राजन शाक्य, प्रान श्रेष्ठ, कुन्दन घिमिरे, मेडिकल अफसर कपिल बेलबासे, बायोमेडिकल इन्जिनीयर शरद भण्डारि र नर्सको टिम छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मनोचिकित्सा सेवा २०७७ माघबाट शुरु भएको थियो । असोज ३० गतेदेखि प्रतिष्ठानमा १० बेडसहितको मनोचिकित्सा विभाग बनाएर उपचार थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%