ट्रेंडिंग:

>> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

उपचारमा आर्थिक अभाव झेल्दै सुस्ता अभियन्ता गुरुङ

२४ पुष २०७९, आईतवार
२४ पुष २०७९, आईतवार

बुटवल, २४ पुस ।

नेपाली भुभाग अतिक्रमणको विरुद्धमा दुई दशकदेखि नवलपरासीको सुस्तामा अभियान चलाउँदै आएका अभियन्ता गोपाल गुरुङ अस्पतालको बेडमा छटपटाईरहेका छन् । ब्रेन हेमरेज पुष्टि भएका गुरुङको उपचारमा आर्थिक अभाव भएको आफन्तहरुको दुःखेसो छ । उनको टाउकोको शल्यक्रिया गरी आईसियुमा उपचार भैरहेको चिकित्सकले बताए । उनको उपचारमा आर्थिक अभाव भएको अभियानका उपाध्यक्ष आदम खाले भने । ‘यसका लागि आर्थिक जुटाउन थालेका छौ’– उनले भने । तीन हप्ता बढी समयदेखि उपचारमा रहेका गुरुङको स्वस्थ्यमा सुधार आउन नसकेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

दुई हप्ताअघि अचानक घरमा उनी बेहोस भएका थिए । परिवार र सुस्ताबासीहरुले थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा ल्याएका हुन् । आईसियुमा उपचार भैरहेको उनको स्वस्थ्य अवस्थामा समस्या आईरहेको उनले बताए । अस्पतालको बेडमा रहेका ५९ वर्षीय अभियन्ता गुरुङ सुस्तामा भारतीयबाट अतिक्रमण बढाएपछि ‘सुस्ता बचाउ अभियान’ नारासहित वि.सं. २०६२ सालदेखि आधिकारिक रुपमा अगुवाई गर्दै आएका थिए । अभियानका उपाध्यक्ष आदम खाले एउटा योद्धा अभियन्ता अस्पतालको बेडमा पर्दा आफुहरु दुःखी भएको बताए । ‘हामी उहाँको स्वस्थ्यका कारण धेरै चिन्तित छौ’– उनले भने । राष्ट्रिय धरोहरका रुपमा रहनु भएको गुरुङ निस्वार्थ रुपमा देशका लागि लड्दै आउनु भएको उनले बताए । देशका लागि योगदान दिएका गुरुङको उपचारमा आर्थिक अभाव भएको भन्दै यसमा सरकारबाट सहयोग जरुरी रहेको उनले बताए । आर्थिक अवस्था कमजोर रहेका गुरुङका श्रीमति, एक छोरा र दुई छोरीहरुले रेखदेख गरिरहेका छन् ।

अभियानमार्फत गुरुङले दबाब दिएर सरकारलाई प्राविधिक टोली खटाई सुस्ताको नापनक्सा गर्ने, भोगाधिकार ल्याउने, आवजजावतमा सहजता ल्याउने, झोलुङे पुल निमार्णको काम अघि बढाउने, सौर्य उर्जाको कामलाई जोड दिने जस्ता कामहरु गरेको उनले स्मरण गरे । पुल निर्माण धेरै लामो समयमा वाईरिङ सकेर डोरी जोड्ने कामहरु भैरहेको उनले बताए । सुस्तामा रहेको ४० हजार ९ सय ८० हेक्टर मध्ये १४ हजार हेक्टर जमिन भारतले अतिक्रमण गरेको उनको तर्क छ । यहाँ रहेको १९ हजार ५ सय विवादित जग्गा रहेको छ । नेपालीहरुले ७ हजार हेक्टर जोतभोग गरिरहेको तथ्यांकमा रहेको छ ।

अभियानका कोषाध्यक्ष लैला वेगमले सहयोगका लागि अपिल गरि बैकमा खातामार्फत सहयोग गर्ने बताए । हालसम्म परिवार र गाउबासीहरुबाट थोरैथोरै रकम संकलन गरि उपचार भैरहेको उनले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?