© २०२३
बुटवल, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत लिने जानकारी गराएका हुन् । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा बनेका प्रधानमन्त्रीले विश्वासको मत पाउन १३८ सांसदको समर्थन लिनुपर्छ ।