© २०२३
बुटवल,११ पुस । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने र सरकारमा जाने निर्णयले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र किचलो शुरु भएको छ ।
पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले रास्वपा पनि सत्ता स्वार्थमा लागेर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन र सरकारमा जाने पार्टीको निर्णयमा असहमति जनाउंदै लामो विज्ञप्ति जारी गरेका छन् । हुन पनि विगतमा रवि लामिछानेले प्रचण्ड र माओवादीको चर्को स्वरमा विरोध गर्दै आएका थिए ।
प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा पनि सहभागी हुने गरी दलहरुबीच छलफल चलिरहेको बेला केन्द्रीय सदस्य कार्कीले चुनावमा आफूहरुले हामी अलग छौं, अलग रहनेछौं र अलग गर्नेछौं भनेर मत मागेको तर अहिले त्यसअनुसार नभएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले रास्वपाको समर्थन विना पनि सरकार बन्ने अवस्थामा रविलाई प्रचण्डभन्दा पहिले बालकोट पुग्ने हतारो किन भएको भनी प्रश्न गरेका छन् ।
राष्ट्रपति गैरराजनीतिक व्यक्ति हुनुपर्ने भन्दै आफूहरुले वकालत गरेको स्मरण गर्दै कार्कीले विज्ञप्तिमार्फत नेतृत्वलाई प्रश्न गरेका छन् ।
पार्टीको चुनावी बाचापत्रमा आफूहरुले उठाएका ललितानिवास काण्ड, वाइडबडी काण्ड, कोभिड भ्याक्सिन काण्ड लगायतको निष्पक्ष छानबिन होला भन्नेमा पनि उनले शंका गरेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी