ट्रेंडिंग:

>> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान

लुम्बिनी एक्स्पो २०७५ को विषयमा कार्यशाला गोष्ठि 

१ आश्विन २०७५, सोमबार
१ आश्विन २०७५, सोमबार

रुपन्देही व्यापार संघले आगामी पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा आयोजना गर्न लागेको लुम्बिनी एक्स्पो २०५७लाई कसरी व्यवस्थित र नौलो बनाउन सकिन्छ त्यसको कार्ययोजना बनाउन एक दिने कार्यशाला गोष्ठि सम्पन्न गरेको छ ।
संघका पदाधिकारी, कार्य समिति, बस्तुगत उपसमितिका संयोजक र सचिवहरुको सहभागिता रहेको कार्यक्रममा मेला आयोजनाको औचित्य, मेलामा राखिने बस्तु तथा सेवाहरु र प्रस्तुतीका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा मेलालाई समय परिश्थिति अनुसार परिमार्जन गर्दै उपभोक्ताहरुको चाहाना अनुसार अगाडि बढ्न नसकेमा मेलाका उद्देश्यहरु प्राप्त हुन नसक्ने भन्दै गम्भिर बन्न आग्रह गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै संघका निर्वतमान अध्यक्ष मोतीलाल पाण्डेले मेला सबैको साझा कार्यक्रम भएको हुदा त्यसको सफलता र असफलताको दोष आयोजक सबैले दिनु पर्ने बताए ।उनले हिजो सोच र कार्यक्रमले मात्र मेला सफल हुन नसक्ने हुदा संघको सिंगो टिम लाग्न आग्रह गरे । पाण्डेले यस क्षेत्रलाई लगानीको अवसर, क्षेत्र र सम्भावनाको केन्द्रको रुपमा विकास गर्ने आधार एक्स्पो कसरी बन्न सक्छ गम्भिर बन्न जरुरी भएको धारणा राखे ।
संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठले एक्स्पोलाई भव्य र एतिहासिक तरिकाले सम्पन्न गर्नु हामी सबैको कतव्र्य भएको हुदा दर्शक, शुभचिन्तकहरुबाट प्राप्त सुझाव र सल्लाहालाई प्रेरणाका रुपमा आत्मसाथ गर्नु जरुरी भएको बताए ।
अध्यक्ष श्रेष्ठले हामीले आयोजना गर्दै आएका एक्स्पोहरुले यस क्षेत्रको आर्थिक, औद्योगिक, पर्यटकिय, व्यापारिक, सास्कृतिक तथा सामाजिक विकासमा केही नकेही योगदान पुराएको दावी आमउपभोक्ताको चाहानालाई ध्यानमा राखेर आगामी मेला कसरी फरक बनाउन सकिन्छ सबैले आआफ्नो अनुभव, सुझाव व्यवहारमा उतार्न गरे ।
सो अवसरमा गोष्ठिको सहजीकरण गर्नु भएका लुम्बिनी बाणिज्य क्याम्पस, बुटवलका प्रमुख तथा संघका आर्थिक सल्लाहाकार डा. ताराप्रसाद श्रेष्ठले मेलामा आउन सक्ने चुनौति र आयोजकहरुको जिम्मेवारीका विषयमा बुदागत तथा प्रयोगात्मक तरिकाले जानकारी गराएका थिए ।
गोष्ठिमा मेलाले अगाडि सारेका उद्देश्यहरु पुरा गर्न कस्को कस्तो भूमिका रहन्छ र को जिम्मेवार हुनु पर्दछ भन्ने बारेमा तालिकासहित निष्कर्ष निकालिएको छ । मेला सम्पन्न गर्न बनाइएका ४१ वटा उपसमितिहरुको समान भूमिका रहेको हुदा ति समितिले निर्वाहा गर्ने कार्यले नै मेला सफल र असफल हुने ठहर गोष्ठिले गरेको छ । यसैगरि मेला आयोजनाका क्रममा आउन सक्ने चुनौतिको अहिले नै पहिचान गरि त्यसको सामना गर्ने बाताबरण वा हतियार तयार गर्नु पर्ने कुरामा विषेश जोड दिइएको थियो । विषेशगरि मेलालाई नियोजित रुपमा असफल बनाउने तत्व वा समुहहरुको पहिचान, प्राकृतिक रुपमा आउन सक्ने समस्या तथा असामाजित गतिविधीहरु र दशर्कहरुको सुरक्षाको विषय चुनौतिकबो विषय भएको हुदा त्यसबारेमा अहिले देखिनै सचेत बन्नु पर्ने सुझाव राखिएको थियो ।
कार्यक्रममा मेलाको तयारीका बारेमा हालसम्म भएका गतिविधि, निर्णय, कार्ययोजना, जिम्मेवारी बाडफाड लगायतका विषयमा जानकारी गराइएको थियो भने मेलामा समावेश गरिने नया कार्यक्रमका बारेमा चार वटा समुह बनाएर छलफल गरि निष्कर्ष प्रस्तुत गरिएको थियो ।
संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठ, महासचिव प्रकाश ढकाल , संघका प्रेस सल्लाहाकार सुमन अधिकारी, आर्थिक सल्लाहाकार डा. ताराप्रसाद उपाध्याय, वरिष्ठ उपाध्यक्ष यमलाल लोहनी, प्रथम उपाध्यक्ष कृष्णप्रसाद घिमिरे लगायत बालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?