© २०२३
बौद्ध महिला संघको रजत महोत्सव समारोह २०७५ आईतबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमको ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्दै बुद्ध र बुद्ध शिक्षा आजको आवश्यकता रहेको बताए । मानवको नैतिक आचरणसंग जोडिएको बुद्ध शिक्षालाई ब्यावहारमा उर्तानसके समाज परिवर्तन हुने उनले दाबी गरे । माक्र्सवादले समेत बुद्धिजमलाई ब्यवहारिक दर्शन मानेको उनको दाबी छ । भौतिक तथा सामाजिक विकासमा बुद्ध दर्शनलाई उपयोग गर्न सकिने उनले बताए । प्राचिन समाजलाई समेटेर अघि बढ्नसके नेपाली समाज समृद्धि बन्ने उनले बताए । कार्यक्रममा भन्ते मैत्रयले बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा सरकार उदासिन रहेको गुनासो गरे । गुरुयोजनाको काम पुरा गर्नतर्फ सरकारको ध्यान दिनुपर्ने सुझाव दिदै उनले पर्यटकहरूसंग प्रवेश शुल्क लिने काम नगर्न आग्रह गरे ।
प्रतिनिधी सभा सदस्य सुजिता शाक्यले बौद्ध धर्मको विकासमा महिलाहरूको योगदानको साथै बौद्ध दर्शनमा महिलाहरूको भूमिका उठानमा योगदान भएको बताइन् । देशमा शान्ति र समृद्धि ल्याउन बौद्ध दर्शन महŒवपूर्ण रहेको उनले बताइन् । संघको रजत महोत्सवको अवसरमा प्रकाशन गरिएको पद्यमभूमि रजतजयन्ती स्मारिका २०७५ पुस्तकको मुख्यमन्त्री पोरखेलले बिमोचन गरेका थिए । यसैगरि धर्मी शाक्यको बुद्धकालिन उपासिकाहरू नामक पुस्तक समेत विमोचन गरिएको थियो । उनको यसअघि धम्मचक्कपवत्तन सुत्त÷अनत्तलक्खण सुत्तं, आषाढ पुर्णिमा, भद्रा कुण्डलकेशा प्रकाशित भईसकेको छ भने अन्य आधा दर्जन पुस्तकहरू प्रकाशनको तयारीमा रहेको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले धार्मिक र ऐतिहासिकमात्र नभई आम नागरिकमा चेतना ल्याउने धेरै ज्ञानगुनका विषयहरू रहेकाले पनि बुद्ध दर्शनको महत्व रहेको बताए । कार्यक्रममा स्थानिय समाजसेवीहरू मायादेवी शाक्य, सुर्यलाल शाक्य, पर्शुराम शाक्य, सुमन शाक्य, चमेली शाक्यले आफनो बाजेबजैको स्मृतिमा ६ लाख रकमको मोती प्रेमपुतली स्मृति अक्षयकोषको समेत घोषणा गरेका छन । उक्त रकमको ब्याजबाट पद्यम चैत्य विहारमा आगन्तुक भिक्षुहरूको सेवा र विहारको मर्मत सम्हारमा खर्च गरिने छ । संघको विभिन्न पदमा रही विहारको विकासमा सहयोग गर्ने विभिन्न समाजसेवीहरूलाई समेत सम्मान गरिएको थियो ।
यसअघि पद्यम चैत्य विहारबाट शुरु भएको ¥याली बुटवल उपमहानगरका अमरपथ, महेन्द्रपार्क, ट्राफिक चोक, जेसिस चोक परिक्रममा गरि हाटबजारस्थित विश्वहिन्दु महासंघको भवनमा आएर सभामा परिणत भएको थियो । ¥यालीमा भिमसेन नेवा मयजु पुच, ईन्नरह्वील क्लब अफ बुटवल, महिला बौद्ध संघ बाग्लुङ्ग, अन्तराष्ट्रिय बुद्ध परियति विहार, विश्व शान्ति बौद्ध गुम्बा, तिलोत्तमा नेवा मयजु खललगायतका संघसंस्थाहरूको सहभागि रहेको थियो । कार्यक्रममा पद्यमचैत विहार बुटवलका अध्यक्ष सुरेशरत्न शाक्य, बौद्ध महिला संघकी अध्यक्ष मायादेवि शाक्यले बौद्ध दर्शनलाई पालना गर्न जरुरी रहेको बताए । भदौ २८ गतेबाट शुरु भएको रजत महोत्सवको आईतबार औपचारिक समापन भएको छ ।